होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
एजेन्सी, १९ माघ । इंग्लिश प्रिमियर लिग फुटबलमा लिग लिडर लिभरपुलले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ४–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा पहिलो हाफ गोलरहित बराबरी खेलेको लिभरपुलले दोस्रो हाफमा गोल गरेको थियो । खेलको ४७ औं मिनेटमा एलेक्स च्याम्बरलिनले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाए । […]
अछाम: अछाममा छाउगोठ भत्काउने अभियानमा संलग्न प्रहरी कुटिएका छन्। जिल्लाको बान्निगढी जयगढ गाउँपालिका–३ धारासैनको लामागाउँ टोलमा छाउगोठ भत्काउने अभियानमा संलग्न प्रहरी चौकी जगढमा कार्यरत प्रहरी हवल्दार धनबहादुर कैलामाथी कुटपिट भएको हो। उनलाई अन्दाजी ५४ वर्षीय धना साउँदले हातपात गरेकी थिइन। उनले गोठ भत्काउन गएको टोलीमा रहेका प्रहरी हवल्दार कैलामाथी भैँसी बाध्ने किलाले कुटपिट गरेको प्रहरीले […]
हेटौंडामा दुई स्कुल बसमाथि आगजनी भएको छ। हेटौँडा उपमहानगरपालिका–५, पिप्लेस्थित जेनिथ इन्टरनेशनल विद्यालय परिसरभित्रका दुई बसमा शनिबार राति आगलागी भएको हो। ना ७ ख ८७२८ र ना१क ३२१८ नम्बरको बसमा आगलागी भएको स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए। आगलागीबाट एउटा बस पूर्णरूपमा र अर्को आंशिक क्षति भएको जनाइएको छ। स्थानीयवासी र हेटौँडा उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा […]
नागरिक रैबार/बाजुरा १७ पुस । जिल्लाकाे हिमाली गाँउपालिका ७ बाधुको कालडाँडा भिरमा जप दुर्घटना भएकाे छ । जिप कर्णाली नदिमा खसेको र यात्रु ५ जनाको शब भेटिएको घटना स्थलमा पुगेका तोप बहादुर शाहिले बताउनुभएकाे छ । दुई जना भने घाइते अवस्थामा फेला परेको उनले बताए । जिप कर्णाली नदिमा डुबेकाले उद्धार भइरहेको छ, गाडि नम्बर […]
विराटनगर- विराटनगरमा थोरै पैसामा पेटभरि खाना खाने प्रबन्ध भएपछि मानिसको भीड लाग्ने गरेको छ । स्थानीय राजनीतिज्ञ एवं समाजसेवी दिलीप धाडेवालको समूहले मानिसलाई १० रुपैयाँमा पेटभरि खाना खुवाउने प्रबन्ध मिलाएपछि खाना खाने मानिसको भीड लाग्ने गरेको हो । शुरुमा काली मन्दिर अगाडिबाट शुरु गरिएको सो अभियानमा मानिसको चाप बढ्न थालेपछि जैन भवनको अगाडि खाना खुवाउने […]
काठमाडौं- न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशभरको मौसममा बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार दिनभर देशभर सामान्य बदली रही उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ । यस्तै पश्चिम र मध्य क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै पूर्वका एक–दुई […]