होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बाजुरा १६ साउन। जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष दिपक रावतले गाउँमा पटक पटक ज्यान मार्ने धम्की दिएपछि छेडेदह गाउँपालिका स्तरीय बाल संजालका अध्यक्ष मिन खड्का सहितको टोलीले जिल्ला प्रहरी कार्यालय बाजुरामा निवेदन दिएका छन् । खप्तड छेडेदह गाउँपालिका वडा नं. ३ मा गत असार २४ गते राति सोही वडा कै […]
१६ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ७८६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यो नेपालमा २४ घण्टामा गरिएको अहिलेसम्मकै सबैभन्दा धेरै परीक्षण हो । कहाँकहाँ थपिए संक्रमित ? मन्त्रालयका अनुसार सबैभन्दा धेरै पर्सामा ४१ जना संक्रमित […]
नागरिक रैबार/बाजुरा १६ साउन। जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ६ कोर्धबाट घरेलु हतियार सहित एकजनालाई प्रहरीले रंगेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका ६ का २८ वर्षिया मानबहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।विहिबार रातीको समयमा गाउँमा घरेलु हतियार लोड गरेर घरमा बसेको भन्ने विशेष सुराकि पछि उनलाई हतियार सहित […]
बाजुरा १६ साउन। विगत तीन वर्षदेखि बाजुरा जिल्ला अस्पतालमा नागरिकको स्वास्थ्य सेवाका लागि महत्वपूर्ण पहलकदमी लिनु भएका डाक्टर रुपचन्द्र विश्वकर्मालाई प्रकाश मानव अधिकार पुरस्कारबाट सम्मानित गर्ने निर्णय इन्सेक कार्यसमितिको गत साउन ६ गते सम्पन्न भएको बैठकले गरेको इन्सेकले जनाएको छ । इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठद्वारा साउन १६ गते जारी विज्ञप्तिमा उक्त निर्णयबारे जानकारी दिइएको […]
नागरिक रैबार/बाजुरा १६ साउन। बुधबार दिउसो करिव ३ बजेतिर अम्कोटमा गएको पहिरोमा पुरिएर बेपत्ता भएका बुढीगंगा नगरपालिका १ अम्कोटका २१ वर्षिया धर्मराज पाध्यायको शव भेटिएको छ । पहिरोमा वेपत्ता भएपछि ३ दिन देखि नेपाल प्रहरी, शसत्र प्रहरी, नेपाली सेना र स्थानीयहरुले उनको खोजी गर्दा शुक्रबार विहान पहिरोमा परि बेपत्ता भएका पाध्यायको शव भेटिएको जिल्ला प्रहरी […]
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल एउटा स्वतन्त्र मुलुक रहेको र कुनै पनि मुलुकले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु नहुने बताएकी छिन् । पछिल्लो समय नेपालको आन्तरिक मामिलामा चीनको हस्तक्षेप बढेको आरोप लागिरहँदा उनले मुलुकबीच विकास र द्विपक्षीय सहयोगबारे विचार आदानप्रदान हुनु भनेको एउटा सामान्य कूटनीतिक कार्य भएको र सामान्य भेटघाट एवं फोन संवादलाई […]
धनगढी : सुदूरपश्चिमका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट बुधवार थप ३५ कोरोना संक्रमित डिस्चार्ज भएका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा कञ्चनपुरका ३२, डोटकिा दुई र कैलालीका एक जना गरी ३५ जनालाई डिस्चार्ज गरिएको जानकारी दिए। योसंगै सुदूरपश्चिममा कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको संख्या तीन हजार […]
नागरिक रैबार/बाजुरा १५ साउन। बुधबार दिउसो करिव ३ बजेतिर अम्कोटमा गएको पहिरोमा पुरिएर बेपत्ता भएका बुढीगंगा नगरपालिका १ अम्कोटका २१ वर्षिया धर्मराज पाध्याय अझै भेटिएका छैनन् । साँफे मार्तडी सडक खण्ड अन्तरगत पर्ने अम्कोटमा गएको पहिरोमा पुरिएर वेपत्ता भएका पाध्यायको दुईदिन देखि खोजी कार्य जारी गरिएको भएपनि अझै सम्म भेटाउन नसकिएको जिल्ला प्रहरी कार्यालय बाजुराका […]
नागरिक रैबार/बाजुरा १५ साउन। बाजुरा जिल्लामा यस वर्ष समयमै मनसुन शूरु भएपछि यस वर्ष धान रोपाई सय प्रतिशत भएको छ । बाजुरामा वर्षेनी जेठ महिनाको पहिलो साताबाट सिचिंत क्षेत्रमा धान रोपाई सूरु हुने गर्दछ । यस वर्ष जिल्लामा मनसुन सक्रिय भएकै कारण समयमै जिल्लाका सवै सिंचित क्षेत्रमा धान रोपाई सय प्रतिशत भएको हो । बाजुरामा […]
नहकुल जोशी/बाजुरा १५ साउन। बाजुराको उत्तरपूर्वी क्षेत्रका स्थानिय तहमा रहेका माद्यामिक बिद्यालयले कक्षा ११ को परीक्षा आगामी भदौ २१ गतेबाट गर्ने भएका छन । कोरोना महाँमारिका कारण गत बैसाख÷जेठमा हुनुपर्ने परीक्षा स्थगित भएको थियो । राष्ट्रिय परीक्षाबोर्डले सम्वन्धीत विद्यालयले नै परीक्षा सञ्चालन गर्न कार्यविधि जारी गरेपछि निर्वाचन क्षेत्र नं क का ७ वटा माविले भदौ […]
१५ साउन, काठमाडौं । नेपालमा बिहीबार थप २७४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ३ सय ४ जनामा गरिएको परीक्षणमा २७४ जनामा संक्रमण भएको हो । बिहीबार डिस्चार्ज हुनेको संख्या २२७ रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ […]
आज साउन १५ अर्थात् खीर खाने दिन। सुदूरपश्चिममा पनि यो दिनलाई विशेष पर्वका रुपमा लिने गरिन्छ। आजको दिन चामल, दूध, नरिवल, छोकडा, मरिच चिनी लगायतका अन्य चिजहरु हालेर खीर बनाउने चलन छ। खीर उच्च क्यालोरी भएको खाना हो। साउनमा खीर खानुकोे वैज्ञानिक महत्व पनि रहेको डाक्टरहरु बताउँछन्। डाक्टरहरुका अनुसार गर्मीको समयमा शरीरमा दाद, खटिरा, र […]
धनगढी : पश्चिम तराईका जिल्ला कैलाली र कञ्चनपुरमा आज पनि बर्षा भईरहेको छ। बुधवारको बर्षाले कैलालीको दक्षिणपूर्वी क्षेत्र डुवानमा परेकोमा आज धनगढीका अधिकासं क्षेत्र जलमग्न भएका छन्। जल तथा मौसम विज्ञान विभागले सामान्य बदली रही सुदूरपश्चिमका केही स्थानहरुमा हल्का देखि मध्यम बर्षा भइरहेको जनाएको छ। आज दिउँसो सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको […]
१४ साउन, काठमाडौं । सत्तारुढ दलका नेता र सरकार सञ्चालक आन्तरिक झगडामा रुमलिइरहेका बेला देशभर कोरोना संक्रमणको जोखिम ह्वात्तै बढेको छ । केन्द्रीय राजधानी काठमाडौमै संकट देखिइसक्दा पनि यसमा स्वास्थ्य मन्त्रालयको पर्याप्त नजर पर्न सकेको छैन । मानिसहरुको आवत–जावतलाई व्यवस्थित बनाउनुपर्ने गृहलगायत सरोकारावाला मन्त्रालयले पनि कोरोना संक्रमणको जोखिमबारे उचित ध्यान दिएको देखिँदैन । काठमाडौंभित्रैका दुईवटा […]
नागरिक रैबार बाजुरा १४ साउन जिल्लाको बुढिगंगा नगरपालिका वडा न १ अम्कोटमा गएको पहिरोमा परि १ जना बेपत्ता भएका छन् । पहिरोमा परि बेपत्ता हुनेमा सोही नगरपालिका वडा न १ अम्कोटका २१ वर्षिया धर्मराज पाध्याय रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दानबहादुर रोकायाले बताएका छन् । पहिरोमै परेर बाख्रा चराउन गएका अन्य २ जना […]
१३ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का १५२ केन्द्रीय सदस्यले केन्द्रीय कमिटी बैठक गर्दै पार्टी कार्यालयमा लिखित पत्र दर्ता गरेका छन् । एक महिनाभन्दा लामो समयदेखि जारी स्थायी कमिटी बैठक कुनै निष्कर्षमा पुग्न नसकिरहेका बेला केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटी बैठक माग गरेका हुन् । पार्टीभित्रको विवादले आफूअरुलाई चिन्तित बनाएको भन्दै अध्यक्षद्वयलाई सम्बोधन गरिएको […]
नागरिक रैबार साउन १४ बाजुरा नेपाल रेडक्रस सोसाइटी बाजुरा शाखाले २०७४ सालबाट संचालनमा ल्याएको ब्लड बैंक नाममात्रको रहेको पाईएको छ । अझभन्दा कागची रिर्पोटिंगका हिसावले जिल्लादेखि केन्द्रसम्म तालुक निकायमा उक्त ब्लड बैंक संचालनमा आईरहेको देखाई रहेको पाईएको छ । तर उक्त ब्लड बैंक हाल संचालन छैन् । विगतमा तत्कालिन जिविस बाजुराले सांसद विकास कोष मार्फत […]
श्रावण १४ काठमाडौँ । शीर्ष नेताहरूबीचको झगडाले चरम रूप लिएपछि सत्तारूढ नेकपामा धाँजा फाटेको छ । एकअर्काप्रति असन्तुष्टि जनाएर गुट–उपगुटको भेला गर्दै आएका नेताहरूबीच मंगलबार स्पष्ट कित्ताकाट देखिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमै बोलाइएको स्थायी कमिटीको बैठक अध्यक्ष केपी शर्मा ओलीले एकलौटी स्थगित गरिदिए । त्यसपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपालनिकट स्थायी कमिटीका बहुमत […]
धनगढीः कञ्चनपुरमा सहमतीमै बनाईएको अश्लिल भिडियो बाहिरिएपछि बलात्कार आरोपमा प्रेमी पक्राउ परेका छन्। जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ५ मा अश्लिल भिडियो बाहिरिएपछि बलात्कार मुद्दामा प्रेमी पक्राउ परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले जबरजस्तीकरणी मुद्दामा २० वर्षीय युवक मोहनराज भट्टलाई पक्राउ गरिएको बताए। उनले विगत केही महिनादेखि प्रेम सम्बन्धमा […]
धनगढी : कर्णाली नदीमा पानीको वहाव अत्यधिक बढेपछि तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरिएको छ। कर्णाली नदीमा पानीको वहाव १०.१० मिटरमा पुगेको ईलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरिक्षक दिर्घवहादुर बोगटीले बताए। उनले तटीय क्षेत्रका वासिन्दालाई सतर्क रहन आग्रह गरिएको जानकारी दिए। उनले टीकापुर क्षेत्रमा समेत सतर्कता अपनाउन आग्रह गरिएको बताए। कर्णालीमा १० मिटर भन्दा माथि पानीको सतह […]