होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जात व्यवस्था उन्मूलन मोर्चाको अभियान सुदूरपश्चिम प्रदेशमा सफल
समाचार

जात व्यवस्था उन्मूलन मोर्चाको अभियान सुदूरपश्चिम प्रदेशमा सफल

सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्ला कमिटीमा को को छन् ? (हेर्नुस् – सूचिसहित )

  • नागरिक रैबार
जात व्यवस्था उन्मूलन मोर्चाको अभियान सुदूरपश्चिम प्रदेशमा सफल

नागरिक रैबार ।
मंसिर १४ बाजुरा ।
जात व्यवस्था उन्मूलन मोर्चा सुदूरपश्चिम प्रदेश समितिले मंसिर ४ गते धनगढीको पार्कमोडबाट सुरु गरेको जात व्यवस्था उन्मूलनः जागरण एवं संगठनात्मक अभियान २०७८ सुदूरपश्चिमका ९ वटै जिल्लामा संगठन विस्तार गरी सोमवार कञ्चनपुरमा एक कार्यक्रमका वीच सफलता पूर्वक समापन गरेको छ ।
वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको उक्त जनवर्गीय संगठनले कैलाली जिल्लाबाट सम्पूर्ण जात व्यवस्था विरोधी न्यायप्रेमी एक होऔँ भन्ने नारा लिएर सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा संगठन विस्तार गरेर जागरण अभियान सफतापूर्वक सम्पन्न भएको सुदूरपश्चिम प्रदेश समितिका संयोजक विजय विश्वकर्माले जानकारी गराएका छन् ।

हाम्रो संगठनले देशव्यापी रूपमा जात व्यवस्था उन्मुलन ः जागरण एवम् संगठनात्मक अभियान संचालन गरिरहेको छ । सोही अनुरुप यस अभियानले जात व्यवस्था विरूद्व ठीक वैचारिकिको आधारमा लड्न सक्ने संगठन र जनशक्ति गाउँ–गाउँसम्मै तयार पार्न सुदूरपश्चिका ९ वटै जिल्लामा एक सशक्त अभियानै लिएर पुगेका हौँ अँझै यसमा क्रमशः सबै उत्पीडित समुदाय संगठित हुनेछन् भन्ने आफ्नो विश्वास रहेको उहाँले बताउँनु भएको छ ।

उहाँले अभियानकै सन्दर्भमा कुरा थप्दै भने जात व्यवस्था उन्मुलन मोर्चा, नेपालमा सबै न्यायप्रेमी समुदायले आवद्व भएर जात व्यवस्था विरूद्वको महाअभियानमा सँगै अघि बढ्नका लागि हार्दिक अपिल समेत गरेका छन् ।

विज्ञापन

सुदूरपश्चिम समितिको आयोजनामा भएको उक्त अभियानमा जात व्यवस्था उन्मुलन मोर्चा, नेपालका केन्द्रीय सचिव महावीर विश्वकर्माले संगठन विस्तारको अभियान समापनका क्रममा बोल्दै–दक्षिण एसियाली समाजसहित नेपालका राजनीतिक एवम् सामाजिक जागरण आन्दोलन दलित समुदायको समस्या छुवाछूत भेदभाव मात्रै हो भन्ने बुझाईमै सिमित रहेको आरोप लगाए ।

उत्पीडित तथा दलित समुदायले वर्षाैदेखि भोगिरहेको आर्थिक र राजनीतिक–प्रशासनिक क्षेत्रको समस्यालाई प्राथमिकतामा राखेर यो जात व्यवस्था नै हो भन्ने निष्कर्षमा पुग्न दुवै थरिका आन्दोलन चुके उहाँले भने ।

परिणामतः नेपालमा महत्वपूर्ण राजनीतिक उपलब्धिहरू भईसक्दा पनि समाजमा जात व्यवस्थाकै कारण मान्छे कुटिनुपर्ने, मारिनुपर्ने, पहुँचविहिन हुनुपर्ने, गरिविको रेखामुनि रहिरहनु पर्ने अवस्था विद्यमान रह्यो । अँझैपनि मुलतः दलित समुदायले भोगिरहेको समस्यालाई जात व्यवस्थाको परिणामको रूपमा बुझ्न ढिलाई गरियो भने यसको समाधानको लागि ठीक राजनीतिक विचारमा आधारित संघर्ष नहुने प्रष्ट्याउँनु भयो ।
अर्को कुरा जात व्यवस्थाबाट दलित समुदाय बढी उत्पीडनमा परेको त हो तर यो समस्या दलित समुदायको मात्र हो भन्ने हाईन् । जात व्यवस्थाले त समाजकै विकासक्रमलाई अवरोध गरिरहेको छ । जात व्यवस्था उन्मुलनको प्रश्न आफैमा राजनीतिक विचारसँग अभिन्न रूपमा जोडिने भएकाले आजको दलाल पुँजीवादी संसदीय व्यवस्था विरोधी वैज्ञानिक समाजवादी क्रान्तिको अभिन्न अंग बन्नै पर्दछ भन्दै उहाँले जोड दिनुभएको छ ।

यी बुझाईलाई प्रत्येक मानिससम्म व्यवस्थित ढँगले पुर्याउनु आजको अपरिहार्य आवश्यकता हो । त्यसको आधारमा मात्रै निरन्तर ठीक ढँगले संघर्ष गर्न सकिने अवस्थाको निर्माण हुन सक्दछ । तसर्थ ः हाम्रो संगठनले देशव्यापी रूपमा जात व्यवस्था उन्मुलन ः जागरण एवम् संगठनात्मक अभियान संचालन गरिरहेको छ । यसै अनुरुप यो प्रदेशका सबै जिल्लामा संगठन विस्तार भएकोका खुशी व्यक्त गदै अभियानमा साथ सहयोग र सर्मथन गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेका छन्

जात व्यवस्था उन्मुलन ः जागरण एवम् संगठनात्मक अभियान २०७८ लाई सफलतापूर्वक सम्पन्न गर्न वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल सुदूरपश्चिम प्रदेश समितिका संयोजक पुष्प कुमार भण्डारी, कर्णाली प्रदेश समिति संयोजक स्याम कुँवर लगाएत जात व्यवस्था उन्मूलन मोर्चाका रवी नेपाली, विद्यार्थी नेता द्रोण अवस्थी, निरज सुनार र रेविका परियारको निकै खटनपटन रहेको आयोजकले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्ला कमिटीमा को को छन् ?
हेर्नुस् – सूचिसहित ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार