होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • धुलाचौरबाट कोल्टी आउँदै गरेको जीप दुर्घटना, १ जनाको मृत्यु
समाचार

धुलाचौरबाट कोल्टी आउँदै गरेको जीप दुर्घटना, १ जनाको मृत्यु

  • नागरिक रैबार
धुलाचौरबाट कोल्टी आउँदै गरेको जीप दुर्घटना, १ जनाको मृत्यु

नागरिक रैबार/बाजुरा १४ मंसिर।हिमाली गाउँपालिकाको धुलाचौरबाट बुढीनन्दा नगरपालिकाको कोल्टी तर्फ आउँदै गरेको जीप दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मुगु जिल्लाको खत्याड गाउँपालिका–९ घर भएका अन्दाजी वर्ष २८ का मदन सार्की रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता प्रहरी निरिक्षक किसोर सिंह ऐरीले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार विहिबार विहान करिव ११ बजेतिर धुलाचौरबाट कोल्टी तर्फ आउँदै गरेको लु १ ज ४८२९ नम्वरको बोलेरो जिप हिमाली गाउँपालिका– ६ को बोल्डीक नजिकै दुर्घटना भएको थियो ।

विज्ञापन

मुगुको खत्याड गाउँपालिका ९ का २३ वर्षिया दलबहादुर लावणले चलाएको जीपमा ४ जना सवार रहेका थिए । जीप दुर्घटनामा परेर गौमुल गाउँपालिका– ३ वस्ने वर्ष १८ को बसन्त धामी घाइते भएका छन् उनको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार