होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, चैत्र २५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘सुदूरपश्चिमका १४ सांसदले एकीकृत समाजवादी रोज्छन्, ढुक्क भए हुन्छ’
समाचार

‘सुदूरपश्चिमका १४ सांसदले एकीकृत समाजवादी रोज्छन्, ढुक्क भए हुन्छ’

  • नागरिक रैबार
‘सुदूरपश्चिमका १४ सांसदले एकीकृत समाजवादी रोज्छन्, ढुक्क भए हुन्छ’

धनगढी : नेकपा एमाले छाड्दै नवगठित नेकपा (एकीकृत समाजवादी) रोज्न इच्छुक प्रदेश सांसदका लागि अब तीन दिन मात्रै बाँकी छ। एकीकृत समाजवादीमा जान इच्छुक प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिले निर्वाचन कार्यालयमा भदौ २२ गतेभित्र सनाखत गराउनुपर्ने छ।

अहिलेसम्म सुदूरपश्चिम प्रदेशका १० सांसदले नेकपा एमाले पार्टी छाड्दै नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन्। उनीहरुले प्रदेश निर्वाचन कार्यालय धनगढीमा उपस्थित भएर नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेका हुन्।

आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, पूर्वमन्त्री माया भट्ट, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, मनाकुमारी साउँद, प्रमुख सचेतक दुर्गा कुमारी कामी, कुलविर चौधरी, अमरबहादुर साउद, बलबहदुर सोडारी र सुशिला बुढाथोकीले माधव नेपालको नयाँ पार्टीको पक्षमा सनाखत गरेका हुन्।

विज्ञापन

एकीकृत समाजवादीमा खुलेका प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीले सनाखत गर्न बाँकी छ। सोडारीले २२ गतेसम्म प्रदेश सभामा एकीकृत समाजवादी नै ठुलो पार्टी हुने दाबी गरे। ‘सुदूरपश्चिमका १४ सांसदले एकीकृत समाजवादी रोज्छन्, ढुक्क भए हुन्छ,’ सोडारीले दिनेशखबरसंग भने।

उनका अनुसार एकीकृत समाजवादीको पक्षमा सनाखत गर्न अझै तीन दिन बाँकी भएकाले एकीकृत समाजवादी रोज्ने सांसदको संख्या कम्तिमा पनि १४ पुग्नेछ। ‘तीन दिनको समय भनेको धेरै हो,’ उनले भने, ‘हामी अहिले पनि छलफलमै छौँ। २२ गतेसम्म कम्तिमा पनि १४ सांसदले सनाखत गर्नुहुन्छ।’

अर्थ राज्यमन्त्री अर्चना गहतराजले पनि एकीककृत समाजवादी रोज्ने बताइएकोमा उनी अहिले नेकपा एमालेमै रहने बताउन थालेकी छिन्। प्रदेशसभा सदस्य तारा लामा तामाङले भने एकीककृत समाजवादीको पक्षमै सनाखत गर्ने बताएका छन्।

विगतमा माधव समूहमै रहेका संसदीय दलका नेता प्रकाशबहादुर शाह, पूर्वमन्त्री कृष्णराज सुवेदी, पूर्वराज्यमन्त्री प्रकाश रावल र सांसद हर्कबहादुर कुँवरले भने एमालेमै रहने संकेत गरेका छन्। एमाले उपाध्यक्ष भीम रावलले नयाँ पार्टीलाई साथ नदिएपछि उनीहरुले पनि माधवको साध छाडेको चर्चा छ। विगतदेखि नै पूर्वमन्त्री पठानसिंह बोहरा, रतना थापा, ग्याल्बुसिंह बोहरा, माया तामाङ बोहरा, लीलाधर भट्ट, नेपालु चौधरी र बलदेव रेग्मी ओली समूहमा थिए। उनीहरुले नेकपा एमालेमै रहने बताएका छन्।दिनेश खबरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै