होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर २८, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • कर्णाली नदीमा खतराको संकेत
देश/प्रदेश

कर्णाली नदीमा खतराको संकेत

  • नागरिक रैबार
कर्णाली नदीमा खतराको संकेत

धनगढी : कर्णाली नदीमा पानीको वहाव अत्यधिक बढेपछि तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरिएको छ। कर्णाली नदीमा पानीको वहाव १०.१० मिटरमा पुगेको ईलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरिक्षक दिर्घवहादुर बोगटीले बताए।

उनले तटीय क्षेत्रका वासिन्दालाई सतर्क रहन आग्रह गरिएको जानकारी दिए। उनले टीकापुर क्षेत्रमा समेत सतर्कता अपनाउन आग्रह गरिएको बताए। कर्णालीमा १० मिटर भन्दा माथि पानीको सतह आएमा खतरा मानिन्छ।

९ देखि १० मिटर पानीको सतह भए सतर्कता अपनाउन तटिय क्षेत्रका वासिन्दालाई आग्रह गर्ने गरिएको छ। कर्णालीमा पानीको सतह बढेमा कैलालीकै टीकापुर र बर्दियातिर बाढी हुने सम्भावना हुन्छ।

तटीय क्षेत्रमा सुरक्षित रहन आग्रह गरिएको र बाढी पस्ने सम्भावित क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्दार टोली तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार