
बाजुराकाे खप्तड छेडेदह गाउँपालिका–६ का वडाध्यक्ष हर्कबहादुर विष्टको ५० वर्षको उमेरमा निधन भएको छ। क्यान्सर रोगबाट पीडित उनको गए राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ। २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसबाट निर्वाचित विष्ट समाजसेवीसमेत थिए। उनको निधनप्रति गाउँपालिका शोकमग्न बनेको छ। गाउँपालिकाले एक दिन शोक बिदा र आधा झन्डा झुकाउने निर्णय गरेको छ भने अन्तिम संस्कार आजै गरिने बताइएको छ।



फेसबुक प्रतिक्रियाहरु