बिहिबार, असार १०, २०७८
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • लोकस्टार प्रतिष्पर्धी पविन्द्र सुनारको दोस्रो गीत सार्वजनिक (भिडियोसहित)
Breaking News

लोकस्टार प्रतिष्पर्धी पविन्द्र सुनारको दोस्रो गीत सार्वजनिक (भिडियोसहित)

  • नागरिक रैबार
लोकस्टार प्रतिष्पर्धी पविन्द्र सुनारको दोस्रो गीत सार्वजनिक (भिडियोसहित)

नागरिक रैबार/बाजुरा १७ जेठ। नेपाल लोकस्टारका टप ५ प्रतिस्पर्धी पविन्द्र सुनारको स्वरमा दोस्रो गित सार्वजनिक भएको छ । गीतमा पविन्द्र सुनारसंगै विशाखा शाही ठकुरीले स्वरमा साथ दिएकि छिन् ।

बाजुराको बुढीनन्दा नगरपालिकामा जन्मेका सुनारको सानै देखिको गायक बन्ने सपना थियो । उनले लोक स्टारमा आफ्नो गायकि क्षमतालाइ बलियो बनाउँदै टप ५ सम्म पुग्न सफल भएका थिए । उनले यस यघि चर्चित गायिका मेलिना राईसँगै आफ्नो  स्वरमा पहिलो गित ‘दिन्छौकी मायाले’ बजारमा ल्याइसकेका छन् ।

 सुनार र शाहीको स्वरमा ‘एक्लै पारी गयौनि’ नामको गीतको भिडियो सोमबार विहान मात्रै सार्वजनिक भएको छ ।चर्चित सिंगिङ रियालीटी सो नेपाल लोकस्टारको सिजन वानमा गायक पविन्द्र टप ५ मा पर्न सफल भएका थिए । लामो  समय देखि गितको तयारीमै रहेका पविन्द्रको स्वरमा बजारमा आएको यो दोस्रो गित हो ।

विज्ञापन

सर्जक राजेन्द्र शाह विपिको शव्दमा तयार भएको यस गितमा गायक तथा संगितकार विनोद बाजुरालीकोे एरेन्ज/लय र मिक्सिङ मास्टरिङ गरेका छन् । गितलाई मालश्री रेकर्डिङ स्टुडियोबाट रेकर्ड गरिएको हो ।

May be an image of 4 people, people standing and text that says 'SHUBHARAMBHA DIGITAL MUSIC PRESENTS T विनोद एकलै बाजुरालीको पारी गयो नि Ekpi Pepi guyau VOCAL PABINDRA SUNAR BISHAKHA SHAHI THAKURI MUSIC ARRANGE MIX MASTER BINOD BAJURAL LYRICS RAJENDRA SHAH BP RECORDIST GOBINDA PARAJULI CINEMAT GRAPHER DEVRAJ ACHARYA EDIT BIKASH GYAWALI AUDIO VIDEO SHUBHARAMBHA DIGITAL MUSIC, 9849141880'

देवराज आचार्यले छायाकंन गरेका छन् भने गितलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् । गीतको भिडियोको छायांकन मालश्री स्टुडियो भित्रै गरिएको छ । गितलाई आज (सोमबार) शुभारम्भ डिजिटल म्युजिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै