होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, मंसिर १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • दिउँसो १ बजे संसद बैठक बस्दै
देश/प्रदेश

दिउँसो १ बजे संसद बैठक बस्दै

  • नागरिक रैबार
दिउँसो १ बजे संसद बैठक बस्दै

काठमाडौ, आज प्रतिनिभिसभाको बैठक बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न विधेयकहरु पेश हुनेछन् । आजको बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले “बिरुवा संरक्षण (पहिलोसंशोधन) विधयेक, २०७५, “बिउ बिजन (दोस्रो संशोधन) विधेयक, २०७५ तथा माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

मन्त्री खनालले “जीवनाशक विषादी व्यवस्थापन विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले “राष्ट्रिय खेलकुद विकास विधेयक, २०७५ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ भने आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले “उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदन सहितको सेफगार्ड, एन्टी–डम्पिङ तथा काउण्टरभेलिङ विधेयक, २०७५ माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

विज्ञापन

यस्तै “सेफगाडर्, एन्टी–डम्पिङ तथा काउण्टरभेलिङ विधेयक, २०७६ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । मन्त्री यादवले “उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदन सहितको औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलोसंशोधन) विधयेक, २०७५ माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यक्रम छ ।

“औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, २०७६ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठले “नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७६” पेश गर्नुहुने कार्यक्रम रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै