होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराका बाढीपहिरो पीडितका लागि धनगढीमा राहत संकलन सुरु
बाजुरा बिशेष

बाजुराका बाढीपहिरो पीडितका लागि धनगढीमा राहत संकलन सुरु

  • नागरिक रैबार
बाजुराका बाढीपहिरो पीडितका लागि धनगढीमा राहत संकलन सुरु

नागरिक रैबार/बाजुरा २८ साउन ।  गत आइतबार आएको बाढी र पहिरोबाट पीडित बनेका परिवारका लागि धनगढीमा राहत सँकलन सूरु गरिएको छ । बाजुराका बाढी पहिरो पीडितका लागि पदम खत्री स्मृती प्रतिष्ठान बाजुराले धनगढीमा राहत संकलन गर्न सुरु गरेको छ ।

प्रतिष्ठानले बुधबार धनगढीमा एक कार्यक्रमको आयोजना गरी राहत संकलन अभियान थालनी गरेको पदम खत्री स्मृती प्रतिष्ठान बाजुराका अध्यक्ष अमरसिह खत्रीले जानकारी दिए ।

अभियान अन्तरगत बुधबार मात्रै बडिमालीका ट्रेडिङ ईन्टरप्राईजेजका संचालक राजेन्द्र खत्रीले ११ हजार पाँच सय, वानस्टप अटोमोवाईल प्रालिका संचालक अभियन खड्काले १० हजार एक सय ११, शुभश्री बडिमालिका ट्रेड सेन्टरका संचालक तथा नेपाली काँग्रेस बाजुराका सचिव रनसिहबहादुर आयडीले पाँच हजार एक सय, चर्चित डेउडा गायक नरेन्द्रराज रेग्मीले तिन हजार एक सय ११, स्व. पदम खत्रीका छोराहरु साउदी अबरमा रोगजार गर्दै आएका नरेन्द्र खत्रीले १० हजार, हाल दिल्ली निवासी लछी खत्रीले पाँच हजार, एएलबी ट्रेड एण्ड सप्लायर्स प्रालिका लोकेन्द्र खत्रीले पाँच हजार एक सय ११ तथा एमएडब्लु भिर्दीको आधिकारिक बिक्रेता जयमष्टा अटोमोटभ्सि प्रालिका खेम रावतले पाँच हजार एक सय ११ आर्थिक सहयोग गरी अभियान सुरु गरेका हुन् ।

विज्ञापन

राहत संकलन अभियानको आरम्भ कार्यक्रममा पदम खत्री स्मृती प्रतिष्ठानका सल्लाहकार संयोजक कर्णबहादुर थापा, नेपाली काँग्रेस बाजुराका सचिव रनसिहबहादुर अयडी, नेवि संघ कैलाली बाजुरा सम्पर्क समितिका अध्यक्ष अशोक थापा, सदस्य नवराज खत्री, गोकुल शाह र बडिमालीका ट्रेडिङ ईन्टरप्राईजेजका संचालक गोविन्दराज रेग्मीले उपस्थिती रहेको थियो ।

बुधबार सुरु गरेको अभियान बिभिन्न स्थानबाट राहत संकलन गरी भाद्र पहिलो साता बाडिपिडितहरुलाई हस्तान्तरण गरिने पदम खत्री स्मृती प्रतिष्ठानका कोषाध्यक्ष राजेन्द्र खत्रीले जानकारी दिए ।

बाडिपहिरोले बाजुराको गौमुल गाउँपालिका, बडिमालिका नगरपालिका, बुढीगंगा नगरपालिका र त्रिबेणी नगरपालिकाका लगाएत अधिकांश क्षेत्र बाढी तथा पहिरोका कारण जनता प्रभाबित भएका छन् । गौमुलगाँउपालिका २ अजयटोड्कीको झुलङ्गे पुलबगाँउदादुई दिन गाँउनै सम्पर्क बिहिन बनेको छ । झुलङ्गे पुलबगाँउदा तलदुुगन र मल दुुगुनको आवागमन ठप्पभएको छ ।

बुढिगंगा नदिमाआएको बाढिले साफे मार्तडी सडक पर्ने जडाङ्गाको बेलीब्रिज समेत बगाएको छ । अहिले बाजुरा सदरमुकाम जाने समेत सडक सम्बन्ध समेत अबरुद्ध भएको छ । बेलीबिज्र बगाए सँगै सदरमुकाममार्तडी सम्मको सडक यातायात सम्र्पक टुटेको छ । बुढिगंगा नदिमाआएको बाढिले नदिमा रहेका ५ वटा झुलङ्गे पुल बगाएको छ । उता गौमुल गाँउपालिका ३ वटा र २ वटा बडिमालिका नगरपालिकामा रहेका झुलङ्गे पुल बगाएको छ ।

बाजुराको मुख्य राजमार्ग साफेँ मार्तडी सडक खण्डपनी क्षदबिक्षेद भएको छ । सोे सडकको ६२ ठाउँमा पहिरो गएका छन । पुल बगाँउदा एक गाँउ बाट अर्को गाँउको आवतजावत सँगै सम्पर्क बिक्षेत भएको छ । मुख्य सडक खण्डमा रहेका दुईवटा पुल बगाइ सकेको छ । ताप्रिसेरामा रहेको पक्किपुल २ हप्ता पहिला बगाएको थियो भने बेलिब्रिज आईतवार राति बगाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार