होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • मनकारी वडा अध्यक्ष जसले विरामी बोक्न निशुल्क गाडी दिए
बाजुरा बिशेष

मनकारी वडा अध्यक्ष जसले विरामी बोक्न निशुल्क गाडी दिए

  • नागरिक रैबार
मनकारी वडा अध्यक्ष जसले विरामी बोक्न निशुल्क गाडी दिए

नागरिक रैबार/बाजुरा २९ बैशाख। जिल्लामा नयाँ भेरिएन्ट सहितको कोभिड-१९ को संक्रमण फैलिएसंगै दिनप्रतिदिन संक्रमितको संख्या वृद्धि हुँदै गईरहेको छ । जिल्लामा हालसम्म २ सय बढी सक्रिय संक्रमितहरु छन् भने ४ जनाको कोरोनाकै कारण मृत्यु भईसकेका छन् ।

यसै विच जिल्लामा कोही पनि कोभिडको विरामीलाई उचारका लागि एकठाउँबाट अर्को ठाउँसम्म लैजान समस्या नहोस भन्ने उद्देश्यले बडीमालिका नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष प्रकाश रावलले आफ्नो निजि गाडीलाई यो महामारिका बेला विरामी बोक्नका लागि निःशुल्क दिएका छन् ।

जिल्लामा पछिल्लो समयमा कोरोना संक्रमण तिव्र रुपमा फैलिएसंगै संक्रमितको संख्या पनि दिनानुदिन बृद्धि भएपछि वडा अध्यक्ष रावलले संक्रमितहरुको सेवाका लागि आफ्नो बोलेरो नामको निजि गाडी निःशुल्क प्रयोग गर्न बडीमालिका नगरपालिकालाई दिएका हुन् ।

विज्ञापन

नेपाली काँग्रेसबाट निर्वाचित नेपालकै कान्छो वडा अध्यक्ष भनेर परिचित रहेका वडा अध्यक्ष रावलले कोहि पनि व्यक्ति संक्रमित भई अस्पतालसम्म जानु परेमा र शव व्यवस्थापनका लागि आफ्नो गाडी निःशुल्क प्रदान गरेको बताएका छन् । उनले यो महामारीका बेला सवैले आआफ्नो क्षेत्रबाट सहयोग गर्न आवश्यकता रहेको बताए । पहिले त यो महामारी विरुद्ध सबै एकजुट हुन र नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अपनाउन समेत सवैलाई आग्रह गरेका छन् ।

वडा अध्यक्ष रावलको निजि गाडीका ड्राइभरले पनि यो महामारीका बेला गाडी चलाएर मानवीय सेवा गर्न पाउनु ठुलो अवसर भएको बताएका छन् । कोरोना संक्रमित बिरामीहरु बोक्नका लागि वडा अध्यक्ष रावलले बडीमालिका नगरपालिकालाई गाडी दिएपछि संक्रमित बिरामी बोक्न र शव ब्यबस्थापनमा सहज हुने बडीमालिका नगरपालिकाकी उप-प्रमुख बिष्टले वताएकी छन् ।

उसो त जिल्लामा चारपाँच वटा एम्वुलेन्सहरु छन् । ति एम्वुलेन्सहरु अहिले प्रयोग विहिन अवस्थामा छन् । जिल्ला अस्पताल बाजुरासंग एउटा एम्वुलेन्स पनि छैन् । कोरोनाका कारण मृत्यु भएपछि शव लाई बोक्ने शव बहान समेत अस्पताल संग छैन् ।

वडा अध्यक्ष प्रकाश रावलले जस्तै यो महामारिको बेलामा निजि तथा सरकारी गाडीहरु प्रयोगमा ल्याइएभने जिल्लामा कोभिडका कारण समस्यामा परेका धेरै जसो विरामीहरुलाई सहज हुने दखिन्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार