होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक अहिले केहीबेरमा बस्दैछ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साढे ८ बजेलाई बैठक बोलाइएको नेकपाका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । बैठकमा सरकारले आज ल्याउने नीति तथा कार्यक्रमका साथै कोरोना भाइरसको बढ्दो संक्रमणका बारेमा छलफल हुने बताइएको छ । त्यस्तै गत वैशाख ३१ गते बोलाएको स्थायी […]
सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक) मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन्। संसद सचिवालयका अनुसार राष्ट्रपति भण्डारीले अपराह्न चार बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछिन्। कार्यसूची अनुसार संघीय संसद सचिवालयका तर्फबाट सबै तयारी पूरा भएको र विश्व स्वास्थ्य […]
काठमाडौं । कालापानी, लिपुलेक क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरेर भारतले सडक निर्माण गरेपछि विवादित क्षेत्र नजिकै सशस्त्र प्रहरीको फौज राखिएको छ । हाल २५ जनाको बोर्डर आउट पोष्ट (बीओपी) राखिए पनि १ सय ६५ जना हुने गुल्म राख्ने गरी तयारी गृहको छ । गृह मन्त्रालयको निर्देशन अनुसार सशस्त्र प्रहरी बलले यसको आवश्यक गृहकार्य थालिसकेको स्रोतले […]
नागरिक रैबार/बाजुरा ३१ बैशाख। भारतले गरेको लिपुलेख–कालापानी अतिक्रमणका विरुद्ध नेपाल बिधार्थी संघ बाजुराले शान्तिपूर्ण बिरोध प्रर्दशन गरेको छ । सदरमुकाम मार्तडीमा नेपाल विद्यार्थी संघका सयौं विद्यार्थीहरुले हात र टाउकोमा कालोपट्टी बाँधेर भारतले सिमाना अतिक्रमण गरेको विरुद्ध प्रर्दशन गरेका हुन् । शान्तिपूर्ण रुपमा प्रर्दशनमा उत्रिएका नेविसंघ बाजुराका विद्यार्थीहरुले ओली सरकारले नेपाली भुमिको रक्षा नगरेको आरोप समेत […]
काठमाडौं : बुधबार बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठक स्थगित भएको छ। मंगलबार दिउँसो बुधबार ११ बजे पार्टी मुख्यालय धुम्बाराहीमा स्थायी समिति बैठकमा उपस्थित हुने गरी सूचना जारी भएको थियो। तर कोरानाको त्रासको कारण बैठक स्थगित भएको सूचना पुन: सदस्यहरुलाई पठाइएको छ। उपत्यकालगायत देशमा संक्रमितको संख्या बढेपछि आज ११ बजे धुम्बाराहीमा बोलाइएको […]
नागरिक रैबार/बाजुरा ३० बैशाख। बाजुराको सदरमुकाम मार्तडीमा नेपाली काँग्रेसको भातृ संघठन नेपाल विद्यार्थी संघ बाजुराले प्रधानमन्त्री केपि शर्मा ओलीको पुत्ला जलाएको छ । मंगलबार साँझ साढे ७ बजे सदरमुकाम मार्तडीको लोकतान्तिक चोकमा नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले ओलीको पुत्ला जलाएका हुन् । लिपुलेक–कालापानीमा भारतले बाटो बनाएको विरोधमा नेपाल विद्यार्थी संघ बाजुराले सदरमुकाम मार्तडीमा ओलीको पुत्ला जलाएको […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टार्दै आएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे स्थायी समितिकाे बैठक बस्ने भएको छ । भोलि ११ बजे बैठक बोलाइएको भन्दै पार्टी कार्यालयबाट स्थायी कमिटी सदस्यहरुलाई एसमएमएस र टेलिफोन आएको छ । २५ गते बोलाइएको थियो, तर स्थायी कमिटीको एजेण्डा तयार पार्न भनी वैशाख २४ गते बसेको सचिवालय समितिको बैठकमा […]
काठमाडौं ३० बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले आगामी आर्थिक वर्षको बजेट राष्ट्रिय सुरक्षा र कृषि क्षेत्रमा केन्द्रित भएर ल्याउनुपर्ने संसद बैठकमा बताएका छन् । कोरोना भाइरसको महामारी सामना गर्दै राष्ट्रिय सुरक्षा र कृषि क्षेत्रमा केन्द्रित गरी बजेट ल्याउन उनले सरकारलाई सुझाव दिए । देश र जनता सुरक्षित नभई […]
काठमाडौं ३० बैशाख : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा निर्माण गरिएको चलचित्र ‘कोपिला’ डिसहोम च्यानल मार्फत प्रर्दशनमा आउने भएको छ। दर्शकहरुले चलचित्रलाई डिसहोम च्यानल नम्बर १०८ मार्फत हेर्न पाउने भएका हुन्। बैशाख ३० गतेबाट दैनिक ८ शो प्रदर्शन हुन लागेको यो चलचित्रलाई दर्शकरुले घरमै बसेर आफ्नो समय अनुसार सिनेमा घरमा […]
काठमाण्डाैँ । राष्ट्रघाती सन्धि खारेज गर, टनकपुर सन्धि खारेज गर ! महाकालि नदी साझा हो, पानी आधा–आधा हो !’ यो नेपालको संसदमा लगातार १० घण्टाभन्दा बढी घन्किएको नारा हो । २०४८ मंसिर १८–१९ गते (डिसेम्बर ४–५, १९९१) तत्कालीन प्रधानमन्त्री श्री गिरिजाप्रसाद कोइरालाले भारत भ्रमणको बेला गरेको टनकपुर सन्धिलाई यो सन्धि होइन सहमति मात्र हो भनेपछि […]
सन्ताेष अधिकारी विचार । बधाई छ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई ! अनि बधाई करिब करिब दुई तिहाइ बहुमतको सरकारलाई । बधाई किन ? किनभने महामारीले विश्व त्राहिमाम् भइरहेका बेला पार्टी र सरकार दुवैले जनताको ध्यान नै पूरै ‘डाइभर्ट’ गर्न सफल भएकोमा । अनि, यो महाव्याधिको चासो नभएजसरी सत्ता लुछाचुँडीको कुस्ती खेलेर जनतालाई मनोरञ्जन […]
काठमाडौँ । कोरोना महामारीले मुलुक ठप्प जस्तै छ । यो महामारीपछि मुलुकलाई कसरी चलायमान बनाउने ? आर्थिक गतिविधि कसरी पुनर्ताजगी गर्ने ? बेरोजागारलाई कसरी रोजगारीको सिर्जना गर्ने ? विदेशमा अलपत्र परेकालाई कसरी स्वदेश ल्याउने लगायतका जल्दाबल्दा प्रश्न सबै राजनीतिक दलमा उठिरहेका छन् । यी विषयमा अहिले नै योजना तर्जुमा नगरे स्थिति भयावह हुनसक्ने विज्ञहरुले चेतावनी […]
भारत ले फेरि नेपाल को सिमावर्ती क्षेत्र लिपुलेक हुँदै मानसरोवर चीन सम्म जोड्ने सडक उद्घाटन गरेको छ।यसले नेपाल र भारत बिच हुने पटकपटक को सिमा बिबाद फेरि चुलिएको छ।नेपालको सिमा अतिक्रमणको विषय पुनः एकपटक सतहमा आएको छ । लामो समय देखी देशका विभिन्न स्थानमा सिमा अतिक्रमणको विषय चर्चाको विषय समेत बन्ने गरेको छ । पछिल्लो […]
भारतले लिपुलेक जोड्ने सडक उद्घाटन गरेपछि देश तरंगित बनेको छ । भारतले सडक बनाइरहेको जानकारी नेपालको प्रशासनलाई अहिलेसम्म पाएको थिएन ? किन थाहा नहुनु ? भारतले लुकिछिपी सडक बनाएको होइन । हाम्रो सडक विभागजस्तै उनीहरूको सीमा सडक संगठन (बिआरओ) ले माथिल्लो भागमा सन् २००८ मै सडक निर्माण थालेको हो । तल्लो भागमा त सन् १९९९ देखि नै बनाउन […]
काठमाडौं, २९ वैशाख । संसदीय समितिले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि पीसीआर प्रविधिबाट गरिने परीक्षणलाई वृद्धि गर्न र लकडाउनलाई क्रमश खुकुलो पार्न सरकारलाई निर्देशन दिएको छ । सोमवार बसेको संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले कोरोना भाइरसको नियन्त्रणका लागि पीसीआर प्रविधिबाट गरिने परीक्षणलाई बढाउन सरकारलाई निर्देशन दिएको हो । यसैगरी समितिले स्थानीय स्तरमा निर्माण […]
विभिन्न राजनीतिक दलका नेता र सरोकार सङ्घसंस्थाले कास्कीमा जातीय भेदभाव तथा छुवाछूत गरेको आरोपमा पक्राउ परेकालाई संरक्षण गरेको आरोप लगाउँदै गण्डकी प्रदेशसभा सदस्य कृष्णबहादुर थापाको राजीनामाको माग गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जीतु गौतम र गणेश विक, नेपाली कांग्रेसका नेता मीन विश्वकर्मा तथा संयुक्त दलित सङ्घर्ष समिति, नेपाल राष्ट्रिय दलित पत्रकार सङ्घ र […]
२९ वैशाख, काठमाडौं । लिपुलेक क्षेत्रमा भारतले सडक बनाएको विरोधमा प्रदर्शन गर्ने ३० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राष्ट्रिय सीमा रक्षा अभियानका अभियन्ता बताउनेहरु छन् । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले पक्राउ परेकाहरुलाई नगर प्रहरी कार्यालय, भृकुटीमण्डपमा पठाइएको बताए । उनले भने, ‘पक्राउ पर्नेहरुको स्क्रिनिङ गरिरहेका छौं ।’ ज्ञवालीका अनुसार […]
सन १८१६को सुगौली सन्धिमा लिपुलेख,लिम्पियाधुरा,कालापानी नेपालको भुमिमा पर्छ।भारतले पटक पटक नेपालको सिमानामा हस्तक्षेप गरेको नया बिसय होइन।बि.स.२०१६ यता सगरमाथा लाई भारत र चीनले आफ्नो भनेर धारणा दिईरहदा तत्कालीन प्रधानमन्त्री मन्त्री बिपि कोइरालाले चिनियाँ कम्युनिस्ट पार्टीका नेता माउत्सेतुङ,चिनिया प्रधानमन्त्री चाउ ऐन सङ्ग सगरमाथा नेपालको भएको स्पष्ट पार्दै विश्व मानचित्रमा आधिकारिक भएको थियो। त्यस पश्चात् आदर्श पुरुष,संविधान […]
काठमाडौं । भारत सरकारले नेपाली भूमि लिपुलेक र कालापानीमा सडक बनाएको विरोधमा माइतीघरमा प्रदर्शन गरिएको छ । भारत सरकारको उक्त कदम विरुद्ध प्रदर्शन गर्न माइतीघर पुगेको युवाहरुको समूहलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार नाराबाजी गर्दै माइतीघर पुगेका युवाहरुलाई त्यहाँ नपुग्दै प्रहरीले पक्राउ गरेको हो । उनीहरुले ‘ओली सरकार राजिनामा दे, हाम्रो भूमि प्राणभन्दा प्यारो […]
काठमाडौं : सरकारले आगामी आर्थिक वर्षको बजेटका लागि कृषि क्षेत्रका आठ ठूला तीन वर्षे कार्यक्रम तर्जुमा गरेको छ। कृषि मन्त्रालयले प्रस्ताव गरेका कार्यक्रमलाई राष्ट्रिय योजना आयोगले स्वीकृत गरेको छ। यी कार्यक्रमका लागि करिब ४० अर्ब रुपैयाँभन्दा बढी लाग्ने अनुमान गरिएको छ। ‘आठवटा कार्यक्रम संघीय कृषि मन्त्रालयमातहत सञ्चालन हुने गरी प्रस्ताव गर्ने तयारी छ’, आयोगका सदस्य दीलबहादुर […]