होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ — नेपाल प्रहरीका पूर्व आइजीपी सर्वेन्द्र खनालसहित ४ जनाविरुद्ध काठमाडौं प्रहरीमा अपहरण तथा शरीर बन्धक अभियोगमा उजुरी दर्ता भएको छ । समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवको अपहरणमा संलग्न भएको अभियोगमा पूर्व आईजीपी खनालसहित सत्तारुढ नेकपाका सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) तथा नवीन बस्नेतविरुद्ध शुक्रबार अपहरण कसुरमा उजुरी दर्ता भएको हो । यसैगरी अपहरण आरोपित चारैजनाले […]
राजा बोला रात है, रानी बोली रात है, मंत्री बोला रात है, संतरी बोला रात है, सब बोले रात है, यह सुबह–सुबह की बात है । भारतीय चर्तित कवि गोरख पाण्डेयको यो कविता हालको हाम्रो सन्दर्भमा ठ्याक्कै मिल्छ । प्रधानमन्त्री केपी शर्मा ओली र उनका नामी सल्लाहकार, जे भने पनि हो–हो, सही हो भन्नुपरेको छ […]
काठमाडौं : नेपाली भूमि अतिक्रमण गर्दै भारत सरकारले चीनसँगको बाटो खुलाएको छ । नेपालको दार्चुला जिल्लामा पर्ने गुन्जीबाट लिपुलेक जोडिने क्षेत्र भारतले अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि नयाँ बाटो खुलाएको जनाएको छ । भारतको रक्षा मन्त्रालयले हालै यसबारे जानकारी गराएको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले भिडिओ सन्देश मार्फत उक्त रोडको उद्घाटन गरेका थिए । […]
नबिना लामाजी, नमस्कार तपाईँले एक निजी टेलिभिजनमा अन्तर्वार्ताको क्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हैसियत के हो ? भनेर सोध्नुभएको रहेछ । प्रचण्डलाई आफ्नो हैसियत सुनाउने फुर्सद नभएका कारण मैले उहाँका केही हैसियतहरु तपाईँसमक्ष राख्ने अनुमति चाहान्छु । नम्बर १, नबिना लामाजी, प्रचण्ड तपाईँ सांसद रहेको पार्टी नेकपाको अध्यक्ष हुनुहुन्छ। दुई–दुई पटकसम्म यो देशको […]
काठमाडौं । आजदेखि संसदको वर्षे अधिवेशन (बजेट अधिवेशन) सुरु हुँदैछ । बैठक अपराह्न ४ बजेका लागि बोलाइएको छ । संयुक्त रुपमा बस्ने प्रतिनिधसभा र प्रदेशसभाको बैठकका लागि सामाजिक दुरी कायम गरी आसनको व्यवस्था गरिएको छ । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी सचिवालयले सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । बिहीबार नै सांसदहरुको कोरोना परीक्षणका लागि […]
आफ्ना विरोधीको समीकरण भत्काउन सफल बनेको ठानेका सत्तारूढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पुनः पराजयको सन्निकट पुगेका छन् । राष्ट्रपति, पार्टीभित्रका समर्थक र चिनियाँ सहयोगले आफ्नो सत्ता संकट टार्न सफल भनिएका ओलीको प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पद धरापमा परेको विश्लेषण गरिएको छ । आफ्ना विरोधी गुटका नेताहरूलाई विभिन्न अफर र प्रलोभन देखाएर […]
काठमाडौँ २५ बैशाख । पार्टी एकीकरणका लागि सबैले आत्मालोचना गरेर अघि बढ्ने र एक व्यक्ति एक मुख्य जिम्मेवारीको पुरानो समझदारीलाई ब्युँताउने सहमतिको बुझाइमै नेताहरूबीच तालमेल नभएपछि नेकपाको विवाद फेरि लम्बिएको छ । नेकपा सचिवालयको गत शनिबार बसेको बैठकमा पार्टीलाई विधि र पद्धतिबाट अघि बढाउने सहमति गर्दै बिहीबारका लागि स्थायी कमिटी बैठक डाक्ने निर्णय भएको थियो […]
काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुमा आजबाट कोरोना भाइरस संक्रमण भए-नभएको परीक्षण सुरु गरिएको छ । शुक्रबारदेखि संघीय संसदको वर्षे अधिवेशन सुरु हुने भएकाले सांसदहरुको स्वास्थ्य परीक्षण गर्न लागिएको हो । राष्ट्रिय सभा सांसदहरुको परीक्षण बिहान १० बजेदेखि र प्रतिनिधिसभा सांसदहरुको ११ बजेदेखि पीसीआर प्रविधिबाट कोरोना परीक्षण हुने छ । संघीय संसद भवनकै ल्होत्से हलमा […]
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भोलिदेखि बस्ने भनिएको स्थायी समिति बैठक अनिश्चित बनेको छ । बैठकका लागि एजेन्डा तय गर्न बोलाइएको सचिवालय बैठकमा नेताहरु बीच सहमति नजुटेपछि बैठक अनिश्चित बनेको हो । बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी समिति बैठकको एजेन्डाबारे दुई अध्यक्षबीच अझै छलफल बाँकी रहेको जानकारी दिए । नेता श्रेष्ठले […]
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा जब नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भयो लगत्तै सचिवालय सदस्य माधवकुमार नेपालले विधिसम्मत रुपमा पार्टी सञ्चालन गरिनुपर्ने माग गरे । माधव नेपालको सो मागमा अधिकांश सचिवालय सदस्यले समर्थन जनाए । सो क्रममा उनीहरुले प्रधानमन्त्रीले मनपरी रुपमा पार्टी सञ्चालन गर्न खोजेको भन्दै आपत्ति मात्रै जनाएनन् स्थायी समिति बैठकमा […]
राजेन्द्र बिक/२४ बैशाख । नेकपाका युवा नेता तथा सभामुख अग्नि प्रसाद सापकोटाका स्वकीय सचिव नवराज ऐरले म कंचनपुर महेन्द्रनगर स्थित समाज कल्याण बाल अनाथालयमा खाद्यान्न सामाग्रीहरु सहयोग गर्नुभएको छ। अनाथालयका बालबालिकाका लागि सहयोग स्वरुप १५ कट्टा चामल, १५ केजि दाल, १ पेटि तेल, १ पेटि चाउचाउ र १५ पोका नुन उपलब्ध गराउनुभएको छ । सेवा […]
काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकाका बासिन्दा लकडाउनमा बसेको सोमबार ४२ दिन भयो । लकडाउनपछि धादिङका एक पुरुष र सनसिटी अपार्टमेन्टमा बस्दै आएका आमा छोरामा संक्रमण भेटियो । उनीहरू निको भएर घर फर्किसके । नयाँ संक्रमित नभेटिएको २२ दिन भयो । विदेशबाट संक्रमण बोकेर मानिसहरू काठमाडौं आउने सम्भावना पनि छैन । अन्तर्राष्ट्रिय उडान चैत ९ […]
नयाँदिल्ली : भारतमा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या विगत दुई दिनदेखि तिब्र गतिमा वृद्धि भएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार बिहानसम्ममा कोरोना संक्रमितको संख्या ४९ हजार ३९१ पुगेको जनाएको छ । मन्त्रालयले हालसम्म एक हजार ६९४ जनाको मृत्यु भएको पनि उल्लेख गरेको छ । भारतमा कूल संक्रमितमध्ये १४ हजार १८२ जना निको भएका […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बुधबार अपरान्ह बस्दैछ ।बिहीबार बस्ने स्थायी कमिटी बैठकको तयारीका लागि सचिवालय बैठक बस्न लागको हो । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो तीन बजे बस्ने सविालय बैठकले स्थायी समितिमा छलफल गर्ने एजेण्डा तय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिए। पार्टीलाई एक ढिक्का बनाएर लैजाने २० बैशाखमा बसेको सचिवालयले […]
काठमाडौं । नेकपाभित्रको आन्तरिक विवाद समाधानका लागि बोलाइएको केन्द्रीय सचिवालय बैठक शनिबार अपरान्ह ५ः३० बजे बस्ने भएको छ ।प्रधानमन्त्री समेत रहेका केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सचिवालय बैठक ५ः ३० बजे बस्ने जानकारी दिएका हु्न् । यसअघि बैठक चार बजे बस्ने भनिएको थियो । समय परिवर्तनबारे भने थापाले केही खुलाएका छैनन् ।बैठकअघि नेताहरु आन्तरिक […]
काठमाडौं, २० वैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्ने भएको छ । पछिल्लो समय पार्टीभित्र देखिएको विवादमा सहमती खोज्न गत बुधबार बसेको बैठकले थप छलफल गर्ने आज बैठक आब्हान गरेको हो । बुधबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपाल समुहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजिनामा […]
डा. जीवराज पाेखरेल । विचार । अहिले नेपाल दोहोरो बाण लागेको मृगजस्तै छट्पटाइरहेको छ। पहिलो बाण कोरोना भाइरसले हानेको छ भने दोस्रो काण प्रचण्ड बहुमत भएको नेपाल कम्युनिस्ट पार्टी र यसका धनुरधारी प्रधानमन्त्री केपी ओलीले प्रहार गरेका छन्। चारैतिरबाट दबाब आएपछि विधेयक फिर्ता लिइएको छ तर यो शरीरमा गडेको काण निकाल्दा जति दुःख हुन्छ त्यस्तै […]
काठमाडौं । सरकारले असंगठित क्षेत्रमा काम गर्ने मजदुरहरुलाई न्यूनतम रोजगारीको व्यवस्था गर्ने भएको छ । असंगठित क्षेत्रमा दैनिक ज्यालादारी गर्दै आएका श्रमिक मजदुरको सम्बन्धमा कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको कामबाट रोजगारी गुमाउने र कामबिहिन भएकाहरुलाई स्थानीय तह वा प्रदेश तहमा हुने सार्वजनिक निर्माण कार्यमा लगाउने निर्णय बैशाख १४ गते बसेको मन्त्रिरिषद्को बैठकले गरेको हो […]
हरि रोका विचार काठमाण्डाैँ १८ बैशाख । प्रधानमन्त्री खड्गप्रसाद ओलीको सरकार यति बेला आन्तरिक राजनीतिक संकटबाट गुज्रिरहेको छ । झन्डै अढाई वर्षअघि ओलीले दोस्रो पारी (इनिङ) को सानदार यात्रा सुरु गरेका थिए । २०७२ मा भारतद्वारा लगाइएको नाकाबन्दीको समयमा घनघोर राष्ट्रवादी छवि बनाएका ओली एमाले-माओवादीको चुनावी गठबन्धनमार्फत पछिल्लोपटक सुदृढ बहुमतका साथ सत्तारूढ हुन पुगे । […]
काठमाडौं ७ वैशाख। सांसदहरूले नयाँ आर्थिक वर्षको बजेट निर्माणमा आफूहरूलाई बेवास्ता गरेको गुनासो गरेका छन् । निर्वाचन क्षेत्रको योजना छनोटमा आफूहरूलाई सहभागी गराउनुपर्ने उनीहरूको भनाइ छ । प्रतिनिधिसभा र राष्ट्रियसभा अन्तर्गतका विषयगत समितिका बैठकहरूमा सांसदहरूले यो विषयलाई निरन्तर उठाउँदै आएका छन् । ठूला नेता र पहुँचवाला सांसदको क्षेत्रमा बढी बजेट जाने गरेको उनीहरूको गुनासो छ […]