होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिम : एमालेका मन्त्रीले २४ घण्टामा बुझाएनन् स्पष्टीकरण, अब के गर्छन् थापा ?
समाचार

सुदूरपश्चिम : एमालेका मन्त्रीले २४ घण्टामा बुझाएनन् स्पष्टीकरण, अब के गर्छन् थापा ?

  • नागरिक रैबार
सुदूरपश्चिम : एमालेका मन्त्रीले २४ घण्टामा बुझाएनन् स्पष्टीकरण, अब के गर्छन् थापा ?

सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा (एमाले) का तर्फबाट सहभागी ६ जना मन्त्रीले अझै स्पष्टीकरण बुझाएका छैनन् ।पार्टीको स्थायी कमिटीको निर्णयविपरीत प्रदेश सरकारमा सहभागी भएको भन्दै उनीहरूलाई २४ घण्टे अल्टिमेटम दिँदै एमाले प्रदेश कमिटीले शनिबार स्पष्टीकरण सोधेको थियो ।शुक्रबार मन्त्री भएका ६ जनालाई नै स्पष्टीकरण पेश गर्न भनिएकोमा कसैले पनि स्पष्टीकरण बुझाएका छैनन् ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापाले उनीहरूले अहिलेसम्म पनि स्पष्टीकरण नबुझाएको बताए । स्पष्टीकरण नदिनेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही हुन सक्ने बताए ।एमालेको स्थायी कमिटीको बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर, बुधबार बसेको प्रदेश संसदीय दलको बैठकले भने समर्थन फिर्ता नलिने निर्णय गरेको थियो ।

शुक्रबार सरकारमा रहेका एमालेका ३ जना मन्त्रीले राजीनामा दिएका थिए । आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले राजीनामा दिएका थिए ।शुक्रबार नै ७ जना मन्त्री नियुक्त भएका थिए । आर्थिक मामिला तथा योजना मन्त्रीमा प्रकाशबहादुर शाह दोहोरिँदा भौतिक पूर्वाधार विकासमन्त्रीमा दीर्घबहादुर सोडारी, आन्तरिक मामिला तथा कानून मन्त्रीमा पूर्णा जोशी र सामाजिक विकासमन्त्रीमा लालबहादुर खड्का नियुक्त भएका थिए ।

विज्ञापन

एमालेकै चुनकुमारी चौधरीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री, मनाकुमारी साउँदलाई सामाजिक विकास राज्यमन्त्री र अर्चना गहतराजलाई आर्थिक मामिला राज्यमन्त्रीमा नियुक्त गरिएको थियो ।पार्टीको सचेतकमा नियुक्त गरिएकी दुर्गाकुमारी कामीले पनि स्पष्टीकरण नबुझाएको एमालेले जनाएको छ । यसअघि नै कारबाहीका लागि सिफारिसमा परेका आर्थिक योजनामन्त्री शाहबाहेकका ६ जना मन्त्रीसँग एमालेले स्पष्टीकरण मागेको थियो । सिलापत्रबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार