होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • ओली रिसाएपछि नेकपाको स्थायी समिति बैठक अनिश्चित
देश/प्रदेश

ओली रिसाएपछि नेकपाको स्थायी समिति बैठक अनिश्चित

  • नागरिक रैबार
ओली रिसाएपछि नेकपाको स्थायी समिति बैठक अनिश्चित

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भोलिदेखि बस्ने भनिएको स्थायी समिति बैठक अनिश्चित बनेको छ । बैठकका लागि एजेन्डा तय गर्न बोलाइएको सचिवालय बैठकमा नेताहरु बीच सहमति नजुटेपछि बैठक अनिश्चित बनेको हो ।

बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी समिति बैठकको एजेन्डाबारे दुई अध्यक्षबीच अझै छलफल बाँकी रहेको जानकारी दिए । नेता श्रेष्ठले स्वास्थ्य र व्यस्तताका कारण अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा पूरा समय उपस्थित नभएकोले आजको बैठकमा विस्तृत छलफल हुन नसकेको पनि बताए ।

तर, स्रोत भन्छ, ‘एजेन्डाको विषयमा विवाद भएपछि प्रधानमन्त्री केपी शर्मा ओली बैठकबाट रिसाएर बाहिरिएका थिए ।’ करिब एक घण्टापछि बैठकमा प्रम ओली फर्किए लगत्तै आजको बैठक सकिएको थियो ।

विज्ञापन

वैशाख २० गते बसेको नेकपा सचिवालय बैठकले पार्टीको स्थायी समिति बैठक बोलाउने निर्णय गरेको थियो । सोही अनुसार वैशाख २५ गते बिहीबार ११ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बैठक बस्ने समय तय गरिएको थियो । सोही बैठकका लागि आज सचिवालयले एजेन्डा तय गर्ने कार्यतालिका रहेको थियो ।

वैशाख २० गते बसेको नेकपा सचिवालय बैठकले पार्टीको स्थायी समिति बैठक बोलाउने निर्णय गरेको थियो । सोही अनुसार वैशाख २५ गते बिहीबार ११ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बैठक बस्ने समय तय गरिएको थियो । सोही बैठकका लागि आज सचिवालयले एजेन्डा तय गर्ने कार्यतालिका रहेको थियो ।

यसअघि, वैशाख ८ गते प्रधानमन्त्री ओलीले दुई विवादास्पद अध्यादेश ल्याएपछि नेकपाभित्र विवाद बढेको थियो । विवादकै क्रममा २० जना स्थायी कमिटी सदस्य अध्यक्षद्वयलाई स्थायी कमिटीको माग गर्दै पत्र बुझाएका थिए । यही पृष्ठभूमिमा नेताहरुबीच बढ्दै जाँदा प्रधानमन्त्रीको राजीनामासमेत माग भएको थियो । तर, उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उम्मेद्वार बनाउने तथा अध्यक्षद्वयले आत्मलोचनासमेत गरेपछि २० गतेको सचिवालय बैठकमा विवाद साम्य हुँदै स्थायी कमिटी बैठक बोलाउने निर्णय भएको थियो ।

तर, योबीचमा फेरि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल सहितका अधिकांश सचिवालय सदस्य ओलीविरुद्ध मोर्चाबन्दीमा कसिएपछि नेकपाभित्रको विवाद फेरि बल्झिएको थियो । यही बीचमा हात्तिवनमा छलफलमा जुटेका ओलीइतर समूहले ‘एक व्यक्ति, एक मुख्य जिम्मेवारी’ अनुसार प्रधानमन्त्री ओलीलाई दुईमध्ये एक पदबाट राजीनामा गराउनका लागि स्थायी कमिटीबाट माग गर्ने आन्तरिक तयारी गरेको थियो । भेलाको यही माग प्रति असन्तुष्ट रहेका ओली इतरसमूहको रणनीति बुझेपछि आजको बैठक बीचबाटै उठेर हिँडेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार