होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • सेति लाेकमार्ग निर्माणमा ध्यान दिन बाजुराका सांसद गिरीकाे ध्यानाकर्षण
Breaking News

सेति लाेकमार्ग निर्माणमा ध्यान दिन बाजुराका सांसद गिरीकाे ध्यानाकर्षण

  • नागरिक रैबार
[sharethis-inline-buttons]
सेति लाेकमार्ग निर्माणमा ध्यान दिन बाजुराका सांसद गिरीकाे ध्यानाकर्षण

बाजुराबाट निर्वाचित प्रतिनिधि सभा सदस्य जनक राज गिरीले सुदूरपश्चिमको सेति लोकमार्ग निर्माणमा ध्यान दिन सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबारको बसेको प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद गिरीले सुदूरपश्चिमको पहाडी जिल्लाको गौरवको आयोजनाका रुपमा रहेको सेति लोकमार्ग निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले भने, यो सडक सुदूपश्चिमका पहाडी जिल्लालाई तराइसंग जोड्न सवैभन्दा छोटो दुरी पर्ने भएकोले यसलाई समयमै निर्माण गर्न माग गरेका हुन् ।
हालसम्म सेती लोकमार्गको निर्माण कछुवा गतिमा भइरहेकोले सुदूरपश्चिमका पहाडी जिल्लाका नागरिकहरुलाई तराइँ पुग्न धेरै समय लाग्ने गरेको छ । सेती लोकमार्ग निर्माण भएपछि बाजुरा अछाम, बझागं डोटी लगायतका जिल्लाका नागरिकहरुलाई सहज हुने छ । अहिले बाजुराबाट मात्रै करिव १२ घण्टा धनगढी पुग्न समय लाग्ने गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै