होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख ३०, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • एमालेले घोषणा-पत्र सार्वजनिक गर्दै
राजनीति

एमालेले घोषणा-पत्र सार्वजनिक गर्दै

  • नागरिक रैबार
एमालेले घोषणा-पत्र सार्वजनिक गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वैशाख ३० गते हुने स्थानीय निकायको निर्वाचनको घोषणा पत्र आज (शुक्रबार) सार्वजनिक गर्ने भएको छ ।

पार्टीको ७४ औं स्थापना दिवसका अवसरमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको घोषणा पत्र सार्वजनिक गर्ने एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनका अनुसार दिउँसो १ बजे तुल्सीलाल स्मृति भवन, च्यासलमा घोषणा पत्र सार्वजनिक हुनेछ ।

यसैबीच एमालेले थापाथलीमा रहेको पार्टी केन्द्रीय कार्यालय पनि आजै सार्ने भएको छ । रिजालका अनुसार च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा पार्टी केन्द्रीय कार्यालय सार्न लागिएको हो ।

विज्ञापन

थापाथलीमा रहेको पार्टी केन्द्रीय कार्यालय साँघुरो भएकाले स्थानान्तरण गर्न लागिएको एमालेले जनाएको छ । थापाथलीमा कार्यालय भए पनि आवश्यक बैठक कक्ष र पार्किङको अभावका कारण पार्टीका अधिकांश बैठक तुल्सीलाल स्मृति भवनमा नै हुँदै आएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार