होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • वेड नभएपछि विरामीलाई घर फर्काउँदै बाजुरा अस्पताल
स्वास्थ्य-जीवनशैली

वेड नभएपछि विरामीलाई घर फर्काउँदै बाजुरा अस्पताल

  • नागरिक रैबार
वेड नभएपछि विरामीलाई घर फर्काउँदै बाजुरा अस्पताल

नागरिक रैबार/बाजुरा २९ साउन। बडीमालिका नगरपालिका वडा ८ का ८१ वर्षका वृद्ध काल्चे रावल लामो समयदेखि दम र फोक्सोको समस्याका कारण विरामी छन् ।

दम र फोक्सोको समस्याका कारण थला परेर घरमा बस्दै आएका रावललाई विहिबार एकाएक स्वास्थ्यमा जटिल समस्या आएपछि नाति विरेन्द्र रावलले सकि नसकी बाजेको स्वास्थ्य चेकजाँच गर्न जिल्ला अस्पताल बाजुरामा पुर्याए ।अस्पतालमा पुग्ने वित्तिकै विरामीको नाम दर्ता गराए । नाम दर्ता पछि रावल बाजे लाई लिएर विरामी जाँच्ने ओपिडि कक्षमा गए ।

ओपीडि कक्षमा पनि अन्य विरामीहरु स्वास्थ्य चेकजाँच गर्नका लागि लाईनमा लागेको देखेपछि विरेन्द्र रावल पनि बाजेको स्वास्थ्य चेकजाँज गर्नका लागि लाईनमा बसे र उनको पालो आयो डाक्टरले रावललाई चेकजाँच गरे डाक्टरले चेकजाँच गरेपछि ८१ वर्षका रावललाई तत्कालै भर्ना हुन् सल्लाह दिए ।

विज्ञापन

डाक्टरको सल्लाह अनुसार विरामी बाजेलाई लिएर विरेन्द्र रावल अस्पतालको भर्ना गर्ने वार्डमा त गए तर वार्डमा भएका स्वास्थ्यकर्मीले उनलाई वेड खाली छैन् भनेर घर लैजानु भनेपछि निराष हुँदै विरेन्द्र रावल विरामी बाजेलाइ लिएर घर फर्किएका छन् ।

यता जिल्ला अस्पताल बाजुराका प्रमुख डाः रुपचन्द्र विश्वकर्माले अहिले अस्पताल निर्माणाधिन अवस्थामा रहेकाले अस्पतालमा आएजति विरामीहरुलाई बेडमा भर्ना गरेर उपचार गर्न समस्या भएको बताएका छन् । अस्पतालमा आउने विरामीहरुको स्वास्थ्य अवस्था हेरेर मात्र विरामीलाई वेड भर्ना गर्न सकिने डाक्टर विश्वकर्माको भनाईछ ।

 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार