होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मार्तडी भित्रिन लागेको अवैध मदिरा बरामद गरि नष्ट
समाचार

मार्तडी भित्रिन लागेको अवैध मदिरा बरामद गरि नष्ट

  • नागरिक रैबार
मार्तडी भित्रिन लागेको अवैध मदिरा बरामद गरि नष्ट

नागरिक रैबार/बाजुरा २९ साउन। जिल्लाको सदरमुकाम मार्तडीमा ल्याउन लागेको अवैध मदिरा अस्थाई प्रहरी पोष्ट रिठाबजारले बरामद गरि नष्ट गरेको छ ।

अछाम साँफेबगरबाट से.१ ज २२२४ नम्बरको जीपमा चाउचाउसंगै लुकाईछिपाई मार्तडी ल्याउँदै ५५ पेटी अवैध मदिरा अस्थाई प्रहरी पोष्ट रिठाबजार बाजुराले बरामद गरि नष्ट गरेको हो ।

बुधबार साँझ प्रहरीले चेकजाँच गर्ने क्रममा सन्तरा नामक ४९ पेटी, लिची नामक १ पेटी र क्वालिटी नामक ५ पेटी गरी जम्मा ५५ पेटी मदिरा बरामद गरी विहिबार दिउसो स्थानीयको हवरमा मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रवक्ता तथा प्रहरी निरिक्षक लोकेन्द्रसिंह ठगुन्नाले बताए ।

विज्ञापन

मदिरा ओसार पोसारमा संलग्नलाई स्थानीय तहको नियम अनुसार जरिवाना गरी छाडेको प्रहरीले बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार