होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा तथा मानवस्रोत विकास केन्द्रले विद्यालयले लिने कक्षा १० सम्मको सबै परीक्षाहरु २०७९ वैशाखमा मात्र सञ्चालन गर्न र वैशाखभित्र नै नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ ।मंगलबार जारी गरिएको सूचनाका अनुसार शैक्षिक सत्र २०७८ मा ओमिक्रोन (कोभिड १९) संक्रमणका कारण विद्यालयको दैनिक सिकाइ क्रियाकलापमा असर परेकोले शैक्षिक सत्र २०७८ […]
नागरिक रैबार/बाजुरा ३० फागुन। बढिगंगा नगरपालिका १ नम्मर वडाका स्थानिय बासीहरु बस्तीविस्तारको माग गर्दै जिल्ला प्रशासन कार्यालय बाजुरा पुगेका छन् । जिल्लाको साँफे मार्तडी सडक खण्ड अन्तरगतको अम्कोटको पहिरोले गर्दा अम्कोट बासीहरुको उठिबास भएको वर्षौ वित्दा पनि जिल्ला प्रशासन कार्यालयले चासो नदेखाएपछि अम्कोट बासी प्रशासनमा आउन बाध्य भएको अम्कोटका स्थानीय लक्ष्मी पाध्यायले बताएका छन् । […]
स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ मा गर्ने घोषणा भई सकेको छ । उम्मेदवार को बन्ने ? कस्तो बन्ने ? भन्ने बिषयमा चोकचोकमा कुराहरु चलिरहेका छन् भने सबै पार्टीले स्थानीय तहहरुमा प्रचार प्रसारका गतिविधि बढाईरहेका छन् । स्थानीय तह निर्वाचन ऐन अनुसार उम्मेदवारी दर्ता गर्ने दिनसम्म २१ वर्ष उमेर पूरा भएको नेपाली नागरिक, सम्बन्धित वडाको मतदाता नामावलीमा […]
नागरिक रैबार/बाजुरा ३० फागुन। बाजुरामा एकल महिलालाई बलत्कार गरी फरार रहेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको जगन्नाथ गाउँपालिका वडा नं. ५ का नेत्र भन्ने नबराज शाही रहेका छन् । शाहीले २०७४ साल पुस ९ गते राति गाउँकै एक पिडित एकल महिलालाई कोही नभएको मौका छोपी बलत्कार गरेर फरार भएका थिए […]
स्थानीय तहको निर्वाचन गराउन १ लाख म्यादी प्रहरी भर्ना गर्न अर्थ मन्त्रालयले स्वीकृति दिएको छ । प्रहरी प्रधान कार्यालयले १ लाख १८ हजार म्यादी चाहिने प्रस्ताव गरेको थियो । तर, अर्थ मन्त्रालयले १ लाखका लागि मात्र आवश्यक बजेट निकासा दिन सहमति दिएको हो । २०७९ वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा सरकारले ४० दिनका लागी […]
नागरिक रैबार/बाजुरा ३० फागुन। नेपाल उत्पीडित जातीय मुक्ती समाज बाजुराको अध्यक्षमा शंकर चंदारा चयन भएका छन् । नेकपा एमाले निकट वग्रिय संगठन नेपाल जातीय मुक्ती समाज बाजुराको आईतबार सदरमुकाम मार्तडीमा भएको चौथो जिल्ला सम्मेलनबाट शंकर चंदारा अध्यक्ष रहने गरी ५१ सदस्यीय कमिटी गठन गरिएको छ । जसमा उपाध्यक्ष पारुदेवी पारु बिक, सचिव गाैरी सार्की, काेषाध्यक्ष […]
नागरिक रैबार/बाजुरा २९ फागुन। नेपाली काँग्रेस बाजुराको चुनावी अभियानको सुभारम्भ मार्तडीबाट सूरु गरिएको छ ।घरघर जाऔं, काँग्रेसलाई जिताऔं भन्ने मुल नाराका साथ नेपाली काँग्रेस बाजुराले चुनावी अभियानको सुभारम्भ मार्तडीबाट सूरु गरेको हो । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि चुनावी अभिायनको शुभारम्भ बडीमालिका नगरपालिकाको मार्तडीबाट गरिएको काँग्रेस बाजुराले जनाएको छ । नेपाली […]
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावमा गठबन्धन भन्दा पनि आफ्नै तागत बढाउन कार्यकर्तालाई निर्देशन दिएका छन् । आइतबार विराटनगरको होटल मनास्लुमा आयोजित प्रदेश १ स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले गठबन्धन भन्दा आफ्नै तागत बढाउन कार्यकर्तालाई निर्देशन दिएका हुन् । उनले आगामी स्थानीय तहको चुनाव पार्टीका लागि ठूलो ब्याटल भएको बताए […]
काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपालसहितका १४ सांसदलाई गरेको कारबाहीसम्बन्धी मुद्दमा चैत २० गतेदेखि पूर्ण सुनुवाइ हुने भएको छ । आइतबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको इजलासले लिखित जवाफ परिसकेको र मुद्दामा उठाइएका संवैधानिक र कानुनी प्रश्नको निरुपण छिटो छरितो रुपमा हुनु मनासिव देखिएको भन्दै चैत २० गते पेशी तोकी पूर्ण सुनुवाइ गर्ने आदेश […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीबारे पार्टीमा चुनावपछि थप छलफल हुने बताएका छन् । उनले व्याख्यात्मक घोषणासहितको एमसीसी उचित सम्मानसहित कार्यान्वयनमा नगए पार्टी आन्दोलनमा जाने चेतावनीसमेत दिए । एमसीसीबारे पार्टीभित्र विवाद भएको स्वीकार गर्दै यो विषयलाई हाल एक अपीलमार्फत एउटै भाषा बनाउने र चुनावपछि छलफल हुने धारणा राखे । पार्टीको प्रदेशस्तरीय १ स्तरीय भेला तथा […]
नागरिक रैबार/बाजुरा २८ फागुन । जिल्लाको सदुरमुकाम मार्तडी गुउडा डिल नजिकैको रोडमा ट्याक्टरले डक्कर एक महिला गम्भिर घाइते भएकि छन्। घाइते हुनेमा बडिमालिका–८ की अन्दाजी ३६ वर्षीय परु ऐडि रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरी कार्यालय बाजुराका अनुसार ट्याक्टर चालक प्रकाश विकलाई नियन्त्रण लिएको छ । घाइते महिलाको खुट्टामा गम्भिर चोट लागेको […]
नागरिक रैबार/बाजुरा २७ फागुन । बाजुराको जगन्नाथ गाउँपालिका ४ थारिकाडा बस्ने २२ बर्षिय मिना खत्री आर्थिक अभाबमा रोग पालिरहेकि छन् । २ बर्ष पहिला गंगालाल हृदय निवारण केन्द्रले मुटुको अप्रेशन गर्नुपर्ने बताएको भएपनि पैसा नहुदा मिना मृत्युलाइ कुरिरहेकी छन् । अस्पताले अप्रेसन नगर्दा सम्मका लागि खाने औषधि दिएको भएपनि पैसा नहुदा खाने औषधि छुटेको एक […]
नागरिक रैबार/बाजुरा २६ फागुन । नेपाली काँग्रेसका सह-महामन्त्री बद्रीप्रसाद पाण्डे गृह जिल्ला बाजुरामा आउने भएका छन् ।“घर घर जाँउ काँग्रेस जिताउ” भन्ने अभियान सहित सदरमुकाम मार्तडीमा यही फागुन २९ गते हुने चुनावी सभालाई सम्बोधन गर्न सह-महामन्त्री पाण्डे गृह जिल्लामा आउने कार्यक्रम रहेको उनका स्वकीय सचिव ताल बहादुर रावतले जानकारी दिएका छन् । उनका अनुसार फागुन […]
नागरिक रैबार/बाजुरा २६ फागुन। ११२ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा क्रियटर जोन एकेडेमी प्रालिले मार्तडीमा आयोजना गरेको महिला खुला भलिवल प्रतियोगितामा मालिका मावि प्रथम भएको छ । “सामाजिक न्याय र लैंगिक समानता, दिगो विकासको सुनिश्चितता“ भन्ने मुल नाराका साथ ११२औं अन्तरास्ट्रिय नारी दिवसको अवसरमा खुल्ला महिला भलिबल प्रतियोगितामा आयोजक क्रियटर जोन एकेडेमीसंग उत्कृष्ट खेल प्रर्दशन […]
निर्वाचन आयोगले आगामी स्थानीय तहको चुनावमा मतपत्रमा हरियो रङको चिन्ह बनाउने निर्णयको बचाउ गरेको छ । बिहीबार आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले चुनाव चिन्ह कस्तो बनाउने भन्ने कुरा आयोगको क्षेत्राधिकारको विषय भएको बताए । उनले प्राविधिक कारणले यस्तो निर्णय गरेको बताउँदै २०७४ सालको चुनावमा प्रयोग भएको रङ निलो रहेको र […]
नागरिक रैबार/बाजुरा २६ फागुन। जिल्लाको बुढीनन्दा नगरपालिकाका ३० जना जेष्ठ नागरिकलाई न्यानो लुगा वितरण गरिएको छ । नगर भित्रका ६० देखि ७० वर्ष माथि पुगेका ३० जना जेष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो लुगा वितरण गरिएको नगर उपप्रमुख श्रृष्टि रेग्मी बताएकि छन् । नगरपालिकाले आज एक कार्यक्रमका विच जेष्ठ नागरिकलाई न्यानो लुगा वितरण गरेको हो । […]
नागरिक रैबार/बाजुरा २६ फागुन। जिल्ला प्रहरी कार्यालय बाजुराले आर्थिक वर्ष २०७८/७९ मा सवारी साधान कारवाहीबाट रु ७ लाख ३६ हजार ५ सय राजस्व सङ्कलन गरेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराको आठ महिनाको अवधी भित्र सवारी नियमको उलघंन गर्ने सवारी साधानलाई कारवाही गरी ७ लाख ३६ हजार ५ सय बढि रावस्व संकलन भएको जिल्ला प्रहरी […]
अबदेखि एसईई परीक्षामा उमेर हद नलाग्ने भएको छ । यसअघि एसईई दिन १४ वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था रहेकामा अबदेखि उमेर हद नलाग्ने निर्णय भएको हो। विद्यालय तहको संरचना परिवर्तन भएर कक्षा ११ र १२ सम्मलाई माध्यमिक तह बनाइएकाले अबदेखि उमेरको हद पनि कक्षा १२ को वार्षिक परीक्षामा मात्रै लाग्ने शिक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयका […]
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। देशको सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ। बिहीबार देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश गण्डकी प्रदेश र प्रदेश नं का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक […]
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान प्रदेश १ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली छ। बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भुभागमा मौसम सामान्यतया सफा छ । दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । राति […]