होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • बलिउड/हलिउड
  • विवाहपछि प्रीयंकाको कामभन्दा हल्ला बढी
बलिउड/हलिउड

विवाहपछि प्रीयंकाको कामभन्दा हल्ला बढी

  • नागरिक रैबार
विवाहपछि प्रीयंकाको कामभन्दा हल्ला बढी

काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसको जोडी सधै चर्चामा आइरहन्छ । आफूभन्दा कान्छा निकसँग विवाह गरेकी प्रियंका भारतमा भन्दा अमेरिकामा बढी व्यस्त हुनथालेकी छिन् । उनी चलचित्रमा अभिनय गरेर भन्दा विदेशयात्रा र बसाईंका कारण व्यस्त हुनेगरेकी हुन् ।

उनी विभिन्न तस्वीरका कारण चर्चामा आउँछिन् । केहि दिन पहिले मात्र श्रीमान र आमासंगै बसेर श्रृंगार गर्दै गरेको तस्विर इन्टरनेटमा चर्चामा आयो । बलिउड हुँदै हलिउड सम्मका फिल्महरुमा अभिनय गरिसकेकी उनले एकाएक अमेरिकी गायक निकसंग विवाह बन्धनमा बाधिएपछि अहिले भारत र अमेरिकाको बसाई आधा आधा बनाएकी छन । अहिले प्रियंका र निकले लस एञ्जिलसमा नयाँ घरको खोजी गरिरहेका छन् ।

    यो पनि पढ्नुहोस्

लस एञ्जिलसको बेवर्ली हिल्समा नयाँ घरको लागि प्रियंका र निकले दुई करोड अमेरिकी डलर बजेट छुट्यायको चर्चा चलेको छ ।केहि समय पहिले मात्रै दुई करोड मध्ये ६५ लाख अमेरिकी डलरमा बेवर्ली हिल्सको रहेको निकको पुरानो घर बेचेका यो जोडीले उक्त घरमा स्पेस कम भएर बेचेको बताउँदै आएका थिए ।

विज्ञापन

चार हजार स्क्वायर फिटमा फैलिएको उक्त घर बेचेको पैसापनि खोजीमा रहको नयाँ घरमा लगानीको सोचमा निक दम्पती रहेका छन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार