होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिममा प्रकाशबहादुर शाह मन्त्रीमा दोहरीए
समाचार

सुदूरपश्चिममा प्रकाशबहादुर शाह मन्त्रीमा दोहरीए

  • नागरिक रैबार
सुदूरपश्चिममा प्रकाशबहादुर शाह मन्त्रीमा दोहरीए

नागरिक रैबार/बाजुरा १४ जेठ। सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश बहादुर शाह दोस्रो पटक मन्त्री बनेका छन् ।

बाजुराको प्रदेश ख मा एमालेबाट निर्वाचित शाह दोस्रो पटक मन्त्री बनेका हुन् । उनले यस अघि सम्हाल्दै आएको आन्तरिक मामिला तथा कानुन मन्त्रीबाट शुक्रबार राजिनामा दिएपछि मन्त्रीमा दोहोरिएका शाहले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका हुन् । एमाले संसदीय दलका नेता समेत रहेका  शाह मन्त्रीमा दोहोरिएका  हुन् ।

यसअघि मन्त्री शाहले सम्हालेको आन्तरिक मामिलामा पूर्णा जोशी आएकी छन् भने दीर्घ सोडारीलाई भौतिक पूर्वाधार र लालबहादुर खड्कालाई जोशीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । माओवादी केन्द्रबाट मानबहादुर धामी पर्यटनमन्त्री बनेका छन् ।
आन्तरिक विवादमा परेको नेकपा एमालेले सुदूरपश्चिम सरकारमा सहभागी मन्त्रीहरु हेरफेर गरेको छ । सरकारमा सहभागी एमालेका तीनै मन्त्रीले राजीनामा दिए लगत्तै चार मन्त्री नियुक्त हुँदा संसदीय दलका नेता प्रकाशबहादुर शाह मन्त्री पदमा दोहोरिएका छन् ।नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पक्ष मात्र रहेको स्थायी कमिटीले प्रदेश सरकारलाई समर्थन फिर्ता लिन निर्देशन दिएपनि प्रदेशसभा संसदीय दलले समर्थन कायमै राख्ने निणर्य गरेको थियो ।

विज्ञापन

यसलाई लिएर विवाद भइरहेका बेला सरकारमा भएका तीन मन्त्रीले शुक्रबार दिउँसो राजीनामा दिएका थिए । आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले पनि राजीनामा दिएका हुन् । लगत्तै एमालेबाट चार र माओवादी केन्द्रबाट एक मन्त्री नियुक्त भएका छन् । नियुक्त भएका सवै मन्त्रीले आजै पद तथा गोपनीयताको सपथ ग्रहण समेत गरेका छन् ।

No description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार