होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
ठगी र किर्ते मुद्दामा फरार रहेका सुदूरपश्चिम प्रदेशका एक मन्त्रीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन अघि बढाएको छ । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले आपराधिक गतिविधिबाट समेत सम्पत्ति आर्जन गरेको सूचनाका आधारमा विभागले विस्तृत छानबिन अघि बढाएको हो। रावलमाथि छानबिनका लागि विभागले नेपाल प्रहरीका एसपीको नेतृत्वमा विशेष छानबिन टोली गठन गरेको […]
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको राष्ट्रिय चाड बडादशैँले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको सामाजिक–आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरेकी छिन् । विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्दै आज दिएको शुभकामना सन्देशमा राष्ट्रपतिले चाडपर्वको सम्बद्र्धनबाट राष्ट्र र […]
दुर्गापक्षको मुख्य दिन आज विजयादशमी घटस्थापनाका दिन स्थापित घडाबाट अभिषेक गरी मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान ८ः४५ […]
नागरिक रैबार/बाजुरा २२ भदौ । ४० औँ राष्ट्रिय शिक्षा तथा अन्तराष्ट्रिय साक्षरता दिवस बाजुराकाे मार्तडीमा भब्यरुपमा मनाइएको छ । “हामी सवैको प्रण, सार्वजनिक शिक्षा प्रणालीको सवलिकरण भन्ने नाराका साथ बडिमालिका नगरपालिका वडा नं ९को आयोजनामा दिवस बिबिध कार्यक्रम गरि मानाईको हो वडा नं ९ को सेवा क्षेत्रमा रहेका तिनवटा बिद्यालयको सहभागीतामा ¥याली सहित बजारमा परिक्रमा […]
बैतडीबाट भारत जोड्न झुलाघाटमा मोटरेवल पूल निर्माणको माग गर्दै बैतडीमा अनिश्चितकालिन अनसन सुरु गरिएको छ। जिल्ला प्रशासन कार्यालय अगाडी आजदेखि रिले अनसन सुरु गरिएको हो। उद्योग बाणिज्य संघ बैतडीका अध्यक्ष नरबहादुर चन्दको संयोजकत्वमा रिले अनसन सुरु भएको हो। झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि बैतडीबासीले दुई दशकदेखि शान्तिपूर्ण रुपमा दबाब दिदै आएका भएपनि अहिले सम्म […]
काठमाडौं, भदौ २२ । राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा क्षेत्रमा सरकारको लगानीको प्रतिफल उपलब्धिमूलक बन्नुपर्ने बताएकी छन् । ४०औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजना गरेको विद्या भूषण पदक तथा नेपाल छात्रा विद्या पदक वितरण समारोहलाई सम्बोधन गर्दै उनले बदलिँदो परिस्थितिअनुरुप पाठ्यक्रम र अध्ययन […]
काठमाडौं– सांसदहरुले एसिड आक्रमणकारीलाई कडा भन्दा कडा कारवाही गर्न माग गरेका छन्। यसका लागि कानुन संशोधन गर्नुपर्ने उनीहरुको माग छ। आइतबारको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्ने अधिकांश महिला सांसदहरुले वीरगञ्जकी १५ बर्षिया किशोरी मुस्कान खातुनमाथि भएको एसिड आक्रमण घटनाको विरोध गर्दै आक्रमणकारीलाई जन्मकैद वा फाँसीको सजाय दिनुपर्ने माग राखे। सांसद पुष्पा कुमारी कर्ण कायस्थले कहिलेसम्म […]
२२ भदौ, काठमाडौं । वायू प्रदुषण र ध्वनी प्रदुषणले आहत बनाइरहेको काठमाडौंको सार्वजनिक यातायातमा सोमबार(भोली)बाट विद्युतीय बसको पुनरागमन हुँदैछ । सरकारी स्वामित्वको ट्रली बस बन्द भएको एक दशकपछि निजी क्षेत्रको सुन्दर यातायातले पहिलो चरणमा दुई वटा विद्युतीय बसबाट सेवा थाल्न लागेको हो । सुन्दर यातायात प्रालिले चीनबाट १८ वटा लामा आकारका विद्युतीय बस भित्र्याउँदै छ […]
काठमाडौँ- नेपाल राष्ट्र बैंकले दसैँका लागि नयाँ नोट असोज १४ गतेबाट वितरण सुरु गर्ने योजना बनाएको छ। गत वर्षजस्तै यसपालि पनि राष्ट्र बैंकले तीन सरकारी बैंकसहित निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाबाट सटही सुविधा उपलब्ध हुने छ। निजी क्षेत्रका बैंकहरुलाई भने निश्चित रकम मात्र सटहीका लागि उपलब्ध गराइनेछ। राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० […]
कोलम्बो : श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाल बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको छ। बंगलादेशले टस जितेर पहिला ब्याटिङको निम्ता दिएपछि ब्याटिङ गरेको नेपाल यू–१९ टोलीले बंगलादेशलाई जितका लागि २६२ रनको लक्ष्य दिएको छ। ५० ओभरमा ८ विकेट गुमाउँदै नेपाली युवा टोलीले २६१ रन बनाएको हो ।सुरुमा सुस्त ब्याटिङ गरिरहेका […]
