होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • भारतमा कोरोना संक्रमण तीव्र गतिमा : संक्रमितको संख्या झन्डै पचास हजार
देश/प्रदेश

भारतमा कोरोना संक्रमण तीव्र गतिमा : संक्रमितको संख्या झन्डै पचास हजार

  • नागरिक रैबार
भारतमा कोरोना संक्रमण तीव्र गतिमा : संक्रमितको संख्या झन्डै पचास हजार

नयाँदिल्ली : भारतमा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या विगत दुई दिनदेखि तिब्र गतिमा वृद्धि भएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार बिहानसम्ममा कोरोना संक्रमितको संख्या ४९ हजार ३९१ पुगेको जनाएको छ । मन्त्रालयले हालसम्म एक हजार ६९४ जनाको मृत्यु भएको पनि उल्लेख गरेको छ ।

भारतमा कूल संक्रमितमध्ये १४ हजार १८२ जना निको भएका छन् । उनीहरुलाई देशका विभिन्न अस्पतालबाट डिस्चार्ज गरिएको छ । कोरोना संक्रमितहरुमध्ये महाराष्ट्र, गुजरात र नयाँदिल्ली सर्वाधिक प्रभावित क्षेत्र देखिएका छन् ।

महाराष्ट्रमा सबैभन्दा बढी १५ हजार ५२५ जना संक्रमित देखिएका छन् भने गुजरातमा ६ हजार २४५ जनामा कोरोनाको संक्रमण देखिएको छ । दिल्लीमा भने कोरोना संक्रमितको संख्या ५ हजार १०४ जना रहेको छ । यस्तै राजस्थानमा ३ हजार १९३ जनामा कोरोनाको संक्रमण देखिएको राज्य स्वास्थ्य विभागले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार