होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाज
  • ताँप्रीसेराको बस्ती जोगाउन मन्त्री शाहद्धारा ५० लाख विनियोजन
समाज

ताँप्रीसेराको बस्ती जोगाउन मन्त्री शाहद्धारा ५० लाख विनियोजन

  • नागरिक रैबार
ताँप्रीसेराको बस्ती जोगाउन मन्त्री शाहद्धारा ५० लाख विनियोजन

नागरिक रैबार/बाजुरा १६ जेठ। जिल्लाको बुढीगंगा नगरपालिकाको १ र २ मा पर्ने ताँप्री सेराको मानवबस्ती र खेतियोग्य जमिन जोगाउन सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले ५० लाख बजेट विनियोजन गरेका छन् ।

मन्त्री शाहले ताँप्री सेराको मानवबस्ती र खेतियोग्य जमिनलाई मध्येनजर गरी आजकै मितिमा कार्यान्वयन हुने गरि उक्त स्थानमा तटबन्धन निर्माणका लागि ५० लाख बजेट बिनियोजन गरिएको मन्त्रीका स्वकीय सचिव जंग विकले बताएका छन् ।

साँफे मार्तडीसडक खण्ड अन्तरगत पर्ने घट्टे खोलामा गत वर्ष आएको बाढीले मोटरेवल पक्की पुलसहित, खेती योग्य जमिन बगाउनुका साथै बस्ती समेत जोखिममा परेको थियो ।

विज्ञापन

बाढीले बगाएको सो बस्ती सहित बुढीगंगा नदिमा आएको बाढीले जडाङ्गामा रहेको बेलिव्रिज पुल, ५ वटा झुलङ्गे पुल बगाएको थियो । त्यस्तै बाढीले घाघर, पानीनाउला, जडाङ्गा, ओलेना, तिपाडा, भौनेर, रापक, अजयटुट्की, लगायतका ठाउँहरुमा क्षती भएपछि पुर्व गृहमन्त्री रामबहादुर थापा बादलसहितको टोलीले संयुक्त अनुगमन गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार