होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १ फागुन। नेकपा माओवादी केन्द्र बाजुराले २७ औं जनयुद्ध दिवस दिप प्रज्वलन गरेर मनाएको छ । वि.सं. २०५२ साल फागुन १ गतेदेखि जनयुद्ध थालनी गरेको स्मरणमा माओवादीले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउने गरेको छ । पुष्पकमल दहाल नेतृत्वमा तत्कालिन माओवादीले सिन्धुली, गोरखा, रुकुम र रोल्पामा एकसाथ आक्रमण गरेर औपचारिक […]
नागरिक रैबार बाजुरा १ फागुन । बाजुराको प्रतिनिधित्व गर्दै किड्स मोडलमा सन् २०२२ को बाजुराकी रितिका बुमि पहिलो धावक बन्न सफल भएकी छन । धेरै प्रतिभाशाली, लोकप्रिय, उत्कृष्ट ड्रेस अप र मल्टि मिडियामा उपाधि सहित उनी प्रथम रनर भएकी हुन । बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा न १ मटेलामा जन्म भई हाल भक्तपुरमा बस्दै आएका […]
नागरिक रैबार बाजुरा १ फागुन एमसिसिकाेे विराेधमा नेकपा (एस) निकट युवा संघले मार्तडीमा प्रदर्शन गरेकाे छ । नेकपा एकिकृत समाजबादीको भातृसंगठन समेत रहेकाे युवा संघ एमसीसीका बिरुद्व सदरमुकाम मार्तडीमा प्रदर्शन गरेको छ । अमेरिकी दलाल मुर्दाबाद, अमेरिकाको सडक बाटो चाँहिदैन, अमरिकी सेनाले हस्तक्षप गर्न पाइदैन लगायतका नारा जुलुस सहित मार्तडी बजारमा युवा संघका कार्यकर्ताल प्रदर्शन […]
नागरिक रैबार बाजुरा १ फागुन नेपाली काङ्ग्रेस जगन्नाथ गाउँपालिका वडा नं ६ का सभापति कुम्भ रावलको निधन भएकाे छ । वडा सभापति रावलकाे आफ्नै घर काभ्रिगाउँ गोत्रिमा असामयिक निधन भएको नेपाली काँग्रेस प्रदेश (क) का सचिव जनम धामीले बताएका छन् । निधन भएका वडा सभापति रावल नेपाली काँङ्ग्रेस बाजुराको प्रतिबद्ध तथा एक कुसल संगठक नेताका […]
नागरिक रैबार बाजुरा २९ माघ । बडीमालिका नगरपालिका वडा नम्बर ८ मा रहेकाे उपरकाेट बहुउद्देश्यीय सहकारी संस्थाकाे प्रथम बार्षिक साधारणसभा सम्पन्न भएकाे छ । एकका लागि सबै र सवैका लागि एक” भन्ने मुल नाराका बडीमालिका ८ मा स्थापना गरिएकाे उपरकाेट बहुउद्देश्यीय सहकारी संस्थाकाे प्रथम साधारण सभा शनिवार सम्पन्न भएकाे हाे । साधारणसभामा सहकारीका अध्यक्ष विरेन्द्र […]
नागरिक रैबार/बाजुरा २९ माघ। नेपाली काँँग्रेस प्रदेश‘ख’ को कोषाध्यक्षमा जनकबहादुर रोकायालाई मनोनित गरेकाे छ । नेपाली काँँग्रेस प्रदेश‘ख’ को शनिबार बसेको कार्य समितिको दाेस्राे पूर्ण बैठकले प्रदेश‘ख’ काे कोषाध्यक्षमा रोकायालाई मनोनित गरेको हाे । नेपाली काँँग्रेस प्रदेश‘ख’ पार्टीको दोस्रो पुर्ण बैठकले जेष्ठ सदस्यका रुपमा रहेका रोकायालाई कोषाध्यक्षमा मनोनित गरेको नेपाली कांग्रेस प्रदेश‘ख’ का सचिव चक्रराज […]
नागरिक रैबार बाजुरा २९ माघ नेकपा एमाले बडीमालिका नगर कमिटीको पूर्ण बैठक सम्पन्न भएकाे छ । नेकपा एमाले बडिमालिका नगर कमिटीकाे आयाेजनामा नगरकाे पुर्ण बैठक तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे हाे । बडीमालिका नगरपालिकाकाे सभाहलमा भएकाे नगरकाे पुर्ण बैठकले वडा स्तरमा कार्यक्रम, सल्लाहकार कमिटी गठन, युवा महिला किसान सगठन गठन लगायत कमिटी गठन गर्ने […]
काठमाडौं । बाजुरा जिल्लाका परिचित फुटबल खेलाडी दिनेश रेग्मी बी डिभिजन लिग खेल्ने बाजुराको पहिलो खेलाडी बनेका छन्। विगत लामो समयदेखि बाजुरामा जिल्ला र क्षेत्रस्तरीय फुटबल खेल्दै आएका दिनेशले काठमाडौंका विभिन्न क्लबमा आबद्ध भएर फुटबल खेलेका थिए। उनी हाल यो वर्ष हुने म्यारिट मेमोरियल बी डिभिजन लिग खेल्नका लागि टुसाल क्लब बौद्धसँग आबद्ध भएका छन् […]
नागरिक रैबार/बाजुरा २८ माघ । बाजुराको बडीमालिका र बुढीनन्दा नगरपालिकाको विचमा पर्ने पोरखे लेख क्षेत्रमा परेको हिउँ हप्ता वित्न लाग्दा समेत नपग्लिएपछि दैनिक आवतजावतमा समस्या भएको छ । पोरखे लेख क्षेत्रको सडक तथा पैदल बाटोमा परेको बाक्लो हिमपात नपग्लिएकै कारण बाजुराको सदरमुकाम मार्तडी देखि पूर्वी उत्तरी क्षेत्रमा संचालन हुने यातायातका साधान र पैदलयात्रा गर्ने स्थानीयहरुलाई […]
नागरिक रैबार/बाजुरा २६ माघ।नेकपा एमाले जिल्ला कमिटी बाजुराको माघ २५ गते सदरमुकाम मार्तडीमा बसेको पदाधिकारीको प्रथम बैठकले जिल्लाका ९ वटै पालिकामा इन्चार्ज तोकेको छ । पार्टीकाे विधान बमाेजिम जिल्लाका ९ वटै पालिकामा नेताहरुलाई पालिका इन्चार्जको जिम्मेवारी तोकेको पत्रकार सम्मेलन मार्फत एमाले बाजुराका सचिव भरत थापाले जानकारी गराएका छन् । एमाले सचिव थापाका अनुसार एमालेको पदाधिकारी […]
नागरिक रैबार/बाजुरा २६ माघ। नेकपा एमाले जिल्ला कमिटी बाजुराको माघ २५ गते सदरमुकाम मार्तडीमा बसेको पदाधिकारीको प्रथम बैठकले पार्टीका विभिन्न २४ वटा विभागहरुको गठन गरेकाे छ । पार्टीकाे विधान बमाेजिम विभिन्न २४ वटा विभागहरु गठन गरि नेताहरुलाई जिम्मेवारी तोकेको निर्णय बुधबार पत्रकार सम्मेलन मार्फत एमाले बाजुराका सचिव भरत थापाले बताएका छन् । माघ २५ गते […]
नागरिक रैबार/बाजुरा २६ माघ। नेकपा एमाले जिल्ला कमिटी बाजुराको प्रचार विभागको जिम्मेवारी युवा नेता काँशी विकलाई दिएको छ । नेकपा एमाले बाजुराको माघ २५ गते बसेको पदाधिकारीको बैठकले नेताहरुको कार्यविभाजन गर्दै पार्टीको कार्यालय सचिव समेत रहेका नेता विकलाई प्रचार विभागको जिम्मेवारी दिएको हो ।
नागरिक रैबार बाजुरा २६ माघ। बाजुरा जिल्लामा ठगि धन्दा गरेको आरोपमा ३ जनालाई कारागार चलान गरेको छ । कारागार चलान हुनेमा बामदेव बोहरा, नितेश कामी र दिपक बहादुर बुढालाई कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । मछिन्द्र बहादुर शाहीले दिएको जाहेरीका आधारमा ठगी मुद्धामा थुनचेक गर्दा उनिहरुले धरौटी तिर्न नसकेपछि जिल्ला कारागार […]
नागरिक रैबार बाजुरा २५ माघ नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी बाजुराको दोस्रो पुर्ण बैठक काेल्टीमा बस्ने भएकाे छ । नेकपा एमाले बाजुराका सचिव भरत थापाका अनुसार पार्टीको दाेस्राे पूर्ण बैठक आगामी फागुन ५ गते काेल्टीमा बस्ने भएकाे हाे । बैठकमा जिल्ला कमिटीका सदस्य, पदेन जिल्ला कमिटी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरेकाे छ । […]
नागरिक रैबार/बाजुरा २५ माघ । नेपाल विद्यार्थी संघ बाजुरा क्याम्पस इकाई समितिले बाजुरा क्याम्पसमा तालाबन्दी गरेको छ । दुईसाता अघि नेविसंघ बाजुरा क्याम्पस ईकाइले बिभिन्न चार बुदे माग राख्दै बाजुरा क्याम्पसका प्रमुखलाई ज्ञापनपत्र बुझाएको थियो । . दुईसाता अघि बुझाएको ज्ञापनपत्र मार्फत माग गरिएको कुरालाई अहिलेसम्म पनि सुनुवाई नगरेपछि नेबिसंघ बाजुरा क्याम्पस इकाई क्याम्पसमा ताला […]
नागरिक रैबार/बाजुरा २५ माघ। जिल्लाको हिमाली गाउँपालिकाले पालिका भित्र रहेका सवै विद्यालयलाई धुलोमुक्त विद्यालय बनाउने योजना अगाडि बढाएको छ ।गाउँपालिका भित्रका विद्यालयहरुबाट गुणस्तरीय शिक्षा हाँसिल गर्नको लागि शैक्षिक वातावरण पनि स्वस्थकर चाहिने र धुलो र चिसो भुइमा बसेर पढ्नुपर्ने बाध्यतालाई मध्येनजर गरेर धुलोमुक्त विद्यालय बनाउने योजना अगाडि बढाइएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले […]
नागरिक रैबार/बाजुरा २५ माघ। जिल्लाको बुढीनन्दा नगरपालिकामा बँदेलको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका वडा नं. ३ चोलुका शंकलाल बिष्टका छोरा अन्दाजी १५ बर्षिया सुरेन्द्र बिष्ट रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक धनदेव साउँदले बताएका छन् । प्रहरी निरीक्षक साउँदका अनुसार हिजो दिउसो गाउँ नजिकै छाप्रा डोरा सामुदायीक बनमा […]
नागरिक रैबार बाजुरा २४ माघ। बाजुराकी एक महिला ९ महिने छोरीसहित भारतको मुम्बईबाट बेपत्ता भएकी छन्। बाजुरा घर भई हाल भारतको महाराष्ट्र मुम्बईको नबि मुम्बई उल्बेमा बस्दै आएका महेन्द्र रावतकी १९ बर्षिया श्रीमती तारा शाही ९ महिनाकी छोरीसहित बेपत्ता भएकी हुन । माघ २२ गते साझबाट श्रीमानसंगको सामान्य विवादपछि निस्किएकी ती महिलाको अवस्था अझै अज्ञात […]
नागरिक रैबार बाजुरा २४ माघ। बाजुरामा रुखले च्यापिएर एक युवतीको मृत्यु भएको छ। आइतबार जिल्लाको त्रिवेणी नगरपालिका ९ पैमा बस्ने ३६ वर्षीया राजमती साउदको रुखले च्यापिएर मृत्यु भएको हो। प्रहरीका अनुसार घर नजिकै रहेको कोईराली वनमा दाउरा काट्ने क्रममा मृत्यु भएको हो। रुखले च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
नागरिक रैबार बाजुरा २४ माघ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी र राहत अनुदान प्राप्त नगरेका ६० विद्यालयलाई १० लाख रुपियाँका दरले अनुदान दिएको छ। तर बाजुरामा भने अनुदान पाउने बिद्यालयकाे संख्या भने शुन्य रहेकाे छ । अनुदानका लागि केन्द्रले प्रस्ताव माग गरेअनुसार १ सय ५० विद्यालयले निवेदन दिएका थिए। तीमध्ये ६० विद्यालय […]