होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • आजबाट अदालत पूर्ण रुपमा सञ्चालनमा
समाचार

आजबाट अदालत पूर्ण रुपमा सञ्चालनमा

  • नागरिक रैबार
आजबाट अदालत पूर्ण रुपमा सञ्चालनमा

सर्वोच्च अदालतले आजबाट नियमित रूपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ । गत ४ माघको पूर्ण बैठकले कोभिड महामारीको संक्रमण बढेको भन्दै अचानक सेवा संकुचन गरेको सर्वोच्च अदालतले १ फागुन देखी सबै प्रकारको सेवा सञ्चालन गर्न लागेको हो ।

गत बिहीबार बसेको अदालतको फूल कोर्टले १ फागुनबाट सबै प्रकारका न्याय, प्रशासनिक र आर्थिक प्रशासनलगायतका सेवा सञ्चालन गर्ने निर्णय गरेसँगै आइतवारवाट पुर्ण रुपमा सञ्चालन हुन लागेको प्रवक्ता बाबुराम दाहालले बताएका छन ।

गत माघ पहिलो साता विश्वव्यापी रुपमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन बढेको भन्दै सरकारको निर्णयलाई आत्मसात गर्दै सर्वोच्च अदालतले गत ५ माघबाट सेवा संकुचन गराउँदै आएको थियो ।

विज्ञापन

तर, गत ५ माघ देखी २९ माघसम्मको अवधिमा बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसहित आधारभूत स्वास्थ्य सेवासँग सम्बन्धित र सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनको मात्र सुनुवाइ भने स्थगित गरेको थिएन ।

सर्वोच्चका अनुसार झन्डै एक महिनाको सेवा संकुचनको यस अवधीमा बन्दी प्रत्यक्षीकरण, मुद्दा फिर्ता, तामेली एवम मिलापत्र सम्बन्धी कामकारबाही, मुलुकी फौजदारी कार्यविधिअनुसार थुनुवा रहेका व्यक्तिको निवेदनलगायतका मुद्दामाथि कारवाही र सुनुवाइलाई भने स्थगित गरिएको थिएन ।

कोभिड महामारी नियन्त्रणतर्फ गइरहेको जनाउँदै आइतवारवाट भने सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतहरू पुर्ण रुपमा सञ्चालन हुनेछन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै