होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, चैत्र २५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • छोराले आफ्नै आमाको काजकिरिया गर्न समेत पाएनन्
समाचार

छोराले आफ्नै आमाको काजकिरिया गर्न समेत पाएनन्

  • नागरिक रैबार
छोराले आफ्नै आमाको काजकिरिया गर्न समेत पाएनन्

नागरिक रैबार
बाजुरा २६ बैशाख
बडीमालिका नगरपालिका ९ की एक वृद्ध महिलाको निधन हुँदा उनका छोराले काजकिरिया गर्न समेत पाएनन् ।
बडीमालिका ९ माझ गाउँघर भएकी अन्दाजि ६५ वर्षीय वृद्धको आईतबार निधन भएपछि मृतकका छोराले आमाकोे काज किरिया गर्नबाट समेत वञ्चित भएका हुन् ।
लामो समयदेखि दमको बिरामी रहेकी वृद्ध महिलाको आईतबार विहान घरमै निधन भएको थियो । हिन्दु परम्परा अनुसार आमा बावुको मृत्यु हुँदा छोराले काजकिरिया गर्नुपर्ने संस्कार छ । तर मृतकका छोरामा केही दिन अघि जिल्ला अस्पताल बाजरामा कोरोना परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । कोरोना संक्रमित भएकै कारण गाउँलेहरुले उनलाई आफू सुरक्षित हुन र अरुलाईपनि सुरक्षित हुन आग्रह गरेपछि निज छोराले आमाको काजकिरिया नगर्ने भनि रुदै स्वीकार गरेका हुन् ।
यतिबेला उनी कोरोना संक्रमित भएपछि थप पीडामा परेका छन् भने आमाको काज किरिया गर्नबाट समेत वञ्चित भएका उनी घरमै सुरक्षित भएर बसेका छन् । मृतकका २ छोरामध्ये १ अर्का छोरा रोजगारीका लागि भारत गएका छन् । मृतक महिलाको उनका देवर नातापर्ने जया लवारले किरियाकाज गरेका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै