होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
मदन विक-सूचना र सञ्चारमा सहजता पुग्न सके मात्र विकासको गति तीव्र हुन्छ, २०७९ सालकाे चुनावी घाेषणा पत्रमा लेखेकाे कुरा गाउँगाउँ टोलटोल सम्म पुगेर मतदातासंग नगर प्रमुख रामबहादुर बानियाँले भनेका थिए । हाे आज त्यही सपना अहिले विस्तारै वास्तविकतामा रूपान्तरित हुँदैछ। बुढीगंगा नगरपालिकाकाकाे प्रशासनिक कार्यालयसंगै वडा नम्वर १, ४, ५ र ६ नम्बर वडामा पहिले नै […]
बाजुरा मार्तडी-कोल्टी सडकमा करिव चार महिनापछि बससेवा पुनः सञ्चालनमा आएको छ । बर्षा र पहिरोका गएको असार पहिलो सातादेखि अवरुद्ध भएको बस सेवा मंगलबारदेखि पुनः संचालनमा आएको हो। मार्तडीबाट महाकाली यातायात प्रालिको बस मंगलवार कोल्टीका लागि छुटेको छ। सडकका खसेको पहिरोलाई पन्छाएर सडक मर्मत गरेसंगै मार्तडी कोल्टी बस सेवा नियमित संचालन भएको बुढीनन्दा नगरपालिकाका नगरप्रमुख […]
चाडपर्वलाई लक्षित गर्दै बाजुराको गौमुल गाउँपालिकामा पनि सहुलियत दरमा चामल बिक्री सुरु गरिएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मार्तडीले गाउँपालिकाको समन्वयमा गाउँमै चामल बिक्री वितरण थालेको हो। यसअघि स्थानीयहरूलाई सहुलियत दरको चामल लिन मार्तडीसम्म आउनुपर्ने बाध्यता थियो। अब गाउँमै बिक्री सुरु भएपछि नागरिकलाई सहज भएको छ। गाउँपालिकाकी उपाध्यक्ष सीता थापाका अनुसार, […]
नेपाल विद्यार्थी संघ (नेविसंघ) बाजुराले भदौ २३ र २४ गते काठमाडौंसहित देशभर भएको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन माग गरेको छ। नेविसंघको केन्द्रीय सर्कुलरअनुसार बाजुराले प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलमार्फत अन्तरिम सरकारलाई सरकारी संरचना र नेताहरूको घर जलाउने तथा ध्वस्त पार्नेहरूविरुद्ध कारबाहीको मागसहित ज्ञापनपत्र बुझाएको नेविसंघ बाजुराका अध्यक्ष जनक […]
बाजुराको बुढीगंगा नगरपालिकाले पालिकामा कार्यरत करार, ज्यालादारी र अस्थायी रूपमा कार्यरत कर्मचारीहरूको करार अवधि थप नगर्ने निर्णय गरेको छ । नगरपालिकामा बिहीबार बसेको ४९औं कार्यपालिका बैठकले हाल कार्यरत करिब एक सयभन्दा बढी अस्थायी कर्मचारीलाई कार्तिक १ गतेदेखि काममा नलगाउने निर्णय गरेको नगरप्रवक्ता हेरमाराज जैशीले जानकारी दिएका छन् । संघीय तथा प्रदेश सरकारले जारी गरेको ऐनअनुसार […]
हुम्लाबाट सुर्खेत जाँदै गरेको यात्रुबाहक बस बाजुराको जगन्नाथ गाउँपालिका–३, बेर्मा नजिकैको भलिया बगरमा दुर्घटनामा परेको छ। हुम्लाबाट सुर्खेत तर्फ जाँदै गरेकाे कर्णाली प्रदेश ०२००१ ख ०८९० नम्बरकाे बस बिहिवार दिउसाे दुर्घटनामा परेकाे हाे । घटनामा तीन जना यात्रु घाइते भएका छन्। घाइतेहरूमा मुगुका १८ वर्षीय विशाल बिक, दैलेखकी दिपा सोनाम, र ४५ वर्षीया प्रेमकला दमाई […]
प्रधानमन्त्री शुसिला कार्कीको प्रेस सल्लाहकारमा पत्रकार रामबहादुर रावल नियुक्त हुने भएका छन् । उनलाई प्रधानमन्त्री कार्कीले प्रेस सल्लाहकारमा नियुक्त गर्न लागेकी हुन् । बाजुराको बडीमालिका नगरपालिका-८ मा जन्मिएका कान्तिपुर टेलिभिजन, नेपाल साप्ताहिक, नेपाल एफएम, ग्यालेक्सी फोरके टेलिभिजन लगायत विभिन्न सञ्चारमाध्यमका समाचार कक्षको नेतृत्व गरेको अनुभव छ। पछिल्लो समय रावल नेपाल खबरका सम्पादक थिए । उनले […]
बाजुराको सदरमुकाम मार्तडीमा ‘बाजुरा कप २०८२’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता २२ देखि २६ गतेसम्म मालिका माध्यमिक विद्यालय मार्तडीमा हुन लागेको हो । बाजुरा कप २०८२” नामक ७ ए साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको हो। प्रतियोगितामा जिल्लाभरिका विभिन्न टिमहरूले सहभागिता जनाउने आयोजकले बताएको छ । प्रतियोगितामा सहभागी हुने खेलाडीहरू र टिमहरूले […]
मदन विक/बाजुरा १८ असोज । बाजुराका एक युवकको भारतमा मृत्यु भएको छ । मृत्यु हुनेमा बडीमालिका नगरपालिका ४ रिला घर भएका अन्दाजी वर्ष २८ का नरेन्द्र नाथ रहेका छन् । भारतको नयाँ दिल्लीबाट नेपाल आउने क्रममा पिलिभित बिसलपुर सडकस्थित नाथ चढेको ट्याक्सीको टायर बदल्ने क्रममा बिपरित दिसाबाट आएको ट्रकले नाथसहितलाई ठक्कर दिदा उनको घटना स्थलमै […]
रुपन्देही जिल्ला शैनामैना नगरपालिका–६ मायापथ सुन्दरवस्तीकी सिता मरासिनी बाजुराबाट विगत ८ दिनदेखि बेपत्ता भएकी छन्। करीब १७ वर्षदेखि स्वामीकार्तिक खापर गाउँपालिका–२ छुदरीस्थित गंगा आधारभूत विद्यालयमा शिक्षण पेशामा संलग्न मरासिनी भाद्र ३० गतेदेखि सम्पर्कविहीन भएको परिवारले जनाएको छ। उनका श्रीमान् नेत्र प्रसाद ज्ञवालीका अनुसार विभिन्न स्थानमा खोजतलास गर्दा समेत हालसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन। […]
सुदूरपश्चिमका चर्चित देउडा गायक प्रकाश थापाको प्रदेशी जीवनसंग जोडिएको ‘पहेँली धानका बाला’ को सिक्वयल ‘पहेँली धानका बाला–२’ देउडा गीत सार्वजनिक भएको छ । २०६१ सालमा मुटु जल्याकै छ नामक एल्बममा समावेश उक्त देउडा गीतको दुई दशकपछि सिक्वयल ‘पहेँली धानका बाला–२’ देउडा गीत सार्वजनिक भएको हो । गायक थापाको स्वरमा पहेँली धानका बाला गीत तेस्रो एल्वमका […]
राजेन्द्र विक। बर्षा सुरु भएदेखि अवरुद्ध बनेको मार्तडी–कोल्टी सडक खण्ड करिब ३ महिनादेखि सञ्चालनमा आउन सकेको छैन। ४२ किलोमिटर लामो यो सडक ठाउँ–ठाउँमा खसेको पहिरोका कारण अवरुद्ध भएको हो। सडक बन्द भएपछि जिल्लाको पूर्वोत्तरी क्षेत्रमा चल्ने छोटो तथा लामो दूरीका यातायातका साधन ठप्प छन्। यसले हुम्ला, मुगु, कालिकोटसँगै बाजुराको पूर्वोत्तरी क्षेत्रका चार पालिकाका स्थानीयलाई आवतजावतमा […]
नागरिक रैबार-बुढीगंगा नदिमा माछा मार्न गएका एक युवकको खोलाले बगाएर मृत्यु भएको पाईएको छ । बडीमालिका नगरपालिका–२ का अन्दाजी २२ वर्षीय हिमाल महतको खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी देवबहादुर चौधरीले बताएका छन् । उहाँका अनुसार माछा मार्न गएका महत भिरबाट लडेर बुढिगंगा नदिमा खसेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको […]
काठमाडौं । सरकारले २३ वटा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले बाजुरासहित २३ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै मन्त्रिपरिषदको प्रशासन समितिमा पठाएको छ । प्रशासन समितिले अब कार्यान्वयनको प्रक्रिया अगाडि बढाउनेछ । सरकारको निर्णय अनुसार बाजुराको पुर्वीउत्तरी क्षेत्रमा रहेका ४ वटा स्थानीय […]
नागरिक रैबार/बाजुरा ९ भदौ । बाजुराको बडीमलिका नगरपालिका वडा नम्वर ९ कि २७ वर्षिया मृगौला पीडित रमिला कुमारी विकको उपचारका लागि ३० हजार बढी आर्थिक रकम संकलन भएको छ । विगत २ वर्षदेखि काठमाण्डौंको विर अस्पतालमा उपचारारत रहेकी मृगौैला पीडित रमिलाको उपचारका लागि ३० हजार ५८ रूपैयाँ संकलन भएको हो । एक हप्ता देखि विर […]
बाजुरा । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)को नतिजा अनुसार बाजुराको बुढीगंगा नगरपालिका सुदुरपश्चिम प्रदेशमै दोस्रो र बाजुरामा पहिलाे बनेको छ । कैलालीको घोडाघोडी नगरपालिकापछि बाजुराको बुढीगंगा दोस्रो स्थानमा आएको हो । घोडाघोडी नगरपालिकाले ८५ दशमलव ५० अंक ल्याएको छ भने बुढीगंगाले ८४ दशमलव २५ अंक ल्याएको हो । बाजुराका ९ स्थानीय तहमध्ये बुढीगंगा नगरपालिकाले […]
नागरिक रैबार/बाजुरा ७ भदाै । साउन २८ गते कवाडी खोलामा आएको बाढीबाट प्रभावित हिमाली गाउँपालिका वडा नं. ५ का ४७ घरपरिवारलाई आईएनएफ नेपाल बाजुराले राहत सामग्री वितरण गरेको छ। बाढीबाट प्रभावित परिवारलाई राहत स्वरूप चामल, बोरा, दाल, तेल, नुन र त्रिपाललगायतका आवश्यक सामग्री बितरण गरेकाे हाे। आईएनएफ नेपालले प्रभावित परिवार मध्ये ३१ वटा आंशिक क्षति […]
नागरिक रैबार/बाजुरा ६ भदौ। सदरमुकाम मार्तडीस्थित क्रियटर जोन एकेडेमीका विद्यार्थीहरुले मालिका मन्दिर र बजार एरिया सरसफाई गरेका छन् । क्रियटर जोन एकेडेमीका कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुले शुक्रवासरीय कार्यक्रम अन्तरगत मालिका मन्दिर र बजार क्षेत्रमा सरसफाइ गरेका हुन् । वर्षायामको समयमा फोहरका कारण विभिन्न रोगहरु फैलिन सक्ने भन्दै बजारभित्र थुप्रिएको फोहर र मालिका मन्दिर […]
काठमाडौँ। गृह मन्त्रालयले बाजुरासहित १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा गरेको छ । बुधबार सचिवस्तरीय निर्णयबाट बाजुरासहित १२ प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको हो। उपसचिव प्रमुख जिल्ला अधिकारी हुने सोलुखुम्बु,रसुवा,मनाङ,बाजुरा लगायत १२ जिल्लाका सीडीओहरुको सरुवा गरिएको हो। जस अनुसार बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याकाे गृह मन्त्रालयमा सरूवा भएकाे छ । भने, उनकाे […]
नागरिक रैबार/बाजुरा २८ साउन। बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–१ बर्कुमा आज साँझ भएको ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा गाउँपालिका–१ बर्कुका ३८ वर्षीय पदम बुढा रहेका छन्। गाउँपालिका–३ जुकुका लोकेन्द्र रोकाया गम्भीर घाइते भएका छन्। घाइतेको बर्कु स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका […]