होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा १८ चैतमा भारत भ्रमणमा जाने भएका छन् । नेपाल र भारतको परराष्ट्र मन्त्रालयले सोमबार दिउँसो एकै समयमा विज्ञप्ति जारी गर्दै भ्रमणको औपचारिक जानकारी दिएको हो । प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच १९ चैतमा भेटवार्ता हुनेछ । भ्रमणका क्रममा देउवाले भारतका उपराष्ट्रपति वैन्कैया नायडु, विदेश मामिलामन्त्री र राष्ट्रिय […]
गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ ले तरंग ल्याएको छ।शुक्रबार युट्युबमार्फत् सार्वजनिक भएको गीतले सामाजिक सन्जालमा तरंग ल्याएको हो। गीत सार्वजनिक भएको २४ घण्टा पनि नबित्दै ५ लाखभन्दा बढीले हेरिसकेका छन्। माओवादी सशस्त्र द्वन्द्वपछि टाठाबाठाले सत्तामा पहुँच पुर्याएको तर सोझासाझाले भने सास्ती भोग्नुपरेको कथा भिडिओमा देखाउन खोजिएको छ। गीत सार्वजनिक भएपछि युट्युब तथा सामाजिक सन्जालमा यसले […]
दार्चुलामा नेपाल–भारत जोड्ने गरी मोटरेबल पुल निर्माण सुरु हुने भएको छ। महाकाली नगरपालिका–८ अस्खेडा बगर र भारततर्फ बलुवाकोट नजिकको थार्चुम बगर जोड्ने महाकाली नदीमाथि पुल बनाउन लागिएको हो। यो पुलले नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार ‘कनेक्टिभिटी’लाई सुदृढ बनाउनाका साथै दुवैतर्फको सीमा समुदायबीच रहेको सम्पर्कलाई थप मजबुत बनाउने भारतीय दूतावासले जनाएको छ। पुल […]
काठमाडौंः प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाअभियोगलाई प्रतिनिधिसभाको आउने बैठकमा पेश गर्ने तयारी गरेको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूकाअनुसार सभामुखले महाअभियोग सिफारिस समिति गठनका लागि प्रयास भइरहेको छ। महाअभियोग प्रस्ताव जतिसक्दो चाडो निष्कर्षमा पुगोस् भन्ने सरकारको चाहना भएको उनले बताए। संसद भवनमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री बडूले संसद नियमावलीकै व्यवस्था अनुसार महाअभियोग अगाडि […]
काठमाण्डौँः विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट दुई करोड ३१ लाख रुपैयाँ ठग्ने एक महिलालाई प्रहरीले काठमाण्डौको स्वयम्भूबाट पक्राउ गरेको छ। पोखरा घर भएकी ३७ वर्षकी डाक्टर क्रिष्टना गुरुङ नाम राखेकी कान्ति राना गुरुङले जर्मनी पठाइदिने भन्दै एक व्यक्तिबाट १४ लाख रुपैयाँ लिएर ठगी गरेको उजुरीपछि पीडितको जाहेरी अनुसार प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनलाई गएको […]
मोरङ–विराटनगर महानगरपालिकाले राष्ट्रिय भूमि आयोगसँगको सहकार्यमा वर्षौंदेखि सुकुम्बासीका रूपमा महानगरका विभिन्न वडामा बसिरहेका भूमिहीन दलित र अव्यवस्थित बसोबासी पहिचान गरी व्यवस्थित बसोबास गराउने भएको छ । विराटनगर महानगर प्रमुख भीम पराजुली, प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेत, राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला र सदस्यसचिव अमिरप्रसाद न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । भूमिहीनको समस्या समाधान गर्ने […]
धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीसहित वरपरका विभिन्न स्थानमा बुधबार वर्षा भइरहेको छ। यस्तै, सुदूरपश्चिमका पहाडी जिल्लामा पनि वर्षा भइरहेको छ। वर्षा भएसँगै चिसो बढी यहाँको जनजीवन प्रभावित भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले आज सुदूरपश्चिमको पश्चिमी भूभाग लगायत पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ।
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बोलाइएको बैठक पुन: एक साता सरेको छ । संघीय संसद सचिवालयले मंगलबार साँझ सूचना प्रकाशित गरी फागुन २ गते सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको उल्लेख गरेको छ । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जारी गरेको सूचनामा विशेष कारणले बुधबारको बैठक स्थगित भएको उल्लेख गरिएको छ । स्रोतका […]
बझाङ : बझाङका दुई नगरपालिका र १० गाउँपालिकासहित १२ स्थानीय तहमा उच्च पहाडी एवं हिमाली क्षेत्र समृद्धि कार्यक्रम सञ्चालन हुने भएको छ। उक्त क्षेत्रको आर्थिक र सामाजिक रूपमा पछाडि परेका वर्ग र समुदायलाई लक्षित गरी सरकारले उच्च पहाडी एवं हिमाली क्षेत्र समृद्धि कार्यक्रम कार्यान्वयन गर्न लागेको हो। चालु आर्थिक वर्ष ०७८÷७९ देखि नै कार्यान्वयन गर्ने […]
काठमाडौं। नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकार स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षड्यन्त्रमा लागेको आरोप लगाएका छन्। विष्टले शुक्रवार सामाजिक सञ्जालमार्फत संविधान र कानुनको अपव्याख्या गर्दै गठबन्धनको सरकार आगामी वैशाखमा हुनुपर्ने स्थानीय तहको निर्वाचन टार्ने प्रपञ्चमा लागेको आरोप लगाएका हुन्। ‘निर्वाचन आयोगले आगामी वैशाख महिना भित्रै सम्पन्न गर्नेगरी निर्वाचनको मिति घोषणा गर्न पटक पटक सरकारको ध्यान […]
आहुती । विचार । नेकपा (एमाले) को दसौं महाधिवेशन सकेर देशभर जिल्ला अधिवेशन चलिरहेको छ । लाखभन्दा बढी मानिसको सहभागितामा उद्घाटन समारोह सम्पन्न हुनु भर्खर फुट बेहोरेको एमालेका निम्ति शानदार सफलता हो । आसन्न चुनावको तयारीका सन्दर्भमा एमालेको यो भीडभाड प्रदर्शनले संसद्वादी अन्य पार्टीलाई उकुसमुकुस बनायो होला । त्यसो त अन्य प्रतिस्पर्धी संसद्वादी पार्टीहरूले पनि अब यस्तै […]
नागरिक रैबार । मंसिर १४ बाजुरा । जात व्यवस्था उन्मूलन मोर्चा सुदूरपश्चिम प्रदेश समितिले मंसिर ४ गते धनगढीको पार्कमोडबाट सुरु गरेको जात व्यवस्था उन्मूलनः जागरण एवं संगठनात्मक अभियान २०७८ सुदूरपश्चिमका ९ वटै जिल्लामा संगठन विस्तार गरी सोमवार कञ्चनपुरमा एक कार्यक्रमका वीच सफलता पूर्वक समापन गरेको छ । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको उक्त जनवर्गीय संगठनले […]
धनगढीः नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल सुदूरपश्चिम आउने भएका छन्। भोलि (बिहीवार) नेपाल सुदूरपश्चिमको महेन्द्रनगर आउने बताईएको छ। कञ्चनपुरमा समाजवादीको पार्टी कार्यालय उद्घाटनका लागि अध्यक्ष नेपाल महेन्द्रनगर आउन लागेको एकीकृत समाजवादी स्रोतले जनाएको छ। समाजवादीले महेन्द्रनगरको भासी पुलको पूर्वपट्टी कार्यालय स्थापना गरेको छ। भोली साढे ९ बजेतिर नेपाल महेन्द्रनगर आइपुग्ने र उद्घाटन लगत्तै बिस्तारित […]
