होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • नेकपा सचिवालय बैठकको समय पर धकेलियो
राजनीति

नेकपा सचिवालय बैठकको समय पर धकेलियो

  • नागरिक रैबार
नेकपा सचिवालय बैठकको समय पर धकेलियो

काठमाडौं । नेकपाभित्रको आन्तरिक विवाद समाधानका लागि बोलाइएको केन्द्रीय सचिवालय बैठक शनिबार अपरान्ह ५ः३० बजे बस्ने भएको छ ।प्रधानमन्त्री समेत रहेका केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सचिवालय बैठक ५ः ३० बजे बस्ने जानकारी दिएका हु्न् ।

यसअघि बैठक चार बजे बस्ने भनिएको थियो । समय परिवर्तनबारे भने थापाले केही खुलाएका छैनन् ।बैठकअघि नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । आजै उपाध्यक्ष वामदेव गौतम ओली भेट्न बालुवाटार पुगेका थिए । यसअघि बुधबारको बैठकमा ओलीले गौतमलाई कोरोनापछि प्रधानमन्त्री पद हस्तानतरण गर्ने प्रस्ताव गरेका थिए ।

साथै सोही दिन वरिष्ठ नेता माधव कुमार नेपाललाई तेस्रो वरियताको अध्यक्षका लागि समेत ओलीले प्रस्ताव गरेपनि नेपालले अस्वीकार गरिसकेका छन् । गौतमले भने ओलीको प्रस्तावप्रति सकारात्मक छन् । रातोपाटीबाट

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार