होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बाजुरामा प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। यसपटकको चुनावमा कुनै झडप वा विवाद नभएर मतदान प्रकृया सम्पन्न भएकाे बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिएका छन्। जिल्लामा रहेका ८७ हजार ८ सय ६१ जना मतदातामध्ये ४४ हजार ७७३ जनाले मतदान गरेका छन्। जिल्लामा निर्वाचन सम्पन्न गर्न ७७ वटा मतदानस्थल र १ सय […]
राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट बाजुरामा प्रत्येक्ष उम्मेदवार रहेका हेमराज थापाले मतदान गरेका छन् । उनले विहान बुढीगंगा नगरपालिका १ मा रहेकाे धुरालसैन माविकाे मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् । मतदानपछि उनले सबैलाई स्वस्थ र शान्तिपूर्ण तरिकाले मतदानमा सहभागि हुन् अनुराेध समेत गरेका छन् ।
सुदूरपश्चिमको पहाडी जिल्ला बाजुरामा विहान ७ बजेबाट सूरु भएकाे मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ। बिहानैदेखि मतदाताहरू उत्साहका साथ मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्। जिल्लाका विभिन्न मतदान केन्द्रहरूमा मतदाताको उल्लेख्य उपस्थिती देखिएको छ। सुरक्षा व्यवस्था कडा पारिएकाले अहिलेसम्म कुनै अप्रिय घटना नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। मतदानलाई व्यवस्थित बनाउन नेपाल प्रहरी, सशस्त्र […]
आगामी निर्वाचनलाई लक्षित गर्दै बाजुरा जिल्लामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। विगतका घटनाक्रम र जिल्लाको संवेदनशील अवस्थालाई मध्यनजर गर्दै सुरक्षाकर्मीहरूलाई रणनीतिक रूपमा परिचालन गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ। मतदान केन्द्रहरूमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली खटाइएको छ। सुरक्षा निकायका अनुसार मतदान स्थल वरपर कडा चेकजाँच, गस्ती तथा निगरानी बढाइएको […]
लागु औषध विरुद्धको प्रदेश स्तरीय अभियान–२०८२ को अवसरमा बाजुरा जिल्लाका प्रेम नेपाली ‘उत्कृष्ट युवा पुरस्कार’बाट सम्मानित भएका छन्। लागु औषध दुरुपयोग नियन्त्रण, युवामाझ सचेतना फैलाउने तथा सामाजिक अभियानमा सक्रिय भूमिका खेलेकाे भन्दै नेपालीलाई रु. ५ हजार नगदसहित सम्मान–पत्र प्रदान गरिएको हो। नेपाली आफ्नो कार्यक्षेत्रमा आदर्श युवा सावित भई जिल्लामा प्रेरणादायी भूमिका निर्वाह गर्दै आएका छन्। […]
बुढीनन्दा नगरपालिका वडा नम्वर ३ मा रहेको श्री पञ्च लक्ष्मी आधारभुत विद्यालयका बालवालिकालाई चिसो छल्न न्यानो लुगा (स्वीटर) वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत बालवालिकाहरुका लागि १ सय ६४ थान न्यानो लुगा (स्वीटर) वितरण गरिएको हो । समाजसेवी एंव कलाकार धनलाल चंदाराको पहलमा चिसो मौसमलाई लक्षित गर्दै उक्त लुगा वितरण गरिएको विद्यालयले जनाएको छ । […]
गायक तथा संगीतकार विनोद बाजुरालीको गुण्डा कि डाँका बोलको सार्वजनिक भएको छ । शुक्रबार विनोद बाजुराली अफिसियल युट्युव च्यानल मार्फत उक्त गीत सार्वजकि भएको हो । गीत संगीतको बजारमा केही नयाँ र फरक तरिकाले प्रस्तुत हुने गरि गीत ल्याएको बाजुरालीले ल्याएका हुन् ।सार्वजनिक भएको गीतमा विनोद बाजुराली गुण्डाको भेषमा फरक भुमिकामा देखिएका छन् । पछिल्लो […]
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई बाजुरामा स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउने गरि बाजुराका उम्मेदवारहरुले सामूहिक प्रतिबद्धता गरेका छन्। बिहिबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराको आयोजनामा बडीमालिका नगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत उम्मेदवारहरूले ९ बुँदे संयुक्त प्रतिबद्धता पत्रमा हस्ताक्षर गरी सार्वजनिक गरेका हुन्। उम्मेदवारहरूले निर्वाचनका बेला प्रचार–प्रसार मर्यादित र अहिंसात्मक बनाउने, निर्वाचन […]
बाजुरा जिल्लामा आगामी निर्वाचनका लागि मतदाता र मतदान संरचना सम्बन्धी विवरण सार्वजनिक गरिएको छ। प्राप्त तथ्यांकअनुसार जिल्लामा कुल ८७ हजार ८६१ जना मतदाता रहेका छन्। कुल मतदातामध्ये ४५ हजार ४२८ जना पुरुष र ४२ हजार ४३१ जना महिला रहेका छन् भने २ जना अन्य समूहका मतदाता रहेका छन्। निर्वाचनलाई व्यवस्थित र सहज बनाउन जिल्लाभरि ११८ […]
नेकपा (एमाले) परित्याग गरेका प्रकाशबहादुर शाहलाई बाजुराबाट नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधि सभाका लागि सर्वसम्मत रुपमा एकल नाम सिफारिस गरेको छ । शाहलाई बाजुराकाे प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा लड्नका लागि एकल नाम सर्वसम्मत सिफारिस गरिएको हो । उनले केहि महिना अघि मात्रै एमाले अध्यक्ष केपी शर्मा ओली ‘जबजको चिरहरणतर्फ अग्रसर’ भएको भन्दै पार्टी परित्याग गरेका थिए । […]
बडीमालिका नगरपालिका-९ स्थित द्वारीका आधारभुत विद्यालयका विद्यार्थीलाई न्यानो लुगा वितरण गरिएकाे छ । जेपी कन्ट्रक्सन एण्ड सप्लायर्सकाे सहयाेगमा विद्यार्थीलाई न्यानाे लुगा वितरण गरिएकाे विद्यालयका प्रधानाध्यापक अमर बिश्वकर्माले बताएका छन् । उनका अनुसार द्वारीका आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्षकाे आर्थिक सहयोगमा विद्यालयका विद्यार्थीहरूलाई न्यानो लुगा वितरण गरिएकाे हाे । बुधवार विद्यालयमा एक कार्यक्रमका बिच उक्त सामाग्री […]
त्रिभुवन विश्वविद्यालयका नियम तथा स्ववियु व्यवस्थापनसम्बन्धी विभिन्न त्रुटि र अनियमितता सच्याउन विद्यार्थी नेता धर्मराज तिमिल्सिनाले विश्वविद्यालय प्रशासनसँग माग गरेका छन्। तिमिल्सिनाले त्रिवि संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को परिच्छेद ८२, नियम २४८ मा “संघ–संगठन त्याग्न नपाइने” प्रावधान थप्न माग गरेका हुन्। उनका अनुसार, निर्वाचित स्ववियु पदाधिकारीले पदावधि पूरा नहुन्जेल संगठन परिवर्तन गर्न नपाउने […]
बाजुराको ग्रामीण गाउँ स्वामिकार्तिक खापर गाउँपालिका ३ काे जुकाेटमा जन्म भइ बाजुरामै हुर्केका प्रभाव शाही ठकुरी हाल नेपाली फिल्म उद्योग र रंगमञ्चमा उदाउँदै गरेका सशक्त कलाकार, निर्देशक समपादक र सामाजिक कार्यकर्ताका रूपमा चिनिन थालेका छन । सुदूरपश्चिमकाे दुर बाजुराबाट सुरु भएको उनको यात्रा अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कला–मञ्चतर्फ उन्मुख हुँदै गएको छ। सुदूरपश्चिम प्रदेशका एक […]
बाजुराका त्रिवेणी नगरपालिकास्थित तोली देवलडाँडा माध्यमिक विद्यालयमा मंसिर ६ गतेदेखि श्री बडीमालिका मष्टोदेवल ज्ञान–विज्ञान धार्मिक महा-महोत्सव आयाेजना हुने भएको छ । महायज्ञको एक कार्यक्रमका विच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले गर्ने उद्घाटन गर्ने कार्यक्रम तय गरिएको आयोजक समितिले जनाएको छ। मंसिर ६ गतेबाट सुरु हुन लागेको धार्मिक एवं ज्ञान विज्ञान महा-महाेत्सव महायज्ञ मंसिर १४ गतेसम्म […]
पाँचौ अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्णपदक जित्न सफल भएका सागर धामीलाई सम्मानित गरिएको छ । स्वर्णपदक विजेता धामीलाई बाजुरा युथ कनेक्ट संस्थाको तर्फबाट सोमबार एक औपचारिक कार्यक्रमका विच काठमाण्डौंमा सम्मानित गरिएको हो । बाजुराकाे स्वामिकार्तिक खापर गाउँपालिका घर भएका धामीले २०८० असाेजमा भएकाे पाँचौ अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्णपदक जित्न सफल भएका थिए । धामीलाई सम्मान गर्दै […]
बाजुराकाे बडीमालिका नगरपालिकाले मार्तडी बजार क्षेत्रमा अव्यवस्थित पार्किङ र सडक छेउछाउमा थुप्रिएको निर्माण सामग्री हटाउन ७ दिने अल्टिमेटम जारी गरेको छ। नगर कार्यपालिकाले २८ गते एक सार्वजनिक सूचना जारी गर्दै यातायात व्यवसायीलाई बसपार्क बाहिर सवारी पार्किङ नगर्न निर्देशन दिएको हो। सूचनामा मुख्य राजमार्गलगायत सडक छेउमा राखिएको गिट्टी, बालुवा, ढुंगा, इँटाजस्ता निर्माण सामग्री तुरुन्त हटाउन आग्रह […]
काठमाण्डौं २८ कार्तिक। बाजुरा जिल्ला स्तरीय सेभन ए साईड फुटसल प्रतियोगिताको काठमाण्डौंमा सूरु गरिएको छ । बाजुरा युथ कनेक्टको आयोजनामा उक्त प्रतियोगिता आजबाट काठमाण्डौंमा सुरु गरिएको हो । प्रतियोगिताको आज एक औपचारिक कार्यक्रमका विच पुर्व राष्ट्रिय खेलाडी, पुर्व कप्तान अनिल गुरुङ्गले उद्धघाटन् गरेका हुन् । प्रतियोगिता किर्तिपुरको मतस्य नारायण रिक्रिएसन केन्द्रको फुटसल ग्राउन्डमा संचालन गरिएको […]
नेकपा एमालेका केन्द्रीय सदस्य प्रकाश शाहले बुधबार मात्र नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका थिए । नेकपा एमालेमा विगत १ दशकदेखि केन्द्रीय सदस्य रहेका शाहले एकाएक एमाले छाडेर पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल लगायतकाे नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेपछि उनकाे गृह जिल्लाबासी कार्यकर्ता निरास बनेका थिए । बाजुरामा नेकपा एमालेकाे तेस्राे वरियतामा रहेका नेता […]
काठमाण्डाैं २७ कार्तिक । राजधानी काठमाण्डौंमा बाजुरा जिल्ला स्तरीय सेभन ए साईड फुटसल प्रतियोगिताको आयोजना गरिने भएको छ । बाजुरा युथ कनेक्टको आयोजनामा कार्तिक २८ गते शुक्रबारका दिन उक्त प्रतियोगिता काठमाण्डौंमा आयोजना गरिने भएको हो । विहिबार बाजुरा युथ कनेक्टले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर उक्त प्रतियोगिता संचालनबारे जानकारी गराएको हो । बाजुरामा स्थाई घर […]
बुढीनन्दा नगरपालिकाको आयोजना तथा एक एक पाइला नेपालको सहयोगमा बाजुराको कोल्टी आधारभूत अस्पतालमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट ४२१९ जनाले उपचार सेवा प्राप्त गरेका छन्। कार्तिक २४ गतेदेखि २६ गतेसम्म सञ्चालन गरिएको तीनदिने शिविरमा विभिन्न विशेषज्ञ चिकित्सकहरूको टोलीले सेवा प्रदान गरेको थियो। शिविरमा १४३ जनाको आँखा (मोतिविन्दु) शल्यक्रिया, र १९ जनाको नाक, कान र घाँटी (ENT) […]