होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
अनिल शाही बाजुरा २६ साउँन बाजुरा जिल्लामा हिजो राति देखी निरन्तर आएको अविरल वर्षा संगैको भाडी पहीरोले २७ घर वगाएको छ भने जनजिव प्रभावित भएको छ । जिल्लाको गौमुल गाउँपालिका र बडिमालिका नगरपालिकामा गए राति आएको अबिरल बर्षसंगै बुढिगंगा नदिलेको बाढिले बगाउँदा एक जना महिला बेपत्ता बनाएको छ । वाडीपहिराका कारण दुई सय बढी जनसंख्या […]
आइतबार राती आएको अविरल वर्षाले जिल्लाको बडिमालिका नगरपािलका वडा नं २ भौन्यारा बजारका अधिंकाश घर तथा पसलहरु क्षेतीग्रस्त भएका छन् । निरन्तर वर्षापछि छेउमै रहेको भौन्यारा खोलाको बहाब बढेपछि आसपासका घरहरु क्षेतीग्रस्त भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । खोलाले घर, पसल, शौचालय र घट्ट गरी १४ घरहरु बगाएको खबर पनि प्राप्त भएको र […]
नागरिक रैबार/बाजुरा २६ साउन। आईतबार राति अविरल बर्षा संगै गौमुल गाउँपालिकाबाट आएको बाढीका कारण बडीमालिका नगरपालिका ६ स्थित जडाङ्गामा निर्माण गरिएको बेलिवृज बगाएको छ । साँफे मार्तडी सडक खण्ड अन्तरगत सदरमुकाम मार्तडीसम्म सडकलाई जोड्नका लागि बेलिवृज २०६९ सालमा निर्माण गरिएको थियो । आईतबार राति आएको बाढीकै कारण बडीमालिका नगरपालिका वडा नं. २ का वडा अध्यक्ष […]
नागरिक रैबार बाजुरा २६ साउन आईतबार राती अविरल वर्षासंगै आएको बाढीले बगाउँदा बडीमालिका नगरपालिका वडा नं २ का वडा अध्यक्ष डम्बर महतकी आमा बेपत्ता भएकी छन् । सोमबार विहान बडीमालिका नगरपालिका २ घाघर स्थित नजिकैको बस्तीमा बाढी आएपछि वडा अध्यक्ष महतकी ६५ वर्षिया आमा अईसनी महत बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । […]
नहकुल जोशी/कोल्टी २२ साउन । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं ४ स्थायी घर भई हाल काठमाण्डौको थानकोट निवासी गोकुल गिरीले स्वामीकार्तिक खापर गाउँपालिकाका लागि २ हजार ५ सय थान मास्क सहयोग गर्नुभएको छ । देउडा सर्जक, समाज सेवी गिरीले कोरोनाभाईरस नियन्त्रणका लागि सहयोग पुर्याउन भन्दै गाउँपालिकालाई सो संख्यामा मास्क सहयोग गर्नुभएको हो । उहाँले […]
चक्र बहादुर अएडी/बाजुरा २२ साउन । विश्वमा फैलिएको कोरोना भाईरस कोभिड १९ ले गर्दा नेपाल सरकारले गरेको लकडाउनको प्रत्यक्ष असर विद्यार्थिहरुमा परेको छ । ईमेल ईन्टरनेट तथा संचार माध्यमको पहुचमा भएका बिद्यार्थी र बिद्यालयहरुले रेडियो टेलिभिजन बाट पठनपाठन गरिरहेका छन् । संचार माध्यमको पहुच भन्दा टाढा रहेका बिद्यार्थिहरु भने घाँस दाउरा र डुलेर विताईरहेका छन […]
नागरिक रैबार/बाजुरा २१ साउन। नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य नेता वद्रिप्रसाद पाण्डेले साँफे मार्तडी सडक तत्काल सूचारु गर्न भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलाई आग्रह गरेका छन् । बुधबार नेता वद्रीप्रसाद पाण्डेसहित पुर्व भुमिसुधार सहायक मन्त्री जनकराज गिरी, महाधिवेशन प्रतिनिधि पदमबहादुर शाही र नेविसंघ बाजुरा काठमाण्डौं सम्पर्क समितिा अध्यक्ष चन्द्र रावत सहितका नेताहरुले […]
चक्रबहादुर अएडी/बाजुरा २१ साउन। बाजुराको त्रिवेणी नगरपालिकाले एक जना असाय मानसिक रोगि चेलीको उद्दार गरेको छ । त्रिवेणी नगरपालिका वडा नम्मर ८ बस्ने बर्ष ५२ बर्षिया अम्बि गिरी लाई नगरपालिका र स्थानीयको पहलमा उद्दार गरि आर्थिक सहयोग गरेको भगतराज गिरीले जानकारि दिनु भयो । गिरीका अनुसार उद्दार गरेको महिलाको आवश्यक पालनपोषण र सुरक्षाको लागि धनगढीमा […]
निमेन्द्र शाही/ बाजुरा २१ साउन –बाजुराको पूर्वाेत्तर क्षेत्रका ४ वटा स्थानीय तहमा खाद्यान्न संकट सुरु भएको छ । त्यस क्षेत्रमा रहेका खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेडको कोल्टी डिपो र कवाडी डिपोमा खाद्यान्नको माैज्दात २ महिनादेखि शून्य छ । कोरोनाका कारण भारत र जिल्ला बाहिर रहेका मानिस भित्रिएसँगै जेठकाे दोस्रो साताबाट ती डिपोमा चामलको माैज्दात राख्न सकिएको छैन […]
बाजुरा: बाजुराको हिमाली गाउँपालिका वडा नम्बर १, २ र ३ मा प्रहरी चौकी नहुँदा बिच्छँयामा खुलेआम जडिबुटि तथा वन्यजन्तुको चोरी शिकारी भइरहेको छ। गाउँपालिकाको वडा नम्बर ३ युनामा रहेको प्रहरी चौकी एक दिनको दुरीमा तल पर्ने हिमाली गाउँपालिको –४ नम्बर कवाडीमा सरेपछि लामो समयदेखि उक्त समस्या भइरहेको छ। युनामा बस्न नसक्ने भन्दै ८ वर्ष पहिले प्रहरी […]
नागरिक रैबार/बाजुरा १९ साउन। जिल्लाको गाैमुल गाउँपालिकाबाट ५१ हजार नगदसहित ११ जना जुवाडेलाइ प्रक्राउ गरिएको छ। स्थानीयले दिएको सुराकीका आधारमा इलाका प्रहरी गाैमुलबाट खटिएको प्रहरीको गस्ति टोलीले जुवा खेलिरहेका ११ जनालाइ नगद ५१ हजार सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय बाजुरामा ल्याइने प्रहरीले बताएका प्रहरी […]
नागरिक रैबार/बाजुरा १८ साउन। बाजुराका राष्ट्रसेवक कर्मचारीहरुको वचत तथा ऋण सहकारीको पुँजी स्थापनाको १० औं वर्षमा प्रवेश गर्दा १ करोड बढी नाघेको छ । नेपाल निजामती कर्मचारी संगठन बाजुरा अन्तरगत संचालित उक्त सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/०७७ मा आफ्नो स्थापनाकालको दस वर्षमा कुल कारोवार रकम एक करोड नाघेको बताएको छ । १सय २४ जना […]
नागरिक रैबार/बाजुरा १८ साउन। बोलन्या थलीको बाजुरा यूनिट गठन भएको छ । बोलन्या थलीको आईतबार बुढीगंगाको फालासेनमा भएको बाजुरा युनिट गठन कार्यक्रमबाट भरत बुढा संयोजक रहने गरि समिति गठन गरिएको छ । बाजुराको फालासैनमा भएको कार्यक्रममा बोलन्या थलीका संस्थापक संयोजक यादब जोशीले बाजुरामा गठन भएको युनिटका संयोजक बुढा लगायतलाई स्वागत तथा सपथ ग्रहण गराएका छन् […]
नागरिक रैबार/बाजुरा १८ साउन। नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराले नेपाल पत्रकार महासंघ बाजुरा शाखालाई ४ बुदे माग सहित ज्ञापन पत्र बझाएको छ । आईतबार नेपाल प्रेस युनियन बाजुराले नेपाल पत्रकार महासंघ बाजुरा शाखालाई विभिन्न ४ बुदे माग सहित ज्ञापन पत्र बुझाएको हो । नेपाल प्रेस युनियन बाजुरा शाखाका अध्यक्ष प्रेम रौलेद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा […]
युवाहरु रास्ट्र बिकासका मेरुदण्ड ,पहरेदार,सिर्जना को स्रोत हुन नेपाल को परिद्रीश्य मा हेर्दा एकात्मक राजतन्त्र तथा जहानिया राणाशासन विरुद्धको जनजागरण अभियानको सुरुदेखि पछिल्लो मधेसआन्दोलनसम्मका परिवर्तनका नाममा भएका विभिन्न क्रान्तिमा युवाको भूमिकाको पुष्टि भइसकेको छ । गंगलाल, शुक्रराज, धर्मभक्त तथा दशरथ चन्ददेखि सुरु भएको राष्ट्रिय स्वाधीनता र प्रजातन्त्रको लडाइँदेखि प्रजातन्त्र, गणतन्त्र रलोकतन्त्र सम्म को उपलब्धि सीमारक्षाको […]
जीवन कैला/कोल्टी १७ बाजुरा। बाजुरा जिल्लाको सदरमुकाम मार्तडी पछिको ठुलो बजार कोल्टीमा एकसाता देखि खानेपानीको अभाव भएको छ । बुढीनन्दा नगरपालिकामा सञ्चालनमा रहेको कोल्टी वृहत खानेपानीको मुहान पहिरोले बगाउँदा कोल्टीमा खानेपानीको समस्या भएको हो । लगातारको अविरल वर्षाका कारण कोल्टी वृहत खानेपानीको मुहानमा पहिरो आएर पाईपलाईन छेदविच्छेद बनाएपछि कोल्टीमा खानेपानीको अभाव भएको स्थानियले बताएका छन् […]
नागरिक रैबार/बाजुरा १७ साउन ।एसएलसी सम्मको अध्ययन गरेर रोजगारीको सिलसिलामा भारतको पन्जावमा नोकरी खोज्न गएका बडीमालिका नगरपालिका ९ डुवालवाडाका २५ वर्षिया निशान्त बडुवाल मार्तडीमा अहिले एक सफल व्यवसायीका रुपमा परिचित छन् । विसं २०७१ सालको एलएलसी दिएर रोजगारीको सिलसिलामा भारतको पन्जावमा नोकरी गर्न गएका निशान्त बडुवाल करिव ३ वर्ष अघि आफ्नै भुमिमा फर्किए । भारतमा […]
नागरिक रैबार/बाजुरा १७ साउन। जिल्लाको सदरमुकाम मार्तडीसंगै जोडिएको बडीमालिका नगरपालिकाको वडा नं. ९ नेकपा वडा संगठन कमिटीले आफ्नो पहिलो वैठक विभिन्न निणर्य सहित सम्पन्न गरेको छ । ९ नंम्बर वडा संगठन कमिटीको अध्यक्षमा राजेश पायल र सचिवमा प्रकास विष्ट चयन भएपछि शनिबार बसेको पहिलो वैठकमा सहभागि भएका नेकपाका कार्यक्रताहरुले वडा नं. ९ चौराटाका नेकपाकै कार्यकर्ता […]
धन बहादुर बोहरा/बाजुरा १७ साउन। लगातारको अबिरल बर्षाका कारण बुढिनन्दा नगरपालिका वडा न ३ को मेल्डुस्काको बस्ति पहिरोको उच्च जोखिममा रहेको छ । माथि सडक र तल बस्ती भए पछि सडक भाषिएकोले पहिरो जाने डर स्थानीयले बताएका छन् । यसरी बर्षा भए पछि सडक नजिकका जमिन दर्केर चिरा चिरा भएको छ । हामीले वर्षा भए […]
नागरिक रैबार/बाजुरा १७ साउन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बडीमालिका नगरपालिका ९ नम्बर वडा संगठन कमिटीको अध्यक्षमा राजेश विक चयन भएका छन् । शनिबार एक औपचारीक कार्यक्रममा विच नेकपा बडीमालिका ९ नंम्बर वडा संगठन कमिटीको अध्यक्षमा राजेश विक र सचिवमा प्रकाश विष्ट चयन भएका हुन्। तत्कालिन एमाले र माओवादी केन्द्रको एकता पछि २०७६ मंसिरमा गठन भएको […]