होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्थानीय तहको निर्वाचन बहिस्कार गर्न वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको आह्वान
समाचार

स्थानीय तहको निर्वाचन बहिस्कार गर्न वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको आह्वान

किन बहिस्कार गर्ने दलाल पुँजीवादी व्यवस्थाको स्थानीय तहका निर्वाचन ? हेर्नुस् पत्र सहित !

  • नागरिक रैबार
स्थानीय तहको निर्वाचन बहिस्कार गर्न वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको आह्वान
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको कार्यकारी झण्डा

नागरिक रैबार
बैशाख ११ बाजुरा ।
दलाल पुँजीवादी संसदीय व्यवस्थाको भण्डाफोर गरौँ, स्थानीय तहको निर्वाचन बहिस्कार गरौँ भन्दै वैज्ञानिक समाजवादी कम्युुनिस्ट पार्टी नेपालले सात बुँदे प्रस्ताव सहित आह्वान जारी गरेको छ ।

पार्टी प्रवक्ता जागृत रायमाझीले आफ्नो समामजिक सञ्जाल मार्फत सात बुँदे प्रस्ताव सहित आह्वान पत्र जारी गर्दै सम्पूणर् नेपाली जनतालाई दलाल पुँजीवादी व्यवस्थाको स्थानीय तहको निर्वाचन बहिस्कार गर्न आग्रह गरेका छन् ।

पौने सताब्दी लामो नेपाल जनताको संर्घषपश्चात गठन भएको संविधान सभाबाट नेपाली जनताले ठूलो आशा गरेका थिए । तर, पहिलो संविधान सभामा स्थापित नेपाली जनताको आधारभूत मुद्दालाई नष्ट र विकृत पार्दै दोस्रो संविधानसभाले सर्वहारा-श्रमिक वर्ग, दलित, जनजाती, अथवा उत्पीडित राष्ट्रहरु, महिला, मधेसी, मुस्लीमलगाएत शोषित वर्ग र समुदायविरोधी दलाल पुँजीवादी संसदीय व्यवस्था निर्माण गर्यो ।

विज्ञापन

भ्रम दिँदैछ-यो व्यवस्था ठीक हो, दोष व्यक्तिको मात्र हो भन्नु बेलकुल गलत कुरा हो । वास्तवमा यो दलाल पुँजीवादी संसदीय व्यवस्था नै खराव हो । जसको गर्भबाट खराब शासकहरु लगातार जन्मिरहेको छ । समस्या व्यवस्थामा छ भन्दै पत्र जारी गरिएको छ ।

भ्रष्टाचारको दलदलमा डुबुल्की मारेर दलाल संसदवादी शक्तिहरु स्थानीय तहको निर्वाचनको नामामा जनतामाँझ भ्रमको खेती गरिरहेका छन् । सार्वजनिक सम्पत्तीको दोहन, डोजर र कमिसन आतङ्क, नाताकृपामा आधारित सुविधा वितरण र दलाल पुँजीवादीहरुको नाफामा बुद्धिवाहेक विगत पाँच वर्षमा स्थानीय तहका प्रतिनिधीहरुले अरु के गरे त ? यो व्यवस्थामा यहाँभन्दा बढी केही हुन सम्भव नै थिएन भनेर पत्रमार्फत जिकिर गरिएको छ ।

टिकट – खरिद विक्री, भोट – खरिद विक्री, डरत्रास, गुण्डागर्दी जस्ता घिनलाग्दा हर्कतहरु प्रयोग गरी चुनाव जित्ने अनि पाँच वर्ष जनता र स्थानीय तहका श्रोत-साधनहरुमाथि लुटपाट मच्याउने जस्था जनविरोधी गतिविधिको साँक्षी प्रत्यक्ष तपाई हामी नै छाँै । आज दलाल पुँजीपतिसँग सम्बन्ध नभएका सर्वहारा-श्रमिक वर्ग, साना व्यवसायी, शिक्षक, प्राध्यापक, युवा,-विद्यार्थी जस्ता जनसमुदाय यो निर्वाचन प्रणालीमा उमेदवारसमेत बन्न नसक्ने कुरा घाम जस्तै छर्लङ्गै छ ।

किनकी यो चुनाव लाखाँै करोडाँै रुपैयाको खेल हो । यस्तो परिपाटी वर्तमान दलाल पुँजीवादी संसदीय व्यवस्थाको मेरुदण्डको रुपमा रहेकाले त्यसको भण्डाफोर गर्नु अनि यस्तो निर्वाचन प्रणालीलाई आम श्रमजीवी जनताले बहिस्कार गर्नुको विकल्प बाँकी रहेको छैन् ।

किन बहिस्कार गर्ने दलाल पुँजीवादी व्यवस्थाको स्थानीय तहका निर्वाचन ? हेर्नुस् पत्र सहित !

May be an image of text

May be an image of text

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार