होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • त्रिवेणीमा कोभिड-१९ अस्थायी अस्पताल संचालन
समाचार

त्रिवेणीमा कोभिड-१९ अस्थायी अस्पताल संचालन

नगरबासीको गुणस्तरीय स्वास्थ्य सेवामा प्रतिबद्ध छौंः नगरप्रमुख रावल

  • नागरिक रैबार
त्रिवेणीमा कोभिड-१९ अस्थायी अस्पताल संचालन

नागरिक रैबार/बाजुरा १६ जेठ । जिल्लाको त्रिवेणी नगरपालिकाले कोभिड-१९ अस्थायी अस्पताल संचालनमा ल्याएको छ । नगरापलिकाले कोरोना महामारी सङ्ग लडन, सर्वसाधारण लाई गुणस्तरीय स्वास्थ्य सेवा प्रबाह गर्ने उद्देश्यले नगरपालिकाको मुख्य केन्द्र टुडेगडा तोलिमा अस्थायी कोभिड अस्पताल संचालनमा ल्याएको हो ।

अस्पतालको एक औपचारिक कार्यक्रमका विच नगरप्रमुख रामसिंह रावलले उद्धघाटन् गरेका हुन् ।अस्थायी कोभिड अस्पतालको उद्धघाटन् गर्दै नगरप्रमुख रावलले नगरबासीको गुणस्तरीय स्वास्थ्य सेवामा प्रतिबद्ध भएर लागिरहेको बताएका छन् । नगरपालिका कोभिडको नियन्त्रण र रोकथामका लागि निरन्तर लागिरहेको नगरप्रमुख रावलले कार्यक्रममा जानकारी गराएका थिए ।

आजबाट संचालनमा ल्याईएको अस्थायि कोभिड अस्पतालमा मेडिकल अफिसर सबिना श्रेष्ठ लगायत पारामेडिकलद्वारा सेवा सुचारु भएको छ । उदघाटन कार्यक्रममा त्रिबेणि नगपालिकाका उपप्रमुख राधिका सुनार, सम्पुणर् वडाका वडा अध्यक्ष ,प्रमुख प्रसासकिय अधिकृत,कार्यपालिका सदस्य, नगरपालिकाका कर्मचारी ,स्थानीय राजनीतिक दलका प्रतिनिधि ,सरोकारवालाहरुको उपस्थिति रहेको विद्यार्थी  नेविसँघका नेता भरत बुढाले जानकारी दिएका छन् ।

विज्ञापन

अस्थायी कोभिड संचालनमा ल्याएपछि अस्पताललाई थप सुबिधा सम्पन्न बनाई कोरोना संक्रमणका बिरामी लाई औसधि उपचारमा राहत पुग्ने नगरपालिकाले विश्वास लिएको छ । यस अघि नगरपालिकाले कोरोना संक्रमणका बिरामीको जटिल अवस्था हुदाँ अन्य अस्पतालमा रिफरका लागि आपत्कालीन ऐम्वुलेन्स सेवा सन्चालन भैसकेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार