होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
प्युठान । प्युठानको नौबहिनी गाउँपालिका-२ लिघामा भीरबाट लडेर एक वृद्धको मृत्यु भएको छ ।स्थानीय तह निर्वाचनको प्रचारमा हिँडेका लिघा सिरिवाङका ५६ वर्षीय धन बहादुर थापामगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय बाहनेका प्रहरी निरीक्षक भानुभक्त अर्यालले जानकारी दिए । अर्यालका अनुसार थापामगरको घटनास्थलमै मृत्यु भएको हो ।आइतबार नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी सहितको गठबन्धन […]
बाजुरा : नेकपा एमाले बुढीगंगा नगर कमिटीले स्थानीय तह निर्वाचनमा युवा अनुहारलाई प्राथमिकता दिएको छ । पालिका प्रमुख उपप्रमुख देखि वडा अध्यक्ष सदस्यसम्म सबैजसो युवा अनुहार नै देखिएका छन् । पालिका प्रमुखमा रामबहादुर बाँनीया र उपप्रमुखमा माया कुँवरलाई उम्मेदवार बनाएको छ । २०७४ सालमा झिनो मत अन्तरले काँग्रेस उम्मेदवारसँग पराजित बाँनीया र कुँवर दुबै जनालाई […]
धनगढीः अछामको साँफेबगर नगरपालिकाको बुढाकोटका पुष्प कुँवर बुधबार गौरीफन्टा सीमा नाकामा भेटिए। मतदाता नामावलीमा नाम रहेका उनी मुगलान जाने तयारीमा थिए। उनलाई स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गाराएकाहरुले भारत नजान भन्दै थिए। तर गत निर्वाचनपछि ५ वर्षसम्म भ्रष्ट्राचार मात्र भएको भन्दै उनी मतदान नगरी छिर्ने तयारीमा थिए। उनी भन्दै थिए, ‘हामीले नौकरी उतै गएर गर्नुपर्छ। […]
वैशाख ३० मा हुने स्थानीय तहका निर्वाचनमा नेपाल प्रहरीले आफ्नो ९० प्रतिशत जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ । केन्द्रीय सुरक्षा समितिले पारित गरेको स्थानिय तह निर्वाचन एकीकृत सुरक्षा योजना अनुसार ६२ हजारभन्दा बढी प्रहरी परिचालन गर्ने निर्णय गरिएको प्रहरी प्रवक्ता (एसएसपी) विष्णुकुमार केसीले रातोपाटीलाई बताए । प्रहरी प्रधान कार्यालयले १० प्रतिशत सुरक्षाकर्मीलाई मात्रै कार्यालयमा […]
नागरिक रैबार/बाजुरा १४ बैशाख। नेकपा एमालेबाट बुढीनन्दा नगरपालिकामा २ जना दलित महिला सदस्य निर्विरोध निर्वाचित भएकी छन् । दलित महिला सदस्यमा यसरी निर्विरोध निर्वाचित हुनेमा बुढीनन्दा नगरपालिका वडा नं. ४ बाट बसन्ती चंदारा र सोही नगरपालिकाको वडा नं. १० की ठुमरा दमाई रहेकी छन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बैशाख ११ […]
नागरिक रैबार बैशाख ११ बाजुरा । दलाल पुँजीवादी संसदीय व्यवस्थाको भण्डाफोर गरौँ, स्थानीय तहको निर्वाचन बहिस्कार गरौँ भन्दै वैज्ञानिक समाजवादी कम्युुनिस्ट पार्टी नेपालले सात बुँदे प्रस्ताव सहित आह्वान जारी गरेको छ । पार्टी प्रवक्ता जागृत रायमाझीले आफ्नो समामजिक सञ्जाल मार्फत सात बुँदे प्रस्ताव सहित आह्वान पत्र जारी गर्दै सम्पूणर् नेपाली जनतालाई दलाल पुँजीवादी व्यवस्थाको स्थानीय […]
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वैशाख ३० गते हुने स्थानीय निकायको निर्वाचनको घोषणा पत्र आज (शुक्रबार) सार्वजनिक गर्ने भएको छ । पार्टीको ७४ औं स्थापना दिवसका अवसरमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको घोषणा पत्र सार्वजनिक गर्ने एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनका अनुसार दिउँसो १ बजे तुल्सीलाल स्मृति भवन, […]
