होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमाले बाजुराको समानान्तर कमिटी समाजवादीमा रुपान्तरण (भिडियोसहित)
समाचार

एमाले बाजुराको समानान्तर कमिटी समाजवादीमा रुपान्तरण (भिडियोसहित)

  • नागरिक रैबार
एमाले बाजुराको समानान्तर कमिटी समाजवादीमा रुपान्तरण (भिडियोसहित)

नागरिक रैबार/बाजुरा २१ भदौ । नेकपा एमाले बाजुराको समानान्तर जिल्ला कमिटी नेकपा एकीकृत समाजवादीमा रुपान्तरण भएको घोषणा गरिएको छ ।

सोमबार जिल्लाको नेकपा एकिकृत समाजवादीले सदरमुकाम मार्तडीमा आयोजना गरेको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष गगन रावलले यस अघि गठन गरेको समानान्तर कमिटीलाई एकीकृत समाजवादीमा रुपमान्तरण भएको घोषणा गरेका हुन् ।उनले भने एमालेको समानान्तर कमिटीमा रहेको १ सय ४१ जना रहेको जिल्ला कमिटी आजकै मितिबाट नेकपा एकिकृत समावादी जिल्ला कमिटीमा रुपान्तरण गरेका हुन् ।

त्यस्तै आज आठ जना जनप्रतिनिधिहरु एकिकृत समाजवादीमा सनाखत गरेका छन् । जसमध्ये स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष चिरन्जीवी शाही, उपाध्यक्ष मिमा बुढा, बुढिगंगा नगरपालिका ९ का वडा अध्यक्ष भरत थापा, बुढिनन्दा नगरपालिका वडा न ९ का वडा अध्यक्ष खडक बोहरा, बुढिगंगा नगरपालिका दलित महिला सदस्य बुदी सेराला बुढिनन्दा नगरपालिका वडा न ९ का वडा सदस्य छिङ्वा थापा र डम्मर शार्की र लक्ष्मी विक रहेका छन ।

विज्ञापन

No description available.

बाजुरामा अधिकांश एमालेका नेता तथा कार्यकर्ताहरु माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लाग्ने देखिएका छन् । एमाले जिल्ला कमिटीका ५६ जना जिल्ला कमिटी सदस्य मध्ये १० जना बढी जिल्ला कमिटीका सदस्यहरु कार्यक्रममा सहभागि भएका छन् भने बाँकी सदस्यहरुपनि एकीकृत समाजवादीमा लाग्ने नेकपा समाजवादी जिल्ला कमिटीका नेता पुरबहादुर रावतले दावी गरेका छन् ।

No description available.

एकिकृत समाजवादीका जिल्ला कमिटी अध्यक्ष गगन रावलको अध्यक्षतामा सूरु भएको प्रथम विस्तारित बैठकमा केन्द्रिय सदस्य हिक्मतजंग शाही प्रमुख अतिथि रहेका छन् । जिल्ला कमिटी सचिव पुरबहादुर रावतले संचालन गरेको बैठकमा नेकपा एकिकृत समाजवादीका नेता नरेश शाही, स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष चिरन्जीवी शाही, उपाध्यक्ष मिमा बुढा लगायत नेता तथा कार्यकर्ताहरु सहभागि भएका छन् ।

भिडियो तलको लिङ्कमा छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार