होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ९ पुस। बाजुरा बडिमालिका नगरपालीकाले बुझायो नेपाल बिद्युत प्राविधिकरणका क्षेत्रिय निर्देशक जंग बहादुर चन्दलाई ध्यानाकर्षण पत्र बुझाएको छ । सदरमुकाम मार्तडीमा नियमित बिद्युत संचालन नभएकाले सुचारुका लागि बडिमालिका नगरपालिका नगरप्रमुखद्धारा सुदुरपश्चिम प्रदेश प्रादेशिक अतरिया कैलालीका कार्यालयका सुदुर पश्चिम प्रदेशका निर्देशक चन्दलाई ध्यानाकर्ष पत्र बुझाएको हो । बिद्युत अनियमितताका कारण बाजुरा बासी ,संघ संस्था […]
हिमाली जिल्ला हुम्लामा शनिबार बिहानैबाट हिमपात हुँदा जिल्लाको जनजीवन प्रभावित भएको छ । हुम्ला सदरमुकाम सिमकोटमा एक इन्चभन्दा बढी हिउँ जमिसकेको छ । जिल्लाको उत्तरी भेगमा नाम्खा गाउँपालिकामा भने सदरमुकाम सिमकोटभन्दा बढी तिन फिट जति हिउँ जमेको नाम्खा गाउँपालिका ३ का सुनाम छिरिङ लामाले बताएका छन् ।नाम्खा गाउँपालिकाको उच्च भेग यारी लिमी नारा न्यालु लेकमा […]
सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गरेको छ । शुक्रबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिएका हुन् । त्यस्तै सरकारले क्रिसमस डेको अवसरमा पुस १० गते सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ […]
नागरिक रैबार बाजुरा ९ पुस । बाजुरामा आजदेखि विद्यार्थीलाई विद्यालयमै कोरोनाविरुद्धको मोडर्ना खोप दिन थालिएको छ । बाह्र वर्षदेखि १७ वर्षमुनिका झण्डै २२ हजार बालबालिकामध्ये १६ हजार ८०६ जनाले मात्र खोप लगाउन पाउने भएका छन् । पाँच हजार ६०२ बालबालिका खोप लगाउनबाट वञ्चित हुने बताइएको छ । सरकारले मुलुकका विभिन्न जिल्लामा बालबालिकाका लागि खोप अभियान […]
नागरिक रैबार बाजुरा ८ पुस बडीमालिका नगरपालिकाकाे वडा नं ९ मा नेकपा एकीकृत समाजवादी पार्टीकाे वडा कमिटी गठन गरिएकाेे छ । विहिबार बडीमालिका ९ मा एकीकृत समाजवादी पार्टीकाे प्रथम वडा भेलाबाट धनसिंह चंदारा अध्यक्ष रहने गरि ४१ सदस्यीय वडा कमिटी गठन गरिएकाे हाे । त्यस्तै उपाध्यक्ष संगिता बिक नेपाली, लाेकेन्द्र हमाल, सचिव सुमन बिक नेपाली, […]
सुदूरपश्चिम प्रदेश सरकारले प्रथम पञ्चवर्षीय योजनाको संक्षिप्त अवधारणा पत्र स्वीकृत गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज बसेको मन्त्रिपरिषद्को बैठकमा पेस गरेको आर्थिक वर्ष २०७८/७९–२०८२/८३ को संक्षिप्त अवधारणा पत्रलाई स्वीकृत दिएको हो । प्रदेश योजना आयोगले तयार पारेको सो अवधारणापत्रले प्रदेशको समग्र विकासका लागि योजना बनाउन सहयोग पुग्ने प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला […]
नागरिक रैबार/बाजुरा ७ पुस। बाजुरा जिल्लामा पहिलो पटक पिसिआर ल्याब सेवा सञ्चालनमा आएको छ । जिल्ला अस्पताल बाजुराले कोभिड जाँचको लक्षित गर्दै पिसिआर ल्याब सञ्चालनमा ल्याएको हो । कोभिड जाँचका लागि यो भन्दा अगाडि धनगढी, डोटि लगायत जिल्ला बाहीर जानुपर्ने बाध्यता रहेको थियो । सेवा सञ्चालनमा ल्याएर ७७ जनाको स्वाब परिक्षण समेत गरिसकेको जिल्ला अस्पताल […]
सुदूरपश्चिममा पनि बालबालिकाहरुलाई कोरोना भाइरस विरुद्धको खोप लगाउने अभियान चलिरहेको छ। बालबालिकाहरु कोरोना संक्रमणको जोखिममा रहेको भन्दै १२ वर्षदेखि १७ वर्ष मुनिका बालबालिकाहरुलाई मोडर्ना खोप अभियान चलिरहेको हो। विद्यालयहरुलाई नै खोप केन्द्र मानेर खोप अभियान सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका स्वास्थ्य प्रमुख योगेश भट्टले बताए। उनले पहिलेभन्दा अहिले खोप प्रति अभिभावक तथा बालबालिकाहरु उत्साहित […]
बाजुरा -नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाजुराले पुस ११ गते जिल्ला कमिटीको पूर्ण बैठक बस्ने भएको छ । पार्टीको जिल्ला अधिवेशनको पूर्व तयारीका लागि बैठक बस्न लागेको एमाले बाजुराले जनाएकाे छ। नेकपा एमालेले देशभरकै ७७ जिल्लामा पुस २३ गते एकै दिन जिल्ला अधिवेशन गर्न मिति तय गरेको छ । एकसाथ वडा र पालिका अधिवेशनको मिति तय […]
काठमाडौँः अन्तरजातीय बिहे गरेका हुम्लाको सर्केगाड गाउँपालिका–१ जैरको नात्ता गाउँका एक सातादेखि बेपत्ता चन्द्रे कामी बुधबार बिहान भेटिएका छन् । जिल्ला प्रहरी कार्यालयको टोलीले बुधबार बिहान खार्पुनाथ गाउँपालिकाको याङ्चु भन्ने ठाउँमा उनलाई भेटेको हो । जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी प्रहरी निरीक्षक दानसिंह भण्डारीका अनुसार बाटोमा हिँडिरहेको अवस्थामा उनी भेटिएका हुन् । सूचना अधिकारी […]
सिरहा औरही गाउँपालिकामा राखिएको गहुँको बीउ त्यहाँका किसानले लुटेर लगेका छन् । औरही गाउँपालिकाको अस्पताल परिसरमा रहेको एक घरमा वितरणका लागि राखिएको गहुँको बीउ किसानहरू लुटेर लगेका हुन् । बीउका लागि लाइनमा लागे पनि समयमा वितरण नगरेको, कसैलाई धेरै, कसैलाई थोरै मल दिएको, प्रहरीबाट दमन गर्न लगाएको आरोप लगाउँदै किसानहरुले बीउ लुटेर लगेको औरही गाउँपालिकाका […]
हुम्लाको सर्केगाड गाउँपालिका–१, जैरको नात्ता गाउँका चन्द्रे कामी बेपत्ता भएका छन् । मुगुको सोरु गाउँपालिका–१ लिप्रु घर भएकी सुन्तली मल्लसँग विवाह गरेका चन्द्रेलाई बेहुली पक्षका परिवारले अपहरण गरेर बेपत्ता बनाएको बेहुला पक्षका परिवारको आरोप छ । पीडित परिवारका अनुसार मंसिर २९ मा मध्यराति केही युवाले चन्द्रे कामी लगायतलाई कुटपिट गरेका थिए । कुटपिट गरेर सुन्तलीलाई […]
नागरिक रैबार/बाजुरा ५ पुस। बाजुराका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी सहसचिवमा बढुवा भएका छन् । बढुवा समितिको सचिवालय सघिंय मामिला तथा सामान्य प्रशाशन मन्त्रालयको सिफारीसमा कामको मुल्याङकन तथा योग्यताका आधारमा प्रजिअ अधिकारीलाई बढुवा गरिएको सुचनामा उल्लेख गरिएको छ । २०७८ पौष ४ गतेको निणर्य अनुसार योग्यता पुगेका बाजुराका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी […]
धनगढी : नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट बद्री पाण्डे सहमहामन्त्रीमा निर्वाचित भएका छन्। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई पराजित गर्दै बाजुराका पाण्डे पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा निर्वाचित भएका हुन्। शेखर कोइराला समूहका पाण्डेले २४११ मत पाए भने सभापति शेरबहादुर देउवा प्यानलका शाहीले २१३३ मत ल्याए।
नागरिक रैबार/बाजुरा २ पुस। बाजुरा जिल्लाका मेहनति ३ जना कृषकलाई भिमदत्त उत्कृष्ट पुरस्कार वितरण गरिएको छ । कृषि ज्ञान केन्द्र बाजुराको समन्वयमा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय दिपायल डोटीले बाजुराका ३ जना कृषकलाई जनही २५ हजार नगद सहित भिमदत्त उत्कृष्ट कृषक पुरस्कार वितरण गरेको हो । बाजुरा जिल्लामा कृषि पेशालाई नै […]
नागरिक रैबार बाजुरा १ पुस । बाजुराको जगन्नाथ गाउँपालिकाले आजदेखि गाउँपालिकामै नागरिकता वितरण गर्न सूरू गरेकाे छ । जगन्नाथ गाउँपालिकाकाे आयोजना र जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वयमा आजबाट गाउँपालिकामा नागरिकता वितरण सूरू गरेकाे हाे । गाउँपालिका भित्रका वडा नं १ देखि ६ सम्मका नागरिकता लिन बाँकी अशक्त,अपाङ्ग,फरक क्षमता भएका,बृद्ध र बृद्धाहरुलाई आजबाट गाउँपालिकाकाे केन्द्र जुड्डीमा […]
नागरिक रैबार/बाजुरा २९ मंसिर। नेकपा माओवादी केन्द्र सुदूरपश्चि प्रदेश कमिटीको सदस्यमा माओवादी केन्द्र बाजुराका नेता मानबहादुर विक मनोनित भएका छन्। मंसिर २५ गतेबाट धनगढीमा सूरु भएको माओवादी केन्द्रको प्रथम प्रदेश सम्मेलनबाट बाजुराका नेता विक प्रदेश कमिटी सदस्यमा मनोनित भएका हुन् । माओवादी केन्द्रलाई बाजुरामा बलियो बनाउन लागि परेका नेता विक माओवादी केन्द्रका सचिवालय सदस्य समेत […]
नागरिक रैबार/बाजुरा २९ मंसिर।नेकपा माओवादी केन्द्र बाजुराको पार्टी कार्यालयमा चोरी भएको छ । जिल्ला प्रहरी कार्यालयको मुख्य गेट नजिकै कोटघरमा रहेको माओवादी केन्द्र बाजुराको पार्टी कार्यालयमा सोमवार राति चोरी भएको माओवादी केन्द्र बाजुराले जनाएको छ । पार्टी कार्यालयको ढोका फुटाएर कार्यालय भित्र रहेका कम्प्युटर १ थान,ल्यापटप १ ,फम, राउटर १ थान,थाली ३ थान र मल्टिपलक […]
काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले बालबालिकालाई विद्यालयमा नै पुगेर कोरोना भाइरसविरुद्धको खोप लगाइने बताएका छन् ।उनले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि विद्यालयमा नै खोप केन्द्र राखेर खोप लगाइने बताएका हुन् । उनका अनुसार यही पुस ४ गतेदेखि बालबालिकालाई खोप लगाइने छ । सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि […]
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बुधबार उपसभापति पदको मतगणना हुने भएको छ । पार्टी कार्यालय सानेपामा अपरान्ह ४ बजेपछि मतगणना हुने निर्वाचन समिति सदस्य सीताराम केसीले जानकारी दिए । उपसभापति पदको मतगणना सकिएपछि मात्र महामन्त्रीको गणना हुने उनले बताए । कांग्रेसमा सभापति पदको नतिजा भने आइसकेको छ । मंगलबार राति सार्वजनिक मत […]