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि गाउँ/नगर अधिवेशन सुरु भएको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार वडा अधिवेशन भई अन्तिम मत परिणाम प्राप्त भएका अधिकांश जिल्लामा आजदेखि गाउँ÷नगर अधिवेशन सुरु भएको निर्वाचन समितिका सदस्य जगन्नाथ श्रेष्ठले बताए । काँग्रेसको वडा अधिवेशन गत भदौ १८ गतेदेखि […]
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी विभाजनले एमालेलाई देशव्यापी रुपमा जम्मा ९ प्रतिशत मात्र असर परेको बताएका छन् । शनिवार काठमाडौंमा नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित वृहत् प्रशिक्षण भेला तथा शपथ ग्रहण कार्यक्रममा महासचिव पोखरेलले पार्टी विभाजनले एमालेलाई देशव्यापी रुपमा जम्मा ९ प्रतिशत मात्र असर गरेको बताएका हुन् । उनले नेकपा एमालेले देशव्यापी रुपमा […]
काठमाडौं । सरकारले विद्यार्थीहरुलाई लक्षित गरेर ‘पढ्दै कमाउँदै कार्यक्रम’ ल्याएको छ ।शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा ‘पढ्दै कमाउँदै कार्यक्रम’ सबै प्रदेशका केही विद्यालयमा नमुनाका रुपमा शुरुवात गरिने उल्लेख छ । शुरुवातमा यो कार्यक्रम प्राविधिक विधामा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थी लक्षित हुनेछ । गुणस्तरीय शिक्षा, प्रावधिक शिक्षा, पूर्वाधार शिक्षा, […]
धनगढी । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशका ६ जिल्लामा वडा अधिवेशन सम्पन्न गरेको छ । कैलाली, बाजुरा र डडेल्धुरा बाहेकका जिल्लामा कांग्रेसले अधिवेशन सम्पन्न गर्दै चार सय ८७ वडामा नयाँ नेतृत्व चयन गरेको छ । दार्चुलाका ६१ वडा, बैतडीका ८४ वडा, डोटीका ६५ वडा, अछामका ९१ वडा, बझाङका ९४ वडा र कञ्चनपुरका ९२ वडामा अधिवेशन सकिएको […]
काठमाडौँ — केन्द्रीय तथ्यांक विभागले १२औं राष्ट्रिय जनगणनाको नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । थापाथलीस्थित विभागको सभाकक्षमा बुधबार पत्रकार सम्मेलन गर्दै तालिका सार्वजनिक गरेको हो । जनगणना कार्य कोभिडका कारण गत वैशाख १६ गतेबाट लकडाउन जारी भएपछि स्थगित भएको थियो । ‘स्थिति सहज बन्दै गएको हुँदा विभागले नयाँ कार्यतालिका निर्माण गरी पेस गरेको र सो […]
काठमाडौँ — क्रियाशील सदस्यताको टुंगो नलाग्दा २० जिल्लामा कांग्रेसको वडा अधिवेशन अनिश्चित भएको छ । समितिका अनुसार प्रदेश १ को मोरङ, २ का सप्तरी, सिराहा, धनुषा, मोहत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा, लुम्बिनीका बाँके, बर्दिया र कपिलवस्तु, कर्णालीका सुर्खेत र डोल्पा तथा सुदूरपश्चिमका बाजुरा र कैलाली जिल्लामा सदस्यताको सूची अझै टुंगो लागेको छैन । समितिका सदस्य अधिवक्ता […]
१५ भदौ, काठमाडौं । विगत केही दिनदेखि सक्रिय रहेको मनसुन कमजोर भई मौसममा सुधार भएको छ । नेपालको तराई भूभाग नजिक रहेको मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतिर सरेकाले मनसुन आज केही कमजोर भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका मौसमविद् सविना शाक्यका अनुसार अब केही दिन मनसुन कमजोर रहने भएकाले […]