होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बाजुरामा बिप्लव समूहका २ जना कार्यकर्ता पक्राउ
देश/प्रदेश

बाजुरामा बिप्लव समूहका २ जना कार्यकर्ता पक्राउ

  • नागरिक रैबार
बाजुरामा बिप्लव समूहका २ जना कार्यकर्ता पक्राउ

नागरिक रैबार/बाजुरा २३ असार। ईलाका प्रहरी कार्यालय कोल्टीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका २ जना कार्यकर्तालाई पक्राउ गरेको छ ।
सोमबार विहान ईलाका प्रहरी कार्यालय कोल्टीबाट प्रहरी नायव निरिक्षक शेरबहादुर कुँवरको नेतृत्वमा खटिएको प्रहरीको टोलिले हिमाली गाउँपालिकाको धुलाचौरबाट विप्लव समूहका मुगु जिल्ला कमिटी सदस्य खत्याड गाउँपालिका ८ का बाँचे दमाई र नन्दविर ढोलीलाई पक्राउ गरेको हो ।
हिमाली गाउँपालिका वडा नं. ६ धुलाचौरमा लुकेर बसी रहेको अवस्थामा उनीहरु दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका विप्लव समूहका २ जनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मुगुलाई बुझाईएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार