होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिका ७ का कृषकहरुलाई कागतिका विरुवा वितरण
समाचार

बडीमालिका ७ का कृषकहरुलाई कागतिका विरुवा वितरण

  • नागरिक रैबार
बडीमालिका ७ का कृषकहरुलाई कागतिका विरुवा वितरण

नागरिक रैबार/बाजुरा २३ असार । बडीमालिका नगरपालिका वडा नं. ७ का ३ सय ४१ परिवारलाई निशुल्क कागतीका विरुवाहरु वितरण गरिएको छ ।
बडीमालिका नगरपालिका कृषि शाखाको सहयोगमा उक्त वडाका कृषकहरुलाई कागतिका विरुवा वितरण गरिएको हो ।
कागती उत्पादनको पकेट क्षेत्र मानिदै आएको बडीमालिका नगरपालिका वडा नं. ७ को रजातोलि, सुनकाना, सिराडी माउलेख र जिल्ली गाउँका कृषकहरुलाई कागतिका विरुवा वितरण गरिएको हो ।


एक घर तीन फलफुल वृक्षारोपण अभियान अन्तरगत सो वडाका ३ सय ४१ परिवारलाई १ हजार २३ कागतिका विरुवाहरु निशुल्क वितरण गरिएको र कृषकहरुको थप मागका आधारमा २५ सय विरुवाहरु वितरण गरिएको वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन् ।


बडीमालिका नगरपालिका वडा नं. ७ लाई ओखर, कागति र आलुको पकेट क्षेत्र बनाउन वडामा रहेका ४ सय ५५ घरधुरि सबैलाई कागती, ओखरका विरुवा र आलुको विउ उपलव्ध गराईने वडा अध्यक्ष पाध्यायले बताएका छन् । नगरपालिका भित्रका सबै कुषकहरुलाई आधुनिकिकरण खेतितिर लिनको लागी ब्यबसायीक रुपमा अघि बढाउन नगरपालिकाले कृषि क्षेत्रमा उपयुक्त लगानी बढाउन आवश्यक रहेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार