होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • मिर्गौला प्रत्यारोपण गर्न प्रधानमन्त्री ओली शिक्षण अस्पताल भर्ना
देश/प्रदेश

मिर्गौला प्रत्यारोपण गर्न प्रधानमन्त्री ओली शिक्षण अस्पताल भर्ना

  • नागरिक रैबार
मिर्गौला प्रत्यारोपण गर्न प्रधानमन्त्री ओली शिक्षण अस्पताल भर्ना

काठमाडौँ, १९ फागुन । दोश्रो पटक मिर्गौला प्रत्यारोपण गर्न प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल भर्ना हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको दोश्रो पटकको मिर्गौला प्रत्यारोपण डा. प्रेमराज ज्ञवाली नेृतृत्वको टोलीले गर्ने भएको छ ।

त्रिवि शिक्षण अस्पतालकै युरोलोजी तथा ट्रान्सप्लान्ट वरिष्ठ सर्जन डा. प्रेमराज ज्ञवालीको टोलीले प्रत्यारोपण गर्ने भएको हो । अस्पतालका अनुसार युरोलोजी डिपार्टमेन्टका अन्य चार सर्जन पनि टोलीमा सहभागी हुनेछन् । मिर्गौला त्रिवि शिक्षण अस्पतालकै प्रत्यारोपणमा युरोलोजी र नेफ्रोलोजी विभागको टिमको संलग्नता रहने गरी तयारी गरिएको छ । चिकित्सकको टोलीमा नेफ्रोलोजी विभाग प्रमुखमा डा. दिव्यासिंह शाह, डा. महेश सिग्देल, डा.मुकुन्द काफ्ले लगायत छन् ।

यस्तै, युरोलोजीमा प्रा.डा.उत्तम शर्मा, डा. ज्ञवाली, डा.भोजराज लुइँटेल, डा.पवन चालिसे पनि रहेको अस्पतालले जनाएको छ ।

विज्ञापन

पहिलोपटक बुहारी नाताकी अञ्जना घिमिरेको मिर्गौला प्रत्यारोपण गर्नुभएका प्रधानमन्त्रीलाई यसपटक घिमिरेकी भान्जी अर्थात् झापाकी ३२ वर्षीया समीक्षा संग्रौलाले मिर्गौला दिनेछिन् । प्रधानमन्त्री ओलीले १३ वर्षअघि २०६४ सालमा भारतको एपोलो अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गराउनुभएको थियो ।

नेपालको कानून अनुसार आफ्नो नजिकको नातेदारबाट सहमतिमा अंगदान लिन सकिन्छ । मानव शरीरको अंग प्रत्यारोपण ऐन २०५५ अनुसार अंगदान गर्न मिल्ने विभिन्न ५५ किसिमका नातामा भान्जाभान्जी पनि पर्छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार