होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
जीवन कैला। बाजुराको बुढीनन्दा नगरपालिकाले हिजो बजार अनुगमन गरेको छ । नगरपालिकाले बजारमा विक्रि वितरण भैरहेका खाद्य वस्तुको गुणस्तरीयता र दैनिक उपलब्ध हुने खाद्य वस्तुको प्रभावकारीता लगायतका विषयमा बजार अनुगमन गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर वुढाको संयोजकत्वमा गएको बजार अनुगमन टोलीले बजारमा दैनिक विक्रि वितरण भैरहेका खाद्य वस्तुको गुणस्तर, मुल्यमा एकरुपता कामय […]
काठमाडौँ — संसद् विघटनपछि त्यसको राजनीतिक, संवैधानिक र कानुनी प्रतिवादमा उत्रेको नेकपाको दाहाल–नेपाल समूहले निकै कोसिसका बाबजुद पनि तीन मुद्दामा समर्थन जुटाउन असफल भएको छ । प्रतिनिधिसभा विघटनको दुई महिना बित्दा पनि दाहाल–नेपाल समूह संयुक्त आन्दोलन, अन्तर्राष्ट्रिय समर्थन र वैधानिकताको लडाइँको मोर्चामा कमजोर देखिएको छ । यद्यपि वैधानिकताको विषय निर्वाचन आयोगले टुंग्याउन बाँकी छ । […]
काठमाडौँ- नेकपाको दाहाल-नेपाल समूहले चौथो चरणको आन्दोलन अन्तर्गत आज मानव साङ्लोले टुँडिखेल घेर्दैछ ।प्रधानमन्त्री ओलीलाई सांकेतिकरूपमा दबाब दिन मानव साङ्लो बनाएर टुँडिखेल घेर्न लागिएको दाहाल-नेपाल समूहका स्थायी कमिटी सदस्य वेदुराम भुसालले जानकारी दिए । अपराह्न ४ देखि ५ बजेसम्मको यो कार्यक्रममा १० हजार हाराहारी कार्यकर्ता सहभागी हुने भुसालले जानकारी दिए ।‘सो समयमा हामीले अरू केही […]
काठमाडौँ– विसं २००७ फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रत्येक वर्ष मनाइने राष्ट्रिय प्रजातन्त्र दिवस आजदेखि तीन दिनसम्म देशभर विविध कार्यक्रम आयोजना गरी मनाइने भएको छ । यस अवसरमा राज्यभर र विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा समेत हर्षोल्लासपूर्वक भव्यतासाथ राष्ट्रिय दिवसका रुपमा मनाउन लागिएको छ […]
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद छिलुंग्याउन निर्वाचन आयोगलाई ‘सकस’ परेको छ । निर्वाचन आयोगमा नेकपा ओली समूह र प्रचण्ड–माधव दुवै पक्षले आधिकारिकता दावी गरेपछि आयोग सकसमा परेको हो । सरकारले निर्वाचन घोषणा गरिसकेको र निर्वाचन प्रक्रिया तीव्र पार्न दवाव दिइरहेको अवस्थामा आयोगले दल विवादबारे निर्णय गर्न नसक्दा आयोगको आलोचना समेत […]
मौसम पूर्वानुमान महाशाखाले प्रदेश १, गण्डकी तथा सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको जनाएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । त्यस्तै तराईका केही भागमा बिहानीपख हुस्सु÷कुहिरो लाग्ने हुँदा तापक्रममा सामान्य गिरावट आउनसक्ने महाशाखाले जानकारी दिएको छ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको उल्लेख […]
नागरिक रैबार बाजुरा ३ फागुन नेपाली कांग्रेस बाजुराका सभापति कविराज पंण्डितले प्रधानमन्त्री केपी शर्मा अाेलीले प्रतिनिधि सभा विघटन गरेर संविधानकाे खिल्ली उडाएकाे अाराेप लगाएका छन् । प्रतिनिधि सभा विघटनका विरूद्व साेमबार नेपाली काँग्रेस बाजुराले अायाेजना गरेकाे विराेध सभालाई सम्बाेधन गर्दै सभापति पण्डितले प्रधानमन्त्रीले अाेलीले प्रतिनिधि सभा भङ्ग गरेर संविधानकाे खिल्ली उडाएकाे अाराेप लगाएका हुन् । […]
नागरिक रैबार/बाजुरा ३ फागुन। प्रधानमन्त्री केपी शर्मा अाेलीले गरेकाे प्रतिनिधिसभा विघटनका विरूद्ध नेपाली कांग्रेस बाजुराले आज सदरमुकाम मार्तडीमा प्रदर्शन गरेकाे छ । प्रतिनिधिसभा विघटन गरिएको एक सातापछि पुस १३ गते बाट आन्दोलित रहेकाे कांग्रेसले देशका ७७ वटै जिल्लामा अाज एकैसाथ विरोध प्रदर्शन गरेकाे हाे । बाजुरा सदरमुकाम मार्तडीमा गरेकाे विराेध प्रदशर्नमा नेपाली कांग्रेस बाजुराका सभापति […]
काठमाडौँ- प्रतिनिधिसभा विघटनविरूद्ध नेपाली कांग्रेसले आज पनि देशभर प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटन गरिएको एक सातापछि पुस १३ बाट आन्दोलित कांग्रेसले आज जिल्ला कार्यसमितिहरुको आयोजनामा देशका ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्दैछ । संसद विघटनलाई असंवैधानिक कदम भन्दै आएको कांग्रेसले सर्वोच्च अदालतको फैसला नआइन्जेल आन्दोलनलाई औपचारिकताको रूपमा मात्रै अघि बढाउँदै आएको छ । कांग्रेसभित्र चुनावमा […]
प्रधानमन्त्री केपी ओलीले आज पत्रकार सम्मेलन गर्दैछन् । सरकार गठन भएको तीन वर्ष पूरा भएको अवसरमा सरकारका उपलब्धिका सम्बन्धमा जानकारी दिन प्रधानमन्त्री ओलीले प्रेस ब्रिफिङको आयोजना गरेका हुन् । ओलीले आजै पुनर्निर्माणको काम पूरा भएको सिंहदरबारको पूर्व, उत्तर र दक्षिणी भागको उद्घाटन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीले आज ११ […]
नागरिक रैबार/बाजुरा ३ फागुन। बाजुरामा भारी वर्षा भएको छ । आईतबार साँझबाट सुरु भएको वर्षा साेमबार पनि जारी छ । हिजाे आईतबार विहानै देखि अग्ला ठाउँमा बादल लागेसंगै जाडो बढीरहेको भएपनि सदरमुकाम मार्तडीमा भने हिजाे साँझबाट वर्षा सूरु भएको हो । अविरल वर्षा सूरु भएसंगै उच्च भागमा हिमपात हुने सम्भावना बढेको छ । वर्षा सूरु […]
नागरिक रैबार /बाजुरा २ फागुन। मार्तडी-कोल्टी सम्मको ४२ किलोमिटर सडक १८ बर्ष देखी निर्माण कार्य शुरु भएको थियो । यस बर्ष प्रदेश सरकारले ठुलो मात्रामा रकम बिनियोजना गरेका कारण निर्माण शुरु भएको सडक चाँडा सम्पन्न गर्न प्रदेश सांसद बल्देब रेग्मीले निर्देशन गरेका छन्। उक्त सडक प्रदेश सरकारको प्रमुख प्राथमिकताको सडक भएको र बाजुरा लगाएत तिन […]
२ फागुन, काठमाडौं । आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे, नेपासहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदैछ । हरेक वर्ष १४ फेब्रुअरीका दिन प्रेमीप्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी प्रणय दिवस मनाउने गरिन्छ । विशेषगरी युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने पर्वको रुपमा प्रणय दिवस मनाइन्छ । यस […]
नागरिक रैबार/बाजुरा १ फागुन।नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष तथा पत्रकार प्रकाश सिंहले सम्मानित बाफतको रकम जसको नाम बाट पाएका थिए उनकै परिवारलाइ हस्तान्तरण गरेका छन् । सिंहलाई नेपाल पत्रकार महासंघ शुदुुरपश्चिम प्रदेशको दोस्रो साधारण सभामा जेपी जोशी स्मृति पत्रकारीता पुुरस्कार २०७७ बाट सम्मानित गरिएको थियाे । सिंहले सम्मानित हुदां पाएकाे १२ हजार नगद पाएको रकम […]
१ फागुन, कञ्चनपुर । नगर विकास कोषले कञ्चनपुरको भीमदत्त नगरपालिकालाई देशभरमै उत्कृष्ट नगरपालिका छनोट गरेको छ । उत्कृष्ट छनोट भएको नगरपालिकालाई कोषले रु एक लाख नगद पुरुस्कार प्रदान गर्ने भएको छ । कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा नगद पुरस्कारसहित सम्मान प्रदान गर्ने कार्यक्रम बनाइएको छ । नगर प्रमुख सुरेन्द्र विष्टले नगरवासीको साथ र सहयोगबाट पुरस्कार पाउने […]
काठमाडौँ– कोरोना भाइरस विरुद्धको खोप अभियान जारी रहँदा अझै शिक्षक खोप लगाउने सूचीको प्राथमिकतामा परेका छैनन् । शिक्षकलाई कहिले खोप लगाउने भन्ने विषयमा कुनै निर्णय नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता समीर घिमिरेले बताए । उनले भने, ‘यसबारे मन्त्रालयले अहिले नै कुनै निर्णय गरेको छैन् । निर्णय गर्याे भने भनौंला ।’ पहिलो चरणमा स्वास्थ्य संस्थामा […]
ताप्लेजुङमा बच्चा जन्मिएपछि रगत नथामिएर ज्यान जोखिममा परेकी सुत्केरीको उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत होलिकोप्टरमार्फत ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–५ पेदाङकी ३५ वर्षीया शान्ता भट्टराई लिम्बूको हेलिकोप्टरबाट शनिबार उद्धार गरेर विराटनगर लगिएको हो । लिम्बूको अत्यधिक रक्तश्राव भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको सिरिजङ्घा–५ वडाध्यक्ष पूर्णसिंह लिम्बूले बताए । बच्चा जन्मने क्रममा बच्चाको हातमात्रै निस्किएर जटिलता […]
नागरिक रैबार/बाजुरा २९ माघ। साँफे- मार्तडी सडक खण्ड अन्तर्गत जडाङ्ग नदिमा जडान गरिएकाे बेलिब्रिज पुलकाे उद्धघाटन गरिएको छ । बेलिव्रिज पुलमा आजबाट नियमित यातायात संचालन हुने गरी एक औपचारिक कार्यक्रमका विच बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले रिवन काटेर उद्धघाटन गरेका हुन । गत साउन २५ गते राति […]
नागरिक रैबार/बाजुरा २९ माघ। बुढीगंगा नदिमा बेलिब्रिज निर्माण कार्य सम्पन्न भएकाे छ । साँफे मार्तडी सडक खण्ड अन्तर्गत पर्ने जडाङ्गमा लामाे समयकाे बेलिवृज बगाएकाे करिव ६ महिनापछि बुढीगंगा नदिमा बेलिब्रिज निर्माण कार्य सम्पन्न भएको हाे । वेलिवृज निर्माण कार्य सम्पन्न भएसंगै अाजबाट मार्तडीबाटै बससेवा सुरू हुने भएका छन् ।गत साउन २५ गते बुढीगंगा नदिमा अाएकाे […]
नागरिक रैबार/बाजुरा २८ माघ। नेपाल पत्रकार महासंघ बाजुरा शाखाकाे १५ अाैं साधारण सभा सम्पन्न भएकाे छ । पूर्ण प्रेश स्वतन्त्रता, हाम्राे प्रतिवद्वता भन्ने मुल नाराका साथ महासंघकाे १५ अाै साधारणसभा मार्तडीमा सम्पन्न भएकाे हाे । सभामा बाजुरा जिल्लाकाे कृषि क्षेत्रमा याेगदान गरेकाे भन्दै कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मिनप्रसाद जैशी र बाजुरामा स्वास्थ्य क्षेत्रमा […]