होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्युठानमा चुनाव प्रचारको क्रममा लडेर मृत्यु
समाचार

प्युठानमा चुनाव प्रचारको क्रममा लडेर मृत्यु

  • नागरिक रैबार
प्युठानमा चुनाव प्रचारको क्रममा लडेर मृत्यु

प्युठान । प्युठानको नौबहिनी गाउँपालिका-२ लिघामा भीरबाट लडेर एक वृद्धको मृत्यु भएको छ ।स्थानीय तह निर्वाचनको प्रचारमा हिँडेका लिघा सिरिवाङका ५६ वर्षीय धन बहादुर थापामगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय बाहनेका प्रहरी निरीक्षक भानुभक्त अर्यालले जानकारी दिए ।

अर्यालका अनुसार थापामगरको घटनास्थलमै मृत्यु भएको हो ।आइतबार नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी सहितको गठबन्धन टोलीसँग उनी गाउँमा भोट माग्न गएका थिए । गाउँमा घरदैलो गरी फर्किने क्रममा मगरको लडेर मृत्यु भएको स्थानीयले बताएका छन् ।यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार