होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मतदान नगरी मुगलान छिर्दै सुदूरवासी
समाचार

मतदान नगरी मुगलान छिर्दै सुदूरवासी

  • नागरिक रैबार
मतदान नगरी मुगलान छिर्दै सुदूरवासी

धनगढीः अछामको साँफेबगर नगरपालिकाको बुढाकोटका पुष्प कुँवर बुधबार गौरीफन्टा सीमा नाकामा भेटिए। मतदाता नामावलीमा नाम रहेका उनी मुगलान जाने तयारीमा थिए।

उनलाई स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गाराएकाहरुले भारत नजान भन्दै थिए। तर गत निर्वाचनपछि ५ वर्षसम्म भ्रष्ट्राचार मात्र भएको भन्दै उनी मतदान नगरी छिर्ने तयारीमा थिए। उनी भन्दै थिए, ‘हामीले नौकरी उतै गएर गर्नुपर्छ। यताका नेताहरुले केही काम गर्दैनन्। यिनीहरुलाई भोट दिनुभन्दा नदिनु जाति। भोट दिएर जा भन्दै थिए। मैले तर तिमीहरुलाई किन भोट दिउ भने।’

डोटीको दीपायल–सिलगढी नगरपालिकाका केट नाथ ४२ वर्षका भए। उनले जीवनमा एकपटक मात्र मतदान गरेका छन्। उनी भारतमा रोजगारी गर्दै आएका छन्। आमा विरामी भएर चार महिना अगाडि मात्र उनी नेपाल आएका थिए। आमाको उपचारका कारण उनलाई ऋण छ। पाँचपटक प्रधानमन्त्री बनाएको प्रदेशको अवस्था परिवर्तन नभएको उनको गुनासो छ। ‘पाँचपटक प्रधानमन्त्री बनाएको सुदूरपश्चिमको अवस्था तपाईलाई थाहा छ। गरिबको कसैले सुन्ने होइन। जिल्लातिर भएको काम पनि कसैले गरिँदिदैन्। हाम्रो देशमा दिक्क भएर, भारत जाँदै छु’ उनले भने, ‘एक चोटी भोट दिएको हुँ। तर भोट दिए जस्तो लागेन।’

विज्ञापन

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा रोजगारीका लागि भारत जाने नेपालीहरुको संख्या पनि बढेको छ। एक हप्ता अगाडि दैनिक ढाईदेखि तीन सयको संख्यामा गौरीफन्टा नाका हुँदै भारत जानेथिए। तर अहिले त्यो संख्या हजारको हाराहारीमा पुग्ने गरेको छ। यस्तै भारतबाट नेपाल फर्किनेहरुको संख्याभन्दा भारत जानेहरुको संख्या धेरै रहेको तथ्यांकले देखाएको छ।

स्थानीय तहका जनप्रतिनिधिले ५ वर्ष कार्यकर्ता पोस्ने र भ्रष्टाचार गरेर मात्र बिताएको भन्दै उनीहरु आजित भएका छन्। ठाउँ र देशको विकासभन्दा पनि आफ्नो विकासमा जनप्रतिनिधि केन्द्रीत देखिएकाले मतदान नगरि रोजगारीका लागि भारत जान थालेको उनीहरुले बताएका छन्।

स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुले भने निर्वाचनपछि मात्र कामको खोजीमा जान आग्रह गर्दै आएका छन्। तर २०७४ सालको स्थानीय तहको निर्वाचनबाट विजयी जनप्रतिनिधिले ५ वर्षसम्म कुनै काम नगरेकाले अहिले पनि मजदुरीको खोजीमा बाहिरिनु परेको प्रदेशवासीको गुनासो छ। दिनेशखबरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार