होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • पराजयको नजिक प्रधानमन्त्री ओली, प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पद धरापमा !
देश/प्रदेश

पराजयको नजिक प्रधानमन्त्री ओली, प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पद धरापमा !

  • नागरिक रैबार
पराजयको नजिक प्रधानमन्त्री ओली, प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पद धरापमा !

आफ्ना विरोधीको समीकरण भत्काउन सफल बनेको ठानेका सत्तारूढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पुनः पराजयको सन्निकट पुगेका छन् । राष्ट्रपति, पार्टीभित्रका समर्थक र चिनियाँ सहयोगले आफ्नो सत्ता संकट टार्न सफल भनिएका ओलीको प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पद धरापमा परेको विश्लेषण गरिएको छ ।

आफ्ना विरोधी गुटका नेताहरूलाई विभिन्न अफर र प्रलोभन देखाएर ५ दिन अगाडि मात्रै पार्टी सचिवालयको बैठकमा आफूविरुद्धको समीकरण भत्काउन सफल बनेका प्रधानमन्त्री ओलीले आफू अल्पमतमा पर्ने डरले बिहिवार बस्ने तय भएको स्थायी कमिटीको बैठक अनिश्चितकालका लागि स्थगित गर्न सफल भने भएका छन् ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली नै बैठक बाट बाहिरिएपछि अन्यौलमा परेका अन्य सचिवालय सदस्यले अनौपचारिक कुराकानी गरेपनि कुनै ठोस निष्कर्ष निकाल्न सकेनन् । सचिवालय बैठक सकेर प्रधानमन्त्री ओलीसँग छुट्टै भेटेका पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले आफैंले बोलाएको स्थायी कमिटी बैठक नबोलाउँदा बाहिर गलत सन्देश जाने भन्दै स्थायी कमिटी बैठक राख्नुपर्ने अडान राखेपनि प्रधानमन्त्री ओलीले ‘अहिले केही बिग्रेको छैन् , हतार गर्नुपर्ने कारण पनि छैन । एक दुई दिनमा पुनः छलफल गरौंला’ । भनेका थिए ।

विज्ञापन

सचिवालयमा बहुमत हासिल गरे पनि स्थायी कमिटी बैठकमा आफ्नो कामकारबाही, एक व्यक्ति एक पद, आफ्नो राजिनामा लगायतका विषय स्थायी कमिटी बैठकमा बहुमत सदस्यले उठाउने र आफू अल्पमतमा पर्ने डरले स्थायी कमिटी बैठक छल्न प्रधानमन्त्री ओलीले नियोजित रूपमै यस्तो कदम चालेको असन्तुष्ट पक्षको भनाइ छ ।

स्थायी कमिटी बैठक स्थगित भएसँगै कार्यकारी अध्यक्ष प्रचण्ड सहित वरिष्ठ नेता माधवकुमार नेपाल समूहले भने प्रधानमन्त्री ओली नसुध्रीएको निष्कर्ष निकाल्दै पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट हटाउने पूर्वनिर्धारित योजनालाई निरन्तरता दिने तयारी गरेको स्रोतको भनाइ छ । यो सँगै ओलीको प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पद धरापमा परेको विश्लेषण गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार