होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपाली भूमि मिच्दै भारतले खोल्यो चीनसँगको बाटो
समाचार

नेपाली भूमि मिच्दै भारतले खोल्यो चीनसँगको बाटो

  • नागरिक रैबार
नेपाली भूमि मिच्दै भारतले खोल्यो चीनसँगको बाटो

काठमाडौं : नेपाली भूमि अतिक्रमण गर्दै भारत सरकारले चीनसँगको बाटो खुलाएको छ ।

नेपालको दार्चुला जिल्लामा पर्ने गुन्जीबाट लिपुलेक जोडिने क्षेत्र भारतले अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि नयाँ बाटो खुलाएको जनाएको छ । भारतको रक्षा मन्त्रालयले हालै यसबारे जानकारी गराएको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले भिडिओ सन्देश मार्फत उक्त रोडको उद्घाटन गरेका थिए ।

भारतको उत्तराखण्डमा पर्ने धार्चुलाको पिथौरागढदेखि नेपालको दार्चुलाको भूमि हुँदै भारतले तिब्बतसँगको बाटो खोलेको हो । त्यसो त, चिनियाँ राष्ट्रपति सी जिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त्यस क्षेत्रमा व्यापारीक नाका खुलाउने भन्दै सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । जहाँ नेपालको सहभागिता थिएन ।

विज्ञापन

यसपटक नयाँदिल्लीस्थित नेपाली दूतावासले पनि कुनै प्रतिक्रिया दिएको छैन । नेपालस्थित सीमाविद्हरुले भने भारतको यो निर्णयलाई सुगौली सन्धि विपरीत भएको बताएका छन् । यसअघि पनि भारत सरकारले लिपुलेक क्षेत्रलाई आफ्नो भूमिमा पर्ने गरी नक्सा तयार पारेपछि नेपालीहरुले व्यापक विरोध जनाएका थिए । कुटनीतिक तहमा भने यसबारे कुनै छलफल भएन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार