होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अबको केही दिन साउने झरी दर्कने जनाएको छ । महाशाखाले आकल झुकल घाम देखिने सम्भावना कायमै रहे पनि साउने झरी स्वरूप हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ । महाशाखाका अनुसार देशका पूर्व र पश्चिम भेगमा औसत झरीको अवस्था रहनेछ । कर्णाली र सुदूरपश्चिम भेगका केही स्थानमा भने […]
जिल्ला प्रशासन कार्यालय बाजुराले नदिको आसपासमा रहेका बस्तीलाई सर्तक रहन अनुरोध गरेकाे छ । जिल्ला प्रशासन कार्यालय बाजुराले जिल्लामा मनसुनका कारणले बाढी,पहिरो जाने गरेकाले बुढिगंगा नदि लगायतका नदीको आसपास र तटीय क्षेत्रमा नजान आग्रह गरेको हाे । बुधबार निमित्त प्रमुख जिल्ला अधिकारी समीर भण्डारीद्धारा हस्ताक्षरित सार्वजनिक सुचनामा नदीको छेउछाउ र पहिरो गएको ठाउँबाट सुरक्षित ठाउँमा […]
नेकपा माओवादी केन्द्रका पूर्वनेता टोपबहादुर रायमाझीले आफू नेकपा एमालेमा प्रवेश नगरेको दाबी गरेका छन् । बुधबार सर्वोच्च अदालतमा सांसद पद कायम राखिदिन भन्दै दायर गरेको रिटमा रायमाझीले आफू एमालेमा प्रवेश नगरेको दाबी गरेका हुन् । नेकपा माओवादी केन्द्र छाडी नेकपा एमालेको केपी ओली नेतृत्वमा जाने निर्णय गरेपछि माओवादी केन्द्रले रायमाझीलाई कारबाही गरेको थियो । सांसद […]
नागरिक रैबार/बाजुरा, १३ साउन। बाजुराको गौमुल गाउँपालिका वडा नम्बर-२ मा पहिरोले बुढिगंगा नदि थुनिन थालेपछि तटिय क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको छ। आज सांझसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। पहिरोका कारण नदि थुनिएको र पानीको बहाब पनि उच्च रहेका कारण उग्र रुप लिने देखिएकाले तटीय क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित […]
काठमाडौं । कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्याल गरेर यस पटक होमसेन्टरबाटै परीक्षा लिने तय भएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए । बुधबार संसदको शिक्षा तथा स्वास्थ समितिको बैठकमा बोल्दै सदस्य सचिव अर्यालले भने, “अर्को ठाउँमा जानु पर्दा यातायातको समस्या हुने, विद्यार्थीले […]
काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् तत्काल विस्तार गर्ने समझदारी भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तापक्षका शीर्ष नेताहरुको बैठकले तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय भएको काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए । ‘आजको बैठकबाट तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ’, बैठकपछि उनले रातोपाटीलाई भने, ‘अब धेरै समय कुर्नु पर्नेछैन ।’ यस्तै […]
मौसम पूर्वानुमान महाशाखाले बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाबाट जारी बुलेटिन अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । यस्तै राति […]
नेकपा एमालेको माधव नेपाल पक्षले आपसी भनाभन बन्द गरेर पार्टी एकतामा जोड दिने निर्णय गरेको छ । नेपाल पक्षको सोमबार बसेको स्थायी कमिटी बैठकले पार्टी एकतामा जोड दिने निर्णय गरेको हो । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालले अध्यक्षका रुपमा काम गर्नेगरी आगामी महाधिवेशनसम्म जाने प्रस्तावलाई एकताको आधार बनाउन सकिने बैठकमा छलफल […]
नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफूले सरकारीभन्दा राम्रो सेवा र सबैभन्दा कम शुल्कको अस्पताल बनाइरहेको दावी गरेका छन् । सोमबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै राज्यमन्त्री श्रेष्ठले मिडियामा उनले निजी चेन अस्पताल बनाएको समाचार प्रकाशन भएको विषयमा स्पष्टीकरण दिएका छन् । शिक्षा तथा स्वास्थ्य समितिको पूर्व सदस्य समेत रहेका श्रेष्ठले कोरोनाको दोश्रो वेभ […]
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) आधिकारिकता विवादबारे आज निर्णय लिने भएको छ । आयोगले आज ११ बजे पार्टीको आधिकारिकता टुंगो लगाउन केन्द्रीय कार्यकारिणी सदस्यको सनाखत गराउँदै छ । जसपामा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच देखिएको पार्टी आधिकारिकताको विवादलाई ‘हेड काउन्ट’ नीति लिएर आयोगले टुंग्याउन लागेको छ । सत्ता समीकरणमा एमाले […]
काठमाडौँ- मनसुन सक्रिय भएसँगै देशभरको मौसम बदली भएको छ ।अहिले देशभर सामान्यदेखि पूर्ण बदली भइ गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा अन्य प्रदेशहरुका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ भने सुदूरपश्चिम […]
काठमाडौँ — एमाले उपाध्यक्ष भीम रावलले विगतका गल्ती र कमीजोरीको समीक्षा गरेर कार्यदलले दिएको सुझाव अनुसार पार्टी गतिविधि अगाडि बढाउनुपर्ने बताएका छन् ।एमाले एकता अभियान सञ्चालन गरिरहेका एमालेका २७ जना सांसदहरुसँग छलफल गर्दै एमाले एकता कार्यदलका माधव नेपाल पक्षका संयोजकसमेत रहेका रावलले कार्यदलले दिएको १० बुँदै सहमति अनुसार अघि बढ्नुपर्ने बताएका हुन् । ‘हिजो […]
काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गर्नुभएको छ । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) को सचिवालयको प्रथम बैठकलाई आज आइतवार भर्चुअल सम्बोधन गर्नु हुँदै उहाँले यस्ताे आग्रह गर्नुभएको हो । उहाँले यसअघि पनि बाटो बिराएकालाई आममाफी दिने घोषणा गर्नुभएको थियो । ‘बाटो बिराएकालाई पनि फर्केर आउन आग्रह […]
नागरिक रैबार / ७ साउन बाजुरा । जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ८ थापाबाडाका स्थानीयहरुले नगरपालिकालाई ध्यानाकर्षण गराएका छन् ।थापाबाडाको भम्कीचौरदेखि खुलामंच सम्म निर्माण गरेको सडकका कारण थापाबाडाका बस्ती जोखिम्मा परेपछि नगरपालिकालाई स्थानीयहरुले ध्यानाकर्षण गराएका हुन् । बस्ती तल र माथिबाट पहिरो खस्न थालेपछि अहिले सो वडाका थापाबाडा, पुजारीबाडा, डाँडा र चैडील क्षेत्रका स्थानीयका सयौं […]
७ साउन, काठमाडौं । सरकार परिवर्तन भएसँगै निजी क्षेत्रको सक्रियता बढेको छ । हरेक दिनजसो निजी क्षेत्रका प्रतिनिधिले प्रधानमन्त्री, अर्थमन्त्रीसँग भेट्दै आफ्ना माग राखिरहेका छन् । निजी क्षेत्रले नयाँ सरकारसँग अनिवार्य खोपको माग गरिरहेको छ । प्रधानमन्त्री नियुक्त भएलगत्तै ३१ असारमा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मालाई भेट्यो । […]
मौसम पूर्वानुमान महाशाखाले बाग्मती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हुनाले पहाडी भूभागमा भूक्षय, पहिरो र गेग्रान बहावको जोखिम जनाएको छ । महाशाखाले भारी वर्षासँगै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले हाल देशभर सामान्यदेखि पूर्ण बदली रहि प्रदेश १, […]
साउन ६ धनगढीः नेकपा सुदूरपश्चिम कमिटीका अध्यक्ष नेता कर्णबहादुर थापाले भीम रावल आफूहरुतिर आए समस्या नहुने बताएका छन्। ‘भीम करमेड ठीक ठाउँमा उभिएपछि प्रेम आलेहरु गएर केही फरक पर्दैन’ उनले केन्द्रीय कमिटी बैठकमा भनेका छन्। नेतृत्वको वरिपरि रहेकाहरुले नेता र कार्यकर्तालाई जोड्ने काम नगरेको उनको गुनासो थियो। संसद्मा फ्लोर क्रस गर्ने २२ सांसदले स्पष्टीकरण सोधेको […]
सरकारबाट केपी ओली बाहिरिएसँगै एमालेभित्रको घर झगडा साम्य हुनुको साटो झन् विस्फोट भएको छ । कतिपय एमाले नेताहरूले सरकार ढलेपछि पार्टीमा एकता हुने सोचेका थिए । तर, सरकारबाट ओलीको बहिर्गमनसँगै एमालेको अन्तरविरोध घट्नुको साटो झन् बढेको छ । बालुवाटार छाडेर बालकोट पुगेपछि एमाले अध्यक्ष ओलीले अर्का नेता माधवकुमार नेपाललाई गद्दार घोषणा गर्दै माफी दिन नसकिने […]
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले यही साउन ३१ गतेदेखि सञ्चालन हुन लागेको कक्षा ११ को परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । गत जेठ २६ देखि नै सञ्चालन हुने तय भएको परीक्षा कोरोनाभाइरस महामारीका कारण रोकिएकोमा बोर्डले नयाँ मिति तय गरेर परीक्षा तालिका सार्वजनिक गरेको हो । जसअनुसार साउन ३१ देखि सुरु हुने […]
काठमाडौं । उपत्यकाका निजी तथा सामुदायिक विद्यालय, कलेजहरुले एसईईको नतिजा नआउँदै कक्षा ११ मा र १२ को परीक्षा नै नभइ स्नातक तहमा धमाधम भर्ना लिन शुरु गरेका छन् । परीक्षा बोर्डले एसईईको नतिजा साउन मसान्तभित्र १२ को परीक्षा साउन ३१ गतेदेखि हुने भएको छ । तर यता माध्यामिक तहसम्म सञ्चालन गरिरहेका विद्यालय एवं कक्षा ११ […]