कञ्चनपुरः नेकपा (एमाले) बाट निर्वाचित भएका बेदकोट नगरपालिकाका नगर प्रमुख अशोककुमार चन्द नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन्। आइतबार बेदकोटको दैजीमा आयोजित आमसभामा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नगर प्रमुख चन्दसहित वडाध्यक्ष र कार्यपालिका सदस्य लगायतका जनप्रनिधिहरु पार्टी प्रवेश गराएका हुन्। ‘पार्टीमा अपमानित र अपहेलित भएपछि त्यहाँ बस्नु उचित हुँदैन,’ नगर प्रमुख चन्दले भने, […]
आहुती । विचार । नेकपा (एमाले) को दसौं महाधिवेशन सकेर देशभर जिल्ला अधिवेशन चलिरहेको छ । लाखभन्दा बढी मानिसको सहभागितामा उद्घाटन समारोह सम्पन्न हुनु भर्खर फुट बेहोरेको एमालेका निम्ति शानदार सफलता हो । आसन्न चुनावको तयारीका सन्दर्भमा एमालेको यो भीडभाड प्रदर्शनले संसद्वादी अन्य पार्टीलाई उकुसमुकुस बनायो होला । त्यसो त अन्य प्रतिस्पर्धी संसद्वादी पार्टीहरूले पनि अब यस्तै […]
नागरिक रैबार । मंसिर १४ बाजुरा । जात व्यवस्था उन्मूलन मोर्चा सुदूरपश्चिम प्रदेश समितिले मंसिर ४ गते धनगढीको पार्कमोडबाट सुरु गरेको जात व्यवस्था उन्मूलनः जागरण एवं संगठनात्मक अभियान २०७८ सुदूरपश्चिमका ९ वटै जिल्लामा संगठन विस्तार गरी सोमवार कञ्चनपुरमा एक कार्यक्रमका वीच सफलता पूर्वक समापन गरेको छ । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको उक्त जनवर्गीय संगठनले […]
नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले सह-महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । मंसिर २४–२६ सम्म हुने १४औं महाधिवेशनमा पाण्डेले पिछडिएका कोटाबाट सह-महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका हन् । बाजुराका पाण्डेले सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । ‘पार्टी विधानमा पिछडिएको क्षेत्रबाट सह-महामन्त्रीको व्यवस्था छ, म त्यही क्लष्टरबाट उम्मेदवार बन्न […]
नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा श्रमिक कोटाबाट ६ जना केन्द्रीय सदस्य निर्विरोध चुनिएका छन् । जिफन्ट अध्यक्ष विनोद श्रेष्ठसहित रमेश बडाल, कमल गौतम, बाबुराम थापा, मञ्जु कुमारी थापामगर र सीता लामा सर्वसम्मत एमालेको केन्द्रीय सदस्य बनेका हुन् । उनीहरुसहित ३०१ जना केन्द्रीय सदस्यहरुको नामावली ओलीले आइतबार रातिको बन्दसत्रमा प्रस्ताव गरेका थिए । प्रस्तावमा कोही […]
महेश कार्की/ काेल्टी २७ कार्तिक। बाजुराको जगन्नाथ गाउँपालिकामा नेकपा एकीकृत समाजवादी बाजुराको प्रथम वृहत भेला तथा वडा अधिवेशन कार्यक्रम सम्पन्न भएको छ । नेकपा एकिकृत समाजवादिले आज एक कार्यक्रमको आयोजना गरी जगन्नाथ गाउँपालिका वडा नं दुईको वडा भेला कार्यक्रम भब्यताका साथ सम्पन्न भएको हो । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेबाट अलग वनेको नेकपा एकिकृत समाजवादिले […]
नागरिक रैबार/बाजुरा १२ असोज। नेपाली काँग्रेस बडीमालिका नगर कार्यसमितिको सभापतिमा गोपाल कार्की चयन भएका छन् । त्यस्तै वरिष्ठ उपसभापतिमा खड्क बडुवाल (अभिनास) श्रीचन्द्र पाध्याय, सचिवमा कणर्बहादुर रावल र धनलाल खड्का रहेका छन । नगर सभापतिका आकांक्षीहरुले एकले अर्कोलाई सहमति नगर्दा बडीमालिकाको कार्यसमिति चयनमा ढिलाई भएको थियो । गत शनिबारबाट सूरु भएको बडीमालिकाको दोस्रो नगर अधिवेशनमा […]
नागरिक रैबार/बाजुरा ६ असोज। नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराका सदस्य तथा बडीमालिका नगरपालिका ८ का वडा अध्यक्ष प्रकाश रावल क्षेत्रीय प्रतिनिधिमा वडाबाट निर्विरोध छनोट भएका छन् । हिजोबाट सूरु भएको नेपाली काँग्रेस बडीमालिका ८ नम्बर वडा कार्य समितिको दोस्रो अधिवेशनबाट युवा नेता समेत रहेका रावल नेपाली काँग्रेसको वडा तहको क्षेत्रीय प्रतिनिधि पदमा निर्विरोध निर्वाचित […]
नागरिक रैबार/बाजुरा २२ भदौ । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले राजीनामा दिने तयारी गरेका छन् । दल विभाजनपछि पनि नेकपा एमालेमै रहने निधो गरेका एमाले संसदीय दलका नेता समेत रहेका मन्त्री शाहले राजीनामा तयारी गरेको बताईएको छ । मन्त्री शाहको सचिवालयले पनि राजीनामा दिनेबारे छलफल भइरहेको जनाएको छ । ‘एकीकृत समाजवादीको […]
नागरिक रैबार/बाजुरा २१ भदौ । नेकपा एमाले बाजुराको समानान्तर जिल्ला कमिटी नेकपा एकीकृत समाजवादीमा रुपान्तरण भएको घोषणा गरिएको छ । सोमबार जिल्लाको नेकपा एकिकृत समाजवादीले सदरमुकाम मार्तडीमा आयोजना गरेको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष गगन रावलले यस अघि गठन गरेको समानान्तर कमिटीलाई एकीकृत समाजवादीमा रुपमान्तरण भएको घोषणा गरेका हुन् ।उनले भने एमालेको समानान्तर कमिटीमा […]
धनगढी : नेकपा एमाले छाड्दै नवगठित नेकपा (एकीकृत समाजवादी) रोज्न इच्छुक प्रदेश सांसदका लागि अब तीन दिन मात्रै बाँकी छ। एकीकृत समाजवादीमा जान इच्छुक प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिले निर्वाचन कार्यालयमा भदौ २२ गतेभित्र सनाखत गराउनुपर्ने छ। अहिलेसम्म सुदूरपश्चिम प्रदेशका १० सांसदले नेकपा एमाले पार्टी छाड्दै नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन्। उनीहरुले प्रदेश […]
‘बा’को आँगनले चर्को सन्देश दियो– दोस्रो पुस्ताले पहिलो पुस्तासँग जोरी नखोज, दिएको खाऊ र अरनखटनमा बस समाजवाद भनेर नथाक्ने, जेलाई पनि समाजवादसँग गाँसेर विश्लेषण गरेको भान पार्न सक्ने ओलीसँग असहमत भनिएको दोस्रो पुस्ताले ओलीकै आँगनमा सहमति गरे । ओली समाजवादी भएर सहमति भयो कि बेजोड सैद्धान्तिक भनिएको दोस्रो पुस्ता ओलीकरण भयो, भविष्यमा खुल्नुपर्ने केही छैन […]
काठमाण्डाैँ । आफ्नै नेतृत्वमा नेकपा एकीकृत समाजवादी बनाएका माधवकुमार नेपाल पुनः राष्ट्रिय राजनीतिमा निर्णायक भूमिकामा देखिएका छन् । निर्वाचन आयोगबाट बुधबार दलको मान्यता पाएसँगै ३० सांसदको बलमा उनको पार्टी संसद्मा चौथो ठूलो दल बनेको छ । सरकारलाई स्पष्ट बहुमत पुर्याउन, प्रतिनिधिसभाका कामकारबाही सहज बनाउन, संसद्को कार्यकाल पूर्ण बनाउन र प्रदेश सरकार निर्माणमा पनि उनको पार्टी निर्णायक हुने […]