बैतडी, २२ भदौ । राष्ट्रिय जनमोर्चाका बैतडी जिल्ला अध्यक्ष अर्जुन मडै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । अध्यक्ष मडैसँगै जनमोर्चालगायत अन्य पार्टीका एक दर्जन बढी नेता(कार्यकर्ता पनि नेकपामा प्रवेश गरेका छन् । सुर्नया गाउँपालिकास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा शनिबार उनीहरु नेकपा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्ने नवप्रवेशीलाई नेकपा केन्द्रीय […]
कैलालीमा बस दुर्घटना हुँदा ७ जना घाईते भएका छन्। जिल्लाको टीकापुरबाट नेपालगञ्ज जाँदै गरेको ना ४ ख ७९७६ नम्वरको बस लम्कीचुहा नगरपालिका १ मा दुर्घटना हुँदा ७ जना घाईते भएका हुन्। बस अनियन्त्रित भएर नालीमा खसेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बसमा सवार १७ जना मध्ये ७ जना घाईते भएको र उनीहरुको लालरत्न अस्पतालमा […]
धनगढी, २२ भदौ । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको दसैँको टीकाको साइत सार्वजनिक गरेको छ। समितिले टीकाको साइत असोज २१ गते बिहान १० बजेर ३५ मिनेटमा रहेको जनाएको छ। समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमका अनुसार १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा घटस्थापनाको साइत छ।यस्तै मंगलबार बिहान ८ बजेर ४५ मिनेटमा देवी […]
काठमाडौँ — दरबन्दी मिलान नहुँदा संघीय सरकारअन्तर्गतका ४ हजार ८ सय ८४ कर्मचारी जिम्मेवारीविहीन छन् । कार्यालय सहयोगीदेखि ११ औं तहसम्मका अधिकांश फाजिल कर्मचारी संघअन्तर्गतका विभिन्न कार्यालयमा हाजिर गरेर फर्कने गरेका छन् । गत चैतमा संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन हुँदा फाजिल कर्मचारी व्यवस्थापन गरिएको थिएन । साविक आकाशवाणी (आवा) का टेलिफोन अपरेटर, टाइपराइटरलगायत कर्मचारी व्यवस्थापन […]
सामाजिक सेवामा समेत सक्रिय रहेका सिताराम कट्टेल र कुञ्जना घिमिरे यतिबेला चितवनमा ‘गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला’ बनाउन लागिपरेका छन् । यो बिचमा उनीहरुले चलचित्र निर्माणको पनि घोषणा गरे । चलचित्र निर्माणमा अगाडि सरेसँगै उनीहरुले लगानी कसरी गर्दैछन् भन्ने खालका प्रश्न पनि उठाइएको छ । कतिपयले रंगशाला बनाउने रकमले चलचित्र बनाउन लागेको भन्दै टिप्पणी पनि गरिरहेका […]
काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसको जोडी सधै चर्चामा आइरहन्छ । आफूभन्दा कान्छा निकसँग विवाह गरेकी प्रियंका भारतमा भन्दा अमेरिकामा बढी व्यस्त हुनथालेकी छिन् । उनी चलचित्रमा अभिनय गरेर भन्दा विदेशयात्रा र बसाईंका कारण व्यस्त हुनेगरेकी हुन् । उनी विभिन्न तस्वीरका कारण चर्चामा आउँछिन् । केहि दिन पहिले मात्र श्रीमान […]
काठमाडौ, आज प्रतिनिभिसभाको बैठक बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न विधेयकहरु पेश हुनेछन् । आजको बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले “बिरुवा संरक्षण (पहिलोसंशोधन) विधयेक, २०७५, “बिउ बिजन (दोस्रो संशोधन) विधेयक, २०७५ तथा माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । मन्त्री खनालले “जीवनाशक विषादी व्यवस्थापन विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट […]
नागरिक रैबार/बाजुरा २३ असार । बडीमालिका नगरपालिका वडा नं. ७ का ३ सय ४१ परिवारलाई निशुल्क कागतीका विरुवाहरु वितरण गरिएको छ । बडीमालिका नगरपालिका कृषि शाखाको सहयोगमा उक्त वडाका कृषकहरुलाई कागतिका विरुवा वितरण गरिएको हो । कागती उत्पादनको पकेट क्षेत्र मानिदै आएको बडीमालिका नगरपालिका वडा नं. ७ को रजातोलि, सुनकाना, सिराडी माउलेख र जिल्ली गाउँका […]
नागरिक रैबार/बाजुरा २३ असार। ईलाका प्रहरी कार्यालय कोल्टीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका २ जना कार्यकर्तालाई पक्राउ गरेको छ । सोमबार विहान ईलाका प्रहरी कार्यालय कोल्टीबाट प्रहरी नायव निरिक्षक शेरबहादुर कुँवरको नेतृत्वमा खटिएको प्रहरीको टोलिले हिमाली गाउँपालिकाको धुलाचौरबाट विप्लव समूहका मुगु जिल्ला कमिटी सदस्य खत्याड गाउँपालिका ८ का बाँचे दमाई र नन्दविर ढोलीलाई पक्राउ गरेको हो […]
धनगढी : सुदूरपश्चिम प्रदेशका ८ स्थानीय तहले अझै बजेट ल्याउन सकेका छैनन्। सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये ८ स्थानीय तहले अगामी आर्थिक वर्ष २०७६-०७७का लागि नीति तथा कार्यक्रम एवम् बजेट ल्याउन नसकेका हुन्। स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ को उपदफा १ मा आर्थिक वर्षको राजश्व र व्यय बजेटको अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० […]