होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘नेपाल–भारतबीचको सम्बन्धमा उतारचढाव आउँदा त्यसमा चीनलाई तान्ने प्रयास हुन्छ’
समाचार

‘नेपाल–भारतबीचको सम्बन्धमा उतारचढाव आउँदा त्यसमा चीनलाई तान्ने प्रयास हुन्छ’

  • नागरिक रैबार
‘नेपाल–भारतबीचको सम्बन्धमा उतारचढाव आउँदा त्यसमा चीनलाई तान्ने प्रयास हुन्छ’

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल एउटा स्वतन्त्र मुलुक रहेको र कुनै पनि मुलुकले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु नहुने बताएकी छिन् । पछिल्लो समय नेपालको आन्तरिक मामिलामा चीनको हस्तक्षेप बढेको आरोप लागिरहँदा उनले मुलुकबीच विकास र द्विपक्षीय सहयोगबारे विचार आदानप्रदान हुनु भनेको एउटा सामान्य कूटनीतिक कार्य भएको र सामान्य भेटघाट एवं फोन संवादलाई पनि आन्तरिक मामिलामा हस्तक्षेपका रूपमा लिने नहुने जिकिर गरेकी हुन् ।

नयाँ पत्रिकाका लागि नरेश ज्ञवालीसँगको अन्तरवार्तामा उनले भनेकी छन्, ‘नेपालको छिमेकी मित्रका रूपमा हामी नेपालले स्थायित्व र एकता कायम राखेको हेर्न चाहन्छौँ । जुन राष्ट्रिय विकासको पूर्वसर्त हो । नेपाले सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा अघि सरेको छ र आफ्नो सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सुरक्षा गर्न कटिबद्ध छ । हामी नेपालको प्रयासको सम्मान र समर्थन गर्छौँ ।’

उनले कालापानीको मुद्दा नेपाल र भारतबीचको विषय भएको पनि स्पष्ट पारिन् । ‘हामीलाई आशा छ, दुई मुलुकले आफ्ना असहमति मित्रवत् छलफलमार्फत ठीकसँग सुल्झाउनेछन् । र, परिस्थितिलाई जटिल बनाउन सक्ने कुनै पनि एकपक्षीय कारबाहीबाट जोगिनेछन् भन्नेमा हाम्रो विश्वास छ,’ उनको भनाइ छ ।

विज्ञापन

उनले नेपाल र भारतबीचको विवादमा चीनलाई अनावश्यक ढंगले मुछ्ने प्रयास भइरहेको पनि जिकिर गरिन् । ‘मैले के नोटिस गरेकी छु भने जब–जब नेपाल–भारतबीचको सम्बन्धमा उतारचढाव आउँछ, त्यसमा चीनलाई तान्न केही शक्तिले प्रयास गरिरहेका हुन्छन् । उनीहरू हुँदै नभएका विषय रचना गरेर अफवाह फैलाउन थाल्छन् । यसले हामीलाई एकदमै अलमल पार्ने गरेको छ । यी हर्कतले चीन–नेपाल मित्रताको समग्र स्थितिलाई खलल पुर्याउनेछैन भन्नेमा म विश्वस्त छु,’ उनले भनिन् ।

नेपाल र चीनबीच हस्ताक्षर भएदेखि नेपाल आधिकारिक रूपले नै बिआरआईको एउटा महत्वपूर्ण सहभागी बनिसकेको स्पष्ट पारिन् । त्यस्तै, एमसिसीको कुरा त्यो नितान्त नेपाल र अमेरिकाबीचको विषय भएको बताउँदै उनले म बिआरआईलाई एमसिसीसँग तुलना गर्न नचाहेको बताइन् । ‘क्षेत्रीय शान्ति र स्थायित्वका लागि नेपालले आफ्नो राष्ट्रिय हितका आधारअनुरूपको छनोट गर्नेमा हामीलाई विश्वास छ,’ उनको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार