होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमसीसीबारे कार्यसूची बनाएर छलफल गर्न भीम रावलको माग
समाचार

एमसीसीबारे कार्यसूची बनाएर छलफल गर्न भीम रावलको माग

  • नागरिक रैबार
एमसीसीबारे कार्यसूची बनाएर छलफल गर्न भीम रावलको माग

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले एमसीसी आम नेपाली जनताको गम्भीर चासो र सरोकारको विषय बनेकाले पार्टीभित्र कार्यसूची बनाएर छलफल गर्न माग गरेका छन् ।

सोमबार बसेको एमाले संसदीय दलको बैठकमा नेता रावलले यस्तो गम्भीर र संवेदनशील विषयमा नेकपा एमाले जस्तो राजनीतिक दलले राष्ट्रिय स्वाधीनता एवं हितको पक्षपोषण गर्दै स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताएका हुन् ।

‘यसका लागि संसदीय दलमा कार्यसूची निर्धारण गरी गम्भीर छलफल गरियोस् भनी माग गर्दछु’ रावलले भनेका छन् । उनले नेपाल सरकार र अमेरिकी संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का बीच भएको मूल सम्झौता र त्यसको आधारमा गरिएका एक दर्जन जति सम्झौता एवं कार्ययोजनाका कैयन प्रावधानहरू नेपालको सार्वभौमसत्ता, स्वाधीनता,स्वतन्त्रता, स्वभिमान तथा नेपालको संविधानविपरीत रहेको तथ्य प्रस्ट भैसकेको पनि बताएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार