
बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार जनक कुमार गिरीले सुरुदेखि आफ्नाे अग्रता कायमै राखेका छन् । पछिल्लाे मत परिणाम अनुसार उनले नेकपा एमालेका लालबहादुर थापालाइ पछि पार्दै अग्रता कायम राखेका हुन् ।


गिरीले ८,६८७ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार लालबहादुर थापा भन्दा गिरी ४७० मतले अगाडि रहेका छन् । त्यस्तै एमालेका थापाले ८२१७ मत ल्याएका छन् । तेस्राेमा भने राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापा रहेका छन् । उनले ३४९५ मत पाएका छन् । यहाँ नेपाली कम्युनिष्ट पार्टीका प्रकाश शाह चाैथाे स्थानमा रहेका छन् उनले १७७१ मत ल्याएका छन् ।
अहिले सम्म बुढीगंगा खप्तड क्षेडेदह जगन्नाथ हिमाली गाउँपालिकाकाे मतगणना सकिएकाे छ भने अहिले गाैमुल गाउँपालिकाकाे गणना भइरहेकाे छ । अझै त्रिवेणी बडीमालिका र बुढीनन्दा नगरपालिकाको भने गणना हुन् बाँकी रहेकाे छ ।
विज्ञापन


मतगणना जारी रहेकाले अन्तिम परिणाम परिवर्तन हुन सक्ने सम्भावना